"अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मैले भन्दै गरेको सुनें :
"अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष पहिले नै प्राणीहरूको भाग्य लेखिदिनुभएक थिए।" उहाँले भन्नुभयो: र त्यस समय वहाँको अर्श (आसन) पानी माथि थियो ।"
«كَتَبَ اللهُ مَقَادِيرَ الْخَلَائِقِ قَبْلَ أَنْ يَخْلُقَ السَّمَاوَاتِ وَالْأَرْضَ بِخَمْسِينَ أَلْفَ سَنَةٍ، قَالَ: وَعَرْشُهُ عَلَى الْمَاءِ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि अल्लाहले आकाश र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष पहिले सबै प्राणीहरूको जीवन, मृत्यु र जीविकोपार्जन आदि इत्यादि बारे विस्तृत रूपमा लौहुल-महफूज (सुरक्षित पाटी) मा लेख्नु भएको थियो । यी सबै कुरा अल्लाहको इच्छा र आदेश अनुसार घटित हुनेछन्। त्यसैले (यो संसारमा) जेजसो भैरहेको छ, त्यो अल्लाह तआलाको इच्छा र निर्णयअनुसार भईरहेको छ । त्यसैले भक्तले जुन दु:ख र कष्ट भोग्दछ, त्यो उसित हुने नै थियो र जसबाट जोगिन्छ भनी लेखिएको छ त्यो उसित कहिल्यै हुने छैन।
...:
भाग्य र अल्लाहको निर्णय प्रति विश्वास गर्नु अनिवार्य छ ।
तकदीर (भाग्य) प्रति आस्था राख्नु भनेको अल्लाहलाई सबै कुराको सर्वज मान्नु, र उहाँले यी कुराहरू लौहुल-महफूज (सुरक्षित पाटी) मा लेख्नुभएको छ, र संसारमा जे पनि भइरहेको छ अल्लाहको इच्छाले भइरहेको छ र उहाँले नै रचना पनि गर्नुहुन्छ भन्ने आस्थामा विश्वास राख्नु हो।
आकाश र पृथ्वीको सृष्टि हुनुअघि नै भाग्य लेखिएको हो भन्ने आस्थामा विश्वासले मानिसमा सन्तुष्टि र समर्पणको भावना जगाउँछ।
आकाश र पृथ्वीको सृष्टि हुनु अघि अल्लाहको अर्श (आसन) पानी माथि थियो ।
सही मुस्लिम (4/ 2044) (2653).
थप (2)
إكمال المعلم (8/141).
البحر المحيط الثجاج (41/450).
Cited in books
5 Booksथप (5)
- الله -جل جلاله- أنيس المحبين وملاذ القاصدين«كَتَبَ اللهُ مَقَادِيرَ الخَلَائِقِ قَبْلَ أَنْ يَخْلُقَ السَّمَاوَاتِ وَالأَرْضَ بِخَمْسِينَ أَلْفَ سَنَةٍ، وَعَرْشُهُ عَلَى المَاءِ»
- مجموعة زاد التربية الإسلامية (3)، والسيرة النبوية (3)التربية الإٍسلامية -3- «كَتَبَ الله مَقَادِيرَ الْخَلائِقِ قَبْلَ أَنْ يَخْلُقَ السَّمَاوَاتِ وَالأَرْضَ بِخَمْسِينَ أَلْفَ سَنَةٍ».
- مجموعة زاد الحديث(3)1«كَتَبَ الله مَقَادِيرَ الْخَلَائِقِ قَبْلَ أَنْ يَخْلُقَ السَّمَاوَاتِ وَالْأَرْضَ بِخَمْسِينَ أَلْفَ سَنَةٍ».
- موسوعة الإيمان«كَتَبَ اللهُ مَقَادِيرَ الْخَلَائِقِ قَبْلَ أَنْ يَخْلُقَ السَّمَوَاتِ وَالْأَرْضَ بِخَمْسِينَ أَلْفَ سَنَةٍ، قَالَ: وَعَرْشُهُ عَلَى الْمَاءِ».
- نبراس طالب (2)نبراس طالب (2) «كَتَبَ اللهُ مقَادِيَر الخَلائِقِ قَبْلَ أنْ يَخلُقَ السَّمَاواتِ والأرَضَ بِخَمْسِينَ أَلْفَ سَنَةٍ»