Skip to content

"असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो । अत्तर बेच्ने व्यक्तिले तपाईंलाई अत्तर उपहार दिन सक्छ, वा तपाईंले उसबाट किन्न सक्नुहुन्छ, वा (कम्तीमा) तपाईंलाई उसबाट मिठो बास्ना त आउँछ। तर भट्टीमा फुक्ने लोहारले तपाईंको लुगा जलाउन सक्छ, वा (कम्तीमा) तपाईंलाई त्यहाँबाट नराम्रो गन्ध आउनेछ।"

«إِنَّمَا مَثَلُ الْجَلِيسِ الصَّالِحِ وَالْجَلِيسِ السَّوْءِ كَحَامِلِ الْمِسْكِ وَنَافِخِ الْكِيرِ، فَحَامِلُ الْمِسْكِ: إِمَّا أَنْ يُحْذِيَكَ، وَإِمَّا أَنْ تَبْتَاعَ مِنْهُ، وَإِمَّا أَنْ تَجِدَ مِنْهُ رِيحًا طَيِّبَةً، وَنَافِخُ الْكِيرِ: إِمَّا أَنْ يُحْرِقَ ثِيَابَكَ، وَإِمَّا أَنْ تَجِدَ رِيحًا خَبِيثَةً».

मुत्तफकुन अलैहि
सही
व्याख्या

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई प्रकारका मानिसहरूको उदाहरण दिनुभएको छ : पहिलो प्रकारः असल साथी र सच्चा मित्र, जसले अल्लाहको बाटोतर्फ मार्गदर्शन गर्छ, उहाँको प्रसन्नता कसरी प्राप्त हुन्छ भनी सिकाउँछ र आज्ञापालनमा सहयोग गर्छ। त्यस्तो साथीको उदाहरण कस्तूरी अत्तर बेच्ने व्यापारी जस्तै हो—या त उसले तिमीलाई कस्तूरी दिनेछ, या त तिमी उसबाट अत्तर किन्नेछौ, या कम्तीमा पनि उसको नजिकै बसेर तिमीले सुगन्धित बासनाको अनुभव गर्नेछौ। दोस्रो प्रकारः नराम्रो र खराब मित्र; जसले अल्लाहको बाटोबाट रोक्छ, पाप काममा सहयोग गर्छ, हरेक नराम्रो काममा संलग्न हुन्छ र उसले गर्दा उसका सबै साथीहरु लज्जित हुन्छन् । यस्तो साथीको उदाहरण भट्टीमा फुक्ने लोहारजस्तै हो; कि त त्यसबाट उडिरहेको झिल्काले तिम्रो लुगा जलाउनेछ, या कम्तीमा पनि त्यहाँ नजिकै बसेर तिमीले खराब दुर्गन्धको अनुभव गर्नेछौ।

हदीसका केही फाइदाहरू

श्रोताहरूलाई केही बुझाउनको लागि उदाहरण दिन राम्रो हुन्छ ।

यस हदीसमा असल र धर्मी मानिसहरूसँग संगत गर्न र भ्रष्ट तथा खराब नैतिकता भएका मानिसहरूबाट टाढा रहन प्रोत्साहन दिइएको छ।

श्रोतहरू

सही बुखारी (7/ 96) (5534).

सही मुस्लिम (4/ 2026) (2628).

थप (5)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 431).

نزهة المتقين شرح رياض الصالحين.

مجموعة من الباحثين (1/ 339).

شرح النووي على مسلم (16/ 178).