“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया) सत्कर्म गर्नु
महमूद बिन लबीद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया) सत्कर्म गर्नु ।” कयामतको दिनमा, जब मानिसहरूलाई उनीहरूका कर्महरूको प्रतिफल दिइनेछ, अल्लाह सर्वशक्तिमान् ले तिनीहरूलाई भन्नुहुनेछ: 'ती मानिसहरूकहाँ जाऊ जसका लागि तिमीहरूले संसारमा देखावटी कर्म गर्यौ, र हेर तिमीहरूले तिनीहरूबाट कुनै प्रतिफल पाउँछौ कि पाउँदैनौ?”
«إِنَّ أَخْوَفَ مَا أَخَافُ عَلَيْكُمُ الشِّرْكُ الْأَصْغَرُ» قَالُوا: وَمَا الشِّرْكُ الْأَصْغَرُ يَا رَسُولَ اللهِ؟ قَالَ: «الرِّيَاءُ، يَقُولُ اللهُ عز وجل لَهُمْ يَوْمَ الْقِيَامَةِ إِذَا جُزِيَ النَّاسُ بِأَعْمَالِهِمْ: اذْهَبُوا إِلَى الَّذِينَ كُنْتُمْ تُرَاؤُونَ فِي الدُّنْيَا، فَانْظُرُوا هَلْ تَجِدُونَ عِنْدَهُمْ جَزَاءً؟».
यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभएको छ कि उहाँलाई आफ्नो उम्मतको विषयमा सबैभन्दा बढी चिन्ता लागेको कुरा "सानो शिर्क" हो, जसलाई रिया (देखावटीपन) भनिन्छ, जसको अर्थ, कुनै पनि असल कार्य मानिसहरूलाई देखाउने उद्देश्यले गर्नु हो। त्यसपछि उहाँले देखावटी रूपमा सत्कर्म गर्ने व्यक्तिहरूले न्यायको दिनमा पाउने दण्डको बारेमा बताउनुभयो। उहाँले भन्नुभयो, 'ती व्यक्तिहरूलाई भनिनेछ, 'तिमीहरूले जसलाई देखाउनका लागि काम गरेका थियौ, उनीहरूकहाँ नै जाऊ। अनि हेर, के उनीहरूले तिमीहरूलाई कुनै प्रतिफल दिन सक्छन् कि सक्दैनन्?'
...:
यस हदीसबाट स्पष्ट हुन्छ कि इख्लास अथवा अल्लाहको प्रसन्नता प्राप्त गर्न विशुद्ध रूपमा कर्म गर्नु आवश्यक छ । पाखण्ड र कपटबाट होसियार हुनुपर्छ ।
यस हदीसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आफ्ना उम्मतप्रतिको गहिरो दया र करुणा, तिनीहरूलाई सत्य मार्गमा निर्देशित गर्ने उहाँको तीव्र उत्सुकता, र उनीहरूको सर्वोत्तम हित तथा कल्याण होस् भन्ने उहाँको प्रबल चाहनालाई स्पष्ट रूपमा झल्काउँछ।
जब रसुल (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबाहरूलाई (देखावटी कर्म बारे) सम्बोधन गर्दा यति धेरै चिन्ता व्यक्त गर्नुभएको थियो, जबकि उनीहरू सबैभन्दा उत्कृष्ट र धर्मी पुस्ता थिए, तब पछिल्ला पुस्ताका मानिसहरूप्रति उहाँको चिन्ता र डर अझ बढी हुनु स्वाभाविक नै हो।
मुस्नद अहमद (39/ 39) (23630).
थप (4)
الجديد في شرح كتاب التوحيد.
لمحمد القرعاوي (ص57).
الملخص في شرح كتاب التوحيد.
لصالح الفوزان (ص45).
Cited in books
10 Booksथप (10)
- خذ عقيدتك من الكتاب والسنة الصحيحة«إن أخوف ما أخافُ عليكم الشرك الأصغر»
- قاموس الكبائر موسوعة الكبائر - المجموعة الأولى«إِنَّ أَخْوَفَ مَا أَخَافُ عَلَيْكُمُ الشِّرْكُ الْأَصْغَرُ» قَالُوا: وَمَا الشِّرْكُ الأَصْغَرُ يَا رَسُولَ اللهِ؟ قَالَ: «الرِّيَاءُ...» [45].
- قاموس الكبائر موسوعة الكبائر - المجموعة الأولى«إِنَّ أَخْوَفَ مَا أَخَافُ عَلَيْكُمُ الشِّرْكُ الأَصْغَرُ»، قَالُوا: وَمَا الشِّرْكُ الأَصْغَرُ يَا رَسُولَ اللهِ؟ قال: «الرِّيَاءُ، يَقُولُ اللَّهُ عَزَّ وَجَلَّ لَهُمْ يَوْمَ القِيَامَةِ إِذَا جُزِيَ النَّاسُ بِأَعْمَالِهِمْ: اذْهَبُوا
- قاموس الكبائر«إِنَّ أَخْوَفَ مَا أَخَافُ عَلَيْكُمُ الشِّرْكُ الْأَصْغَرُ» قَالُوا: وَمَا الشِّرْكُ الأَصْغَرُ يَا رَسُولَ اللهِ؟ قَالَ: «الرِّيَاءُ...» [45].
- قاموس الكبائر«إِنَّ أَخْوَفَ مَا أَخَافُ عَلَيْكُمُ الشِّرْكُ الأَصْغَرُ»، قَالُوا: وَمَا الشِّرْكُ الأَصْغَرُ يَا رَسُولَ اللهِ؟ قال: «الرِّيَاءُ، يَقُولُ اللَّهُ عَزَّ وَجَلَّ لَهُمْ يَوْمَ القِيَامَةِ إِذَا جُزِيَ النَّاسُ بِأَعْمَالِهِمْ: اذْهَبُوا
- مجموعة زاد التربية الإسلامية (2)1«إِنَّ أَخْوَفَ مَا أَخَافُ عَلَيْكُمْ الشِّرْكُ الأَصْغَرُ». قَالُوا: وَمَا الشِّرْكُ الأَصْغَرُ يَا رَسُولَ ﷲ؟ قَالَ: «الرِّيَاءُ، يَقُولُ ﷲ عزوجل لَهُمْ يَوْمَ القِيَامَةِ إِذَا جُزِيَ النَّاسُ بِأَعْمَالِهِمْ: اذْهَبُوا إِلَى الَّذِينَ
- مشروع المنهج التعليميمادة التوحيد مستوى 3«إِنَّ أَخْوَفَ مَا أَخَافُ عَلَيْكُمُ الشِّرْكُ الْأَصْغَرُ»، قَالُوا: وَمَا الشِّرْكُ الْأَصْغَرُ يَا رَسُولَ اللهِ؟ قَالَ: «الرِّيَاءُ»
- مشروع المنهج التعليميمادة التوحيد مستوى 3«إِنَّ أَخْوَفَ مَا أَخَافُ عَلَيْكُم…»:
- مشروع المنهج التعليميمادة التوحيد مستوى 3«إِنَّ أَخْوَفَ مَا أَخَافُ عَلَيْكُمُ....».
- نبراس طالب (4)1«إِنَّ أَخْوَفَ مَا أَخَافُ عَلَيْكُمُ الشِّرْكُ الْأَصْغَرُ». قَالُوا: وَمَا الشِّرْكُ الْأَصْغَرُ يَا رَسُولَ اللهِ؟ قَالَ: «الرِّيَاءُ، يَقُولُ اللهُ تعالى لَهُمْ يَوْمَ الْقِيَامَةِ: إِذَا جُزِيَ النَّاسُ بِأَعْمَالِهِمْ: اذْهَبُوا إِلَ