"निश्चय नै यो संसार मधुर र रमणीय छ। अल्लाहले तिमीहरूलाई यस संसारमा उत्तराधिकारी बनाउनुभएको छ र उहाँले हेर्नुहुन्छ कि तिमीहरू के कसरी कर्म गर्छौ। तसर्थ, संसार (को मोह माया) बाट सचेत रहनु र महिलाहरूबाट पनि सचेत रहनु
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"निश्चय नै यो संसार मधुर र रमणीय छ। अल्लाहले तिमीहरूलाई यस संसारमा उत्तराधिकारी बनाउनुभएको छ र उहाँले हेर्नुहुन्छ कि तिमीहरू के कसरी कर्म गर्छौ। तसर्थ, संसार (को मोह माया) बाट सचेत रहनु र महिलाहरूबाट पनि सचेत रहनु, किनकि बनु-इस्राइलको पहिलो विपत्ति (फित्ना,परीक्षा ) महिला प्रलोभन सँग सम्बन्धित थियो।"
«إِنَّ الدُّنْيَا حُلْوَةٌ خَضِرَةٌ، وَإِنَّ اللهَ مُسْتَخْلِفُكُمْ فِيهَا، فَيَنْظُرُ كَيْفَ تَعْمَلُونَ، فَاتَّقُوا الدُّنْيَا وَاتَّقُوا النِّسَاءَ، فَإِنَّ أَوَّلَ فِتْنَةِ بَنِي إِسْرَائِيلَ كَانَتْ فِي النِّسَاءِ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, संसार स्वादमा मीठो र हेर्नमा रमणीय छ, जसले गर्दा मानिसहरू यसमा मोहित भई धोकामा पर्छन् र यसलाई आफ्नो जीवनको प्रमुख लक्ष्य बनाउँछन् । अल्लाहले हामीलाई यस सांसारिक जीवनमा एकअर्काको उत्तराधिकारी बनाउनुभएको छ, ताकि उहाँले हाम्रा कर्महरू देख्न सकून्, के हामी उहाँको निर्देशन अनुसार जीवन बिताउँछौं वा उहाँका आज्ञाहरूको उल्लङ्घन गर्छौं? त्यसपछि उहाँले भन्नुभयो: यस संसारको सुखसुविधा र चमकबाट होशियार रहनुहोस् । किनभने यसले तपाईंलाई अल्लाहको आज्ञाहरू उल्लङ्घन गर्न र उहाँले निषेध गर्नुभएको कुरामा संलग्न हुन प्रलोभनमा पार्न सक्छ । संसारमा सबैभन्दा धेरै जोगिनै पर्ने फित्ना (प्रलोभन) हरू मध्ये एक महिलाको प्रलोभन हो । बनी इस्रायलको पहिलो फित्ना (प्रलोभन) महिलाहरूसँग सम्बन्धित थियो ।
خَضِرَة: غضة ناعمة طرية. فالدنيا تُشبِه في الميل إليها الفاكهة الحلوة الطرية في مذاقها، الخضرة في لونها.
यस हदीसमा संसारको बाह्य चमकमा नपर्न र तकवा (इश्-भय) अवलम्बन गर्न प्रोत्साहन दिइएको छ ।
यस हदीसमा पुरुषलाई महिलाको प्रलोभनमा नपर्न चेतावनी दिइएको छ। पराई महिलासँग नजर मिलाउन, उनीहरूसँग मिसिएर बस्न वा कुनै पनि प्रकारले आकर्षित हुनबाट सावधान गराइएको छ।
महिलाको प्रलोभन संसारको सबैभन्दा ठूलो प्रलोभनहरूमध्ये एक हो ।
हामीले विगतका उम्मतहरूबाट पाठ सिक्नुपर्छ, किनभने बानी-इस्राइललाई जे भयो, अरूलाई पनि हुन सक्छ ।
महिला प्रलोभनका अनेक रूपहरू छन् । एउटी श्रीमतीले कहिलेकाहीँ पतिको खर्च गर्ने क्षमताभन्दा बढी खर्च गर्न बाध्य पार्छिन्, जसको फलस्वरूप पुरुषले धार्मिक क्रियाकलापलाई त्यागेर जीविकोपार्जनमा अत्यधिक अत्यधिक व्यस्त हुन थाल्छ । त्यसैगरी, अपरिचित महिलाहरूले छोटो र अर्धनग्न वस्त्र लगाएर पुरुषलाई आकर्षित गर्छिन्, फेरि तिनीहरूसँग घुलमिल हुन्छ र अनैतिक सम्बन्ध र व्यभिचारका अनेकौँ विभिन्न ढोकाहरू खोल्छ । तसर्थ, आस्थावान व्यक्तिले महिलाको प्रलोभन (फितना) बाट बच्न अल्लाहको शरण खोज्नुपर्छ र उनीहरूको आकर्षणबाट टाढा रहनुपर्छ ।
सही मुस्लिम (4/ 2098) (2742).
थप (6)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 146).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (2/ 173).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 103).
Cited in books
5 Booksथप (5)
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 1 «إنَّ الدُّنْيَا حُلْوَةٌ خَضِرَةٌ، وَإنَّ الله مُسْتَخْلِفُكُمْ فِيهَا، فَيَنْظُرُ كَيْفَ تَعْمَلُونَ، فَاتَّقُوا الدُّنْيَا وَاتَّقُوا النِّسَاء، فَإنَّ أوَّلَ فِتنَةِ بَنِي إسْرَائيلَ كَانَتْ في النِّسَاءِ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 3«إنَّ الدُّنْيَا حُلْوَةٌ خَضِرَةٌ، وَإنَّ اللهَ تَعالىٰ مُسْتَخْلِفُكُمْ فِيهَا، فَيَنْظُرُ كَيفَ تَعْمَلُونَ، فَاتَّقُوا الدُّنْيَا وَاتَّقُوا النِّسَاءَ».
- مجموعة زاد التربية الإسلامية (4)التربية الإسلامية 4«إِنَّ الدُّنْيا حُلْوَةٌ خَضِرَةٌ، وَإِنَّ الله مُسْتَخْلِفُكُمْ فيها، فَيَنْظُرُ كَيْفَ تَعْمَلُونَ، فاتَّقُوا الدُّنْيا، واتَّقُوا النِّساءَ، فَإِنَّ أَوَّلَ فِتْنَةِ بَنِي إِسْرائِيلَ كانَتْ في النِّساءِ».
- مجموعة زاد الحديث(2)1«إِنَّ الدُّنْيَا حُلْوَةٌ خَضِرَةٌ، وَإِنَّ الله مُسْتَخْلِفُكُمْ فِيهَا، فَيَنْظُرُ كَيْفَ تَعْمَلُونَ، فَاتَّقُوا الدُّنْيَا وَاتَّقُوا النِّسَاءَ، فَإِنَّ أَوَّلَ فِتْنَةِ بَنِي إِسْرَائِيلَ كَانَتْ فِي النِّسَاءِ»
- مجموعة زاد الحديث(2)1«فان أوَّلَ فتنةِ بني إسرائيل كانت في النساء»