Skip to content

"कुनै पनि मुमिन पुरुषले मुमिन महिलालाई घृणा गर्नु हुँदैन । यदि उसलाई उसको एउटा गुण मन पर्दैन भने अन्य बानी मन पर्नेछ ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"कुनै पनि मुमिन पुरुषले मुमिन महिलालाई घृणा गर्नु हुँदैन । यदि उसलाई उसको एउटा गुण मन पर्दैन भने अन्य बानी मन पर्नेछ । " वा "अन्य" को सट्टा उहाँले "अर्को" शब्द भन्नुभयो ।

«لَا يَفْرَكْ مُؤْمِنٌ مُؤْمِنَةً، إِنْ كَرِهَ مِنْهَا خُلُقًا رَضِيَ مِنْهَا آخَرَ» أَوْ قَالَ: «غَيْرَهُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पतिलाई आफ्नी पत्नीप्रति घृणा नगर्न आदेश दिनुभएको छ, जसले अन्याय, परित्याग र सम्बन्ध विच्छेदलाई निम्त्याउँछ । किनभने हरेक मानिसमा जन्मजात केही न केही कमजोरीहरू हुन्छन्। त्यसैले, यदि पतिलाई आफ्नी श्रीमतीको कुनै बानी मन पर्दैन भने, अर्को कुनै बानी निश्चय नै मन पर्न सक्छ। यस्तो अवस्थामा आफूलाई मन पर्ने बानीमा खुशी रहनुपर्छ र मन नपर्ने बानीमा धैर्य धारण गर्नुपर्छ। यसो गर्नाले सुमधुर वातावरण सिर्जना हुन्छ र मन नपर्ने कुराहरू सम्बन्ध विच्छेदको बिन्दुसम्म पुग्ने छैनन् ।

शब्दको अर्थ

لا يفرك: لا يبغض.

हदीसका केही फाइदाहरू

यस हदीसमा मुमिनलाई निष्पक्ष र न्यायपूर्वक कार्य गर्न, आफ्नी पत्नीसँगको विवादमा तर्कपूर्ण मध्यस्थता स्वीकार गर्न तथा अस्थायी भावनाबाट प्रभावित भई कुनै कार्य नगर्न प्रोत्साहित गरिएको छ।

कुनै मुमिन श्रीमान्ले कुनै मुमिन श्रीमतीप्रति घृणा गर्नु हुँदैन, जसले सम्बन्ध विच्छेदजस्तो अवस्था उत्पन्न होस्। बरु, आफूलाई मन नपर्ने पक्षहरूलाई बेवास्ता गरी मन पर्ने पक्षहरूतर्फ ध्यान दिनुपर्छ।

यसमा पति-पत्नीलाई सुमधुर सम्बन्ध कायम राख्न प्रोत्साहन दिइएको छ।

ईमानले असल नैतिकतातर्फ आह्वान गर्छ। कुनै पनि आस्थावान पुरुष वा आस्थावान महिला असल नैतिकताविहीन हुन सक्दैन। जहाँ ईमान हुन्छ, त्यहाँ निश्चय नै उत्तम गुणहरू अवश्यै पाइन्छन्।

श्रोतहरू

सही मुस्लिम (2/ 1091) (1469).

थप (9)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 359).

شرح رياض الصالحين.

لابن عثيمين (3/ 122).

فتح رب البرية بتلخيص الحموية.

لابن عثيمين (ص117).

مجموع فتاوى ابن باز (25/ 246).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 282).