"मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ त्यग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ।"
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ त्यग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ।"
«المُسْلِمُ مَنْ سَلِمَ المُسْلِمُونَ مِنْ لِسَانِهِ وَيَدِهِ، وَالمُهَاجِرُ مَنْ هَجَرَ مَا نَهَى اللَّهُ عَنْهُ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि पूर्ण मुस्लिम त्यो हो, जसको बोली बाट अन्य मुस्लिमहरू सुरक्षित रहन्छन्। त्यसै गुण स्वरुप उसले अरू मुस्लिमहरूलाई गाली गर्दैन, श्राप दिँदैन, चुक्ली लगाउँदैन, छुल्याइँ गर्दैन र अन्य कुनै पनि तरिकाले आफ्नो बोलीद्वारा दुःख दिँदैन। त्यसैगरी उसको हातबाट (दुर्व्यवहारबाट) पनि मानिसहरू सुरक्षित हुन्छन्; उसले कसैलाई कष्ट दिँदैन, आक्रमण र अत्याचार गर्दैन, कसैको सम्पत्ति अनुचित रूपमा लिँदैन, र यस्तै अन्य खराब काम गर्दैन। र वास्तविक 'मुहाजिर' (त्याग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ ।
...:
पूर्ण इस्लाम भनेको अरूलाई शारीरिक वा मानसिक कुनै पनि प्रकारको दुःख र पीडा नदिनु हो।
बोली र हात लाई विशेष रूपमा उल्लेख गरिनुको कारण यो हो कि मानिसले गर्ने धेरैजसो गल्ती र हानिहरू यिनै दुई अङ्गबाट हुन्छन्। वास्तवमा, अधिकांश खराबी र समस्याहरू यी दुईबाटै उत्पन्न हुने गर्छन्।
यसमा पाप त्याग्न र अल्लाहको आदेश पालन गर्न प्रोत्साहन दिइएको छ ।
सबैभन्दा उत्तम मुस्लिम त्यो व्यक्ति हो, जसले अल्लाहप्रति र मुस्लिमहरू प्रति आफ्नो कर्तव्य पूरा गर्छ।
हानि पुर्याउने कार्य बोली वा व्यवहार, दुवै रूपमा हुन सक्छ।
पूर्ण हिज्रत (त्याग) भनेको अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्नु हो ।
सही बुखारी (1/ 11) (10).
सही मुस्लिम (1/ 65) (40).
थप (6)
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 236).
شرح رياض الصالحين.
لابن عثيمين (2/ 511).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 306).
Cited in books
16 Booksथप (16)
- الله -جل جلاله- أنيس المحبين وملاذ القاصدين«المُسْلِمُ: مَنْ سَلِمَ المُسْلِمُوْنَ مِنْ لِسَانِهِ وَيَدِهِ، وَالمُهَاجِرُ مَنْ هَجَرَ مَا نَهَى اللهُ عَنْهُ»
- المناهج التعليمية - الصف الخامسالمناهج التعليمية - الصف الخامس - التوحيد«المُهَاجِرُ مَنْ هَجَرَ مَا نَهَى اللَّهُ عَنْهُ»[30].
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 1 «المهاجر من هجر ما نهىٰ الله عَنْهُ»
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 2«الْمُسْلِمُ مَنْ سَلِمَ الْمُسْلِمُونَ مِنْ لِسَانِهِ وَيَدِهِ، وَالْمُهَاجِرُ مَنْ هَجَرَ مَا نَهَىٰ اللهُ عَنْهُ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 7«مَنْ سَلمَ المُسْلمُون من لسَانهِ وَيَدهِ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 7«المُسْلمُ مَنْ سلمَ المُسْلمُون منْ لسَانِهِ وَيَدِهِ، والمُهَاجرُ مَنْ هَجَرَ ما نَهَىٰ اللهُ عَنْهُ».
- فضل الإسلام{ المسلم من سلم المسلمون من لسانه ويده } [9].
- ما لا يسع أطفال المسلمين جهله«المُسْلِمُ مَنْ سَلِمَ المُسْلِمُونَ مِنْ لِسَانِهِ وَيَدِهِ»[93].
- مجموعة زاد التربية الإسلامية (3)، والسيرة النبوية (3)التربية الإٍسلامية -3- «المُسْلِمُ مَنْ سَلِمَ المُسْلِمُونَ مِنْ لِسَانِهِ وَيَدِهِ».
- مشروع المنهج التعليميمادة الحديث مستوى 1«مَنْ سَلِمَ المسلمونَ مِنْ لِسانِهِ ويَدِهِ»
- مشروع المنهج التعليميمادة الحديث مستوى 1«مَنْ سَلِمَ المسلمونَ مِنْ لِسانِهِ ويَدِهِ».
- مشروع المنهج التعليميمادة الحديث مستوى 1«مَنْ سَلِمَ المسلمونَ مِنْ لِسانِهِ ويَدِهِ»
- مشروع المنهج التعليميمادة الدعوة«مَنْ سَلِمَ المسلمونَ مِنْ لِسانِهِ ويَدِهِ»
- نبراس طالب (1)1«الْمُسْلِمُ مَنْ سَلِمَ الْمُسْلِمُونَ مِنْ لِسَانِهِ وَيَدِهِ»
- نبراس طالب (1)1«الْمُسْلِمُ مَنْ سَلِمَ الْمُسْلِمُونَ مِنْ لِسَانِهِ وَيَدِهِ»
- نبراس طالب (3)نبراس طالب 3«الْمُسْلِمُ مَنْ سَلِمَ الْمُسْلِمُونَ مِنْ لِسَانِهِ وَيَدِهِ»