Skip to content

"अल्लाहले त्यो मानिसलाई खुसी र समृद्ध राखून्, जसले मबाट कुनै कुरा सुन्यो र त्यसलाई जसरी सुनेको थियो, त्यसरी नै अरूलाई सुनायो; किनकि कहिलेकाहीँ जसलाई कुरा पुर्‍याइन्छ, उनीहरू सुन्ने व्यक्तिभन्दा बढी बुझ्ने र याद राख्ने खालका हुन्छन्।"

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गर्नुभएको छ, उहाँले भन्नुभयोः मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्नुभएको सुनेँ:

"अल्लाहले त्यो मानिसलाई खुसी र समृद्ध राखून्, जसले मबाट कुनै कुरा सुन्यो र त्यसलाई जसरी सुनेको थियो, त्यसरी नै अरूलाई सुनायो; किनकि कहिलेकाहीँ जसलाई कुरा पुर्‍याइन्छ, उनीहरू सुन्ने व्यक्तिभन्दा बढी बुझ्ने र याद राख्ने खालका हुन्छन्।"

«نَضَّرَ اللَّهُ امْرَأً سَمِعَ مِنَّا شَيْئًا فَبَلَّغَهُ كَمَا سَمِعَ، فَرُبَّ مُبَلِّغٍ أَوْعَى مِنْ سَامِعٍ».

तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जसले उहाँको हदीस सुन्यो, त्यसलाई याद गर्‍यो र अरूसम्म पुर्‍यायो, त्यस व्यक्तिको लागि यस संसारमा उज्यालोपन, प्रसन्नता र सौन्दर्य तथा आखिरत (परलोक) मा अल्लाहले उसलाई स्वर्गको आनन्द, सुख-सुविधा र सुन्दरतासम्म पुर्‍याऊन् भनी प्रार्थना गर्नुभएको छ। किनभने, कहिलेकाहीँ जसलाई हदीस सुनाइन्छ, ऊ हदीस सुनाउने व्यक्तिभन्दा बढी बुझ्ने, फकीह (विद्वान) र हदीसबाट सही निष्कर्ष निकाल्न सक्ने क्षमता भएको हुन सक्छ। यसरी, पहिलो व्यक्ति हदीसलाई स्मरण गर्ने र प्रसारण गर्ने कार्यमा दक्ष हुन्छ भने दोस्रो व्यक्ति त्यसको गहिरो अर्थ बुझ्ने र त्यसबाट विधि तथा ज्ञानका निष्कर्ष निकाल्ने कार्यमा निपुण हुन्छ।

हदीसका केही फाइदाहरू

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतलाई कण्ठस्थ गर्ने, त्यसलाई सुरक्षित राख्ने तथा मानिसहरूसम्म पुर्‍याउने र प्रचार गर्ने कार्यप्रति प्रोत्साहित गरिएको छ।

यसमा हदीसका विद्वानहरू एवं हदीस शास्त्र अध्ययन गर्ने अध्येताहरूको गरिमामय स्थान र उच्च महत्त्वको बारेमा चर्चा गरिएको छ।

यसमा ती विद्वानहरू (उलेमा) को श्रेष्ठता र महिमाको वर्णन छ, जो गहन समझ र धार्मिक प्रमाणहरूबाट नियमहरू निकाल्ने योग्यता राख्दछन्।

यसमा सहाबा (रजिअल्लाहु अन्हुम) को महिमा र श्रेष्ठताको बारेमा वर्णन गरिएको छ; किनभने उनीहरू नै हुन् जसले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हदीस सुने र हामीसम्म पुर्‍याए।

अल-मनावीले भन्नुभएको छ: "यसबाट के स्पष्ट हुन्छ भने, हदीस वर्णनकर्ताका लागि फिकह (धार्मिक न्यायशास्त्रको गहिरो समझ) अनिवार्य सर्त होइन; उसका लागि केवल हदीस कण्ठस्थ हुनु मात्र अनिवार्य सर्त हो। जबकि फकीह (धार्मिक न्यायशास्त्री) को काम भनेको त्यस हदीसलाई गहिराइमा गएर बुझ्नु र त्यसमाथि चिन्तन-मनन गर्नु हो।"

इब्न उयैनाहले भन्नुभएको छ: "हदीसको ज्ञान खोजी गर्ने जुनसुकै व्यक्तिको अनुहारमा पनि उक्त हदीसमा वर्णन भए अनुसार एक विशेष चमक र प्रसन्नता अवश्य देखिन्छ।"

हदीसका विद्वानहरूका अनुसार हिफ्ज (कण्ठस्थता) दुई प्रकारका हुन्छन्: एक हृदय र दिमागद्वारा गरिने कण्ठस्थता र दोस्रो किताब तथा लेखद्वारा गरिने संरक्षण, र यी दुवै प्रकार नबी (सल्लल्लाहु अलैहि वसल्लम) को दुआ अन्तर्गत पर्दछन्।

मानिसहरूको बोध-क्षमता भिन्न-भिन्न हुन्छ। कतिपय अवस्थामा ज्ञान सुन्ने व्यक्तिहरू स्वयं सुनाउनेहरूभन्दा बढी स्मरण र मनन गर्न समर्थ हुन्छन् र कतिपय धर्मशास्त्रको ज्ञान राख्नेहरू स्वयं धार्मिक विद्वान् हुँदैनन्।

श्रोतहरू

सुनन् तिर्मिजी (4/ 394) (2657).

सुनन् इब्ने माजह (1/ 157) (232).

मुस्नद अहमद (7/ 221) (4157).

थप (10)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 476).

شرح رياض الصالحين.

لابن عثيمين (5/ 446).

فيض القدير شرح الجامع الصغير.

لعبدالرؤوف المناوي (3/ 206).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (16/ 496).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (2/ 956).