Skip to content

"वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा कठिन नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा कठिन नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए । मैले (एक पटक) संकल्प गरेको थिएँ कि एक जना लाई अजान दिन र अर्को एकजनालाई नमाज पढाउन आदेश दिउँ र आफैं दाउरा बोकेका केही केटाहरू साथमा लिएर नमाजका लागि (मस्जिद) नआएका मानिसहरूको घरमा आगो लगाउन हुकुम दिउँ।”

«‌إِنَّ ‌أَثْقَلَ صَلَاةٍ عَلَى الْمُنَافِقِينَ صَلَاةُ الْعِشَاءِ وَصَلَاةُ الْفَجْرِ، وَلَوْ يَعْلَمُونَ مَا فِيهِمَا لَأَتَوْهُمَا وَلَوْ حَبْوًا، وَلَقَدْ هَمَمْتُ أَنْ آمُرَ بِالصَّلَاةِ فَتُقَامَ، ثُمَّ آمُرَ رَجُلًا فَيُصَلِّيَ بِالنَّاسِ، ثُمَّ أَنْطَلِقَ مَعِي بِرِجَالٍ مَعَهُمْ حُزَمٌ مِنْ حَطَبٍ إِلَى قَوْمٍ لَا يَشْهَدُونَ الصَّلَاةَ، فَأُحَرِّقَ عَلَيْهِمْ بُيُوتَهُمْ بِالنَّارِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मुनाफिक (पाखण्डि) हरू र नमाजमा उनीहरूको आलस्यको बारेमा कुरा गर्दै हुनुहुन्छ, विशेषगरी इशा र फजरको नमाजमा। यदि पाखण्डीहरूलाई मुस्लिमहरूसँग जमातका साथ यी दुई नमाजहरू पढ्दा कति पुण्य र इनाम छ भन्ने थाहा भएको भए तिनीहरूले बच्चाले जस्तै भए पनि हात र घुँडा टेकेर र घिस्रेर आउने थिए । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पटक नमाज कायम गर्न र आफ्नो स्थानमा कसैलाई नमाज पढाउन आदेश दिने निर्णय गर्नुभएको थियो । त्यसपछि केही मानिसहरूका साथमा दाउरा बोकेर नमाजमा नआएका मानिसहरूको घरमा आगो लगाउन निर्णय गर्नुभएको थियो । किनभने जमातका साथ नमाज नपढ़नु धेरै ठूलो अपराध हो । तर उहाँले त्यसो गर्नुभएन, किनकि घरहरूमा निर्दोष महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू हुन्छन्, जसको कुनै अपराध छैन ।

शब्दको अर्थ

المنافقين: الذين يظهرون الإسلام ويبطنون الكفر.

ولو يعلمون: علم إيمان ويقين.

فتُقَام: ينادى لها بالإقامة.

حُزَمٌ: جمع حزمة، وهو ما جُمع وشُدَّ بحبل ونحوه.

हदीसका केही फाइदाहरू

मस्जिदमा उपस्थित भई जमातका साथ नमाज नपढ्नु गम्भीर अपराध हो ।

पाखण्डीहरू देखाउन र प्रख्यात हुनका लागि मात्र उपासना गर्छन् । त्यसैले मानिसहरुले देख्ने समयमा मात्र मस्जिद जान्छन् ।

जमातका साथ इशा र फजरको नमाज पढ्नुमा ठूलो पुण्य छ र यी दुई नमाजमा मानिस घुँडा टेकेर हिँड्नु परे पनि आउनु पर्छ ।

ईशा र फजरको नमाजको पालना गर्नु भनेको पाखंडबाट सुरक्षाको प्रमाण हो र यी दुई नमाजमा नआउनु मुनाफिक/पाखण्डीको लक्षण हो ।

श्रोतहरू

सही मुस्लिम (1/ 451) (651).

सही बुखारी (1/ 132) (657).

थप (6)

الإلمام بشرح عمدة الأحكام.

لإسماعيل الأنصاري (1/ 88).

تيسير العلام شرح عمدة الأحكام.

للبسام (ص107).

تنبيه الأفهام شرح عمدة الأحكام.

لابن عثيمين (1/ 136).