"मूर्तिपूजकहरूसँग आफ्नो धन, ज्यान र वाणीद्वारा जिहाद गर।"
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मूर्तिपूजकहरूसँग आफ्नो धन, ज्यान र वाणीद्वारा जिहाद गर।"
«جَاهِدُوا المشركين بأموالكم وأنفسكم وألسنتكم».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले काफिरहरूसँग (बहुदेववादी) जिहाद गर्ने र उनीहरूको सामना गर्न आफ्नो क्षमताअनुसार सबै साधन प्रयोग गर्न आदेश दिनुभएको छ, ताकि अल्लाहको वचन सर्वोच्च रहोस्। जिहादका केही साधनहरू यस प्रकार छन्: १- काफिरहरू विरुद्ध जिहादको लागि पैसा खर्च गर्नु, जस्तै हतियार खरिद गर्नु र मुजाहिदीनहरूलाई आपूर्ति गर्नु आदि। २- काफिरहरूसँग लड्न शरीर र आत्माले निस्कनु। ३- मौखिक रूपमा इस्लाममा आह्वान गर्ने, प्रमाण स्थापित गर्ने र उनीहरूको तर्क र दावीहरूको खण्डन गर्ने।
काफिरहरूसँग आफ्नो ज्यान, धन र जिब्रोद्वारा क्षमताले भ्याएसम्म युद्ध गर्न प्रोत्साहन। जिहाद केवल शारीरिक लडाइँमा सीमित छैन।
जिहादको आदेश अनिवार्य (वाजिब) हो। तर, जिहाद कहिलेकाहीं व्यक्तिगत रुपमा अनिवार्य हुन्छ र कहिलेकाहीं सामूहिक रुपमा।
अल्लाहले धेरै कारणहरूले जिहादलाई वैध गर्नुभएको छ: पहिलो: शिर्क र बहुदेववादिहरूसँग प्रतिरोध गर्नु, किनभने अल्लाहले शिर्कलाई कहिल्यै स्वीकार गर्नुहुन्न। दोस्रो: अवरोधहरू हटाउनु, जसले अल्लाहको मार्गतर्फको आमन्त्रण (दावत) को बाटोमा रोकावट पैदा गर्छ। तेस्रो: आस्था (अकीदा) को रक्षा गर्नु, यस्तो हरेक कुरा विरुद्ध, जुन इस्लामको सिद्धान्त र विश्वासको विरोधमा छ। चौथो: मुस्लिमहरूको रक्षा गर्नु, उनीहरूको देश, इज्जत, सम्पत्ति र जीवनको सुरक्षाका लागि।
सुनन अबी दाउद (4/ 158) (2504).
सुनन् निसाई (6/ 7) (3096).
मुस्नद अहमद (19/ 272) (12246).
सही मुस्लिम (4/ 1935) (2490).
थप (10)
فتح ذي الجلال والإكرام شرح بلوغ المرام.
لابن عثيمين (5/ 442).
توضيح الأحكام من بلوغ المرام.
لعبد الله البسام (6/ 336).
منحة العلام شرح بلوغ المرام.
عبد الله الفوزان (9/ 10).
سبل السلام.
لمحمد الصنعاني (2/ 460).
مشكاة المصابيح.
لمحمد التبريزي (2/ 1124).
Cited in books
3 Booksथप (3)
- النفحات المكية في تفسير كتاب رب البرية الجزء التاسع عشر«جَاهِدُوا المُشْرِكِينَ بِأَمْوَالِكُمْ وَأَنْفُسِكُمْ وَأَلْسِنَتِكُمْ»([1]).
- خذ عقيدتك من الكتاب والسنة الصحيحة«وجاهدوا المشركين بأموالكم وأنفسكم وألسنتكم»
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 6«جَاهِدُوا المُشْرِكِينَ بِأَمْوَالِكُم وَأَنْفُسِكُمْ وَأَلسِنَتِكُم».