तल (लुंगी/पैन्ट) को कपडाको जुन भाग गोलीगाँठोभन्दा तल हुन्छ, त्यो नरकमा हुनेछ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"तल्लो भागमा लगाइने लुगा (पैन्ट, लुङ्गी आदि) को कपडाको जुन भाग गोलीगाँठोभन्दा तल हुन्छ, त्यो नरकमा हुनेछ।"
«مَا أَسْفَلَ مِنَ الكَعْبَيْنِ مِنَ الإِزَارِ فَفِي النَّارِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुरुषहरूलाई आफ्नो तल्लो शरीर ढाक्ने लुगा, सुरुवाल वा अन्य कुनै पनि कपडा गोलीगाँठोभन्दा तल झुन्ड्याउने (इस्बाल गर्ने) कार्यविरुद्ध चेतावनी दिनुभएको छ। लुगा तल झुन्ड्याउने व्यक्तिको गोलीगाँठोभन्दा तलको खुट्टाको भाग, उसको यस कार्यको सजायस्वरूप नर्कको आगोमा हुनेछ।
पुरुषहरूका लागि लुगा गोलीगाँठोभन्दा तल लम्ब्याउन निषेध गरिएको छ, र यसलाई ठूलो पापहरूमध्ये एक मानिन्छ।
इब्न हजरले भन्नुहुन्छ: "कपडालाई गोलीगाँठो भन्दा तल झुन्ड्याउनु (इस्बाल) सामान्यतया निषेध भए तापनि, बाध्यता वा विशेष परिस्थितिमा यसबाट छुट दिइएको छ। जस्तै, कसैको गोलीगाँठोमा घाउ छ र कपडाले नढाक्दा झिँगाले सताउने डर छ, र ऊसँग घाउ ढाक्नका लागि त्यो कपडा बाहेक अरू कुनै विकल्प छैन भने, त्यस्तो अवस्थामा कपडा तल झुन्ड्याउनु अनुमति योग्य छ।"
यो नियम पुरुषहरूका लागि मात्र लागू हुन्छ, किनकि महिलाहरूलाई आफ्ना वस्त्रहरू गोलीगाँठोभन्दा तल एक हातको लम्बाइसम्म लामो राख्न आदेश दिइएको छ।
सही बुखारी (7/ 141) (5787).
थप (2)
إرشاد الساري لشرح صحيح البخاري (8/ 418).
ذخيرة العقبى في شرح المجتبى (23/ 76).
Cited in books
4 Booksथप (4)
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 4«مَا أَسْفَلَ مِنَ الْكَعْبَيْن مِنَ الإزارِ ففِي النَّارِ».
- قاموس الكبائرموسوعة الكبائر - المجموعة الخامسة«مَا أَسْفَلَ مِنَ الْكَعْبَيْنِ مِنَ الْإِزَارِ فَفِي النَّارِ»
- ما لا يسع أطفال المسلمين جهله«مَا أَسْفَلَ مِنَ الكَعْبَيْنِ مِنَ الإِزَارِ فَفِي النَّارِ»[126]،
- مشروع منهاج زادكزادك 3 طالب نهائي«مَا أَسْفَلَ مِنَ الكَعْبَيْنِ مِنَ الإِزَارِ فَفِي النَّارِ»