"जसले अल्लाहलाई पालनकर्ता र उपास्य, इस्लामलाई आफ्नो धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सन्देशवाहक (रसूल) को रूपमा पूर्ण हृदयले स्वीकार गरी प्रसन्न भयो, उसले इमान (आस्था) को स्वाद पायो।"
अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें कि उहाँले भन्नुभयो :
"जसले अल्लाहलाई पालनकर्ता र उपास्य, इस्लामलाई आफ्नो धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सन्देशवाहक (रसूल) को रूपमा पूर्ण हृदयले स्वीकार गरी प्रसन्न भयो, उसले इमान (आस्था) को स्वाद पायो।"
«ذَاقَ طَعْمَ الْإِيمَانِ مَنْ رَضِيَ بِاللهِ رَبًّا، وَبِالْإِسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ رَسُولًا».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) बकाउनु भएको छ किआफ्नो विश्वास (ईमान) मा सच्चा र हृदयदेखि नै सन्तुष्ट रहने मुमिन (आस्थावान् व्यक्ति) ले आफ्नो हृदयमा एक प्रकारको प्रशन्नता, विशालता, हर्ष, मिठास र अल्लाहको सामीप्यताको आनन्द महसुस गर्नेछ र प्राप्त गर्नेछ, यदि ऊ यी तीन कुराहरूमा सन्तुष्ट छ भने: पहिलो: अल्लाहलाई आफ्नो पालनकर्ता (रब) को रूपमा स्वीकार गर्नु र उहाँप्रति प्रसन्न हुनु। यसको अर्थ यो हो कि अल्लाहले आफ्नो प्रभुत्व (रबूबियत) अनुसार जीविकोपार्जन (रिज्क) र परिस्थितिहरूको जुन बाँडफाँड गर्नुभएको छ, त्यसलाई हृदयदेखि नै प्रसन्नतापूर्वक स्वीकार गर्नु। उहाँको कुनै पनि निर्णयप्रति हृदयमा कुनै असन्तुष्टि वा आपत्ति नराख्नु र अल्लाह बाहेक अरू कसैलाई आफ्नो प्रभु नमान्नु। दोस्रो: इस्लामलाई आफ्नो धर्मको रूपमा स्वीकार गर्नु र यसप्रति प्रसन्न हुनु। यसको अर्थ इस्लामले तोकेका कर्तव्य, दायित्व र जिम्मेवारीहरूलाई खुसीसाथ स्वीकार गर्नु हो। जीवनका हरेक पक्षमा इस्लामले देखाएको मार्ग बाहेक अन्य कुनै बाटोमा नलाग्नु। तेस्रो: मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई रसूल (दूत) को रूपमा स्वीकार गर्नु र उहाँप्रति प्रसन्न हुनु। यसको अर्थ उहाँले ल्याइएका सम्पूर्ण शिक्षाहरूलाई कुनै पनि शङ्का वा संकोच बिना अन्तरहृदयदेखि स्वीकार गर्नु र त्यसमा प्रसन्न हुनु हो। साथै, उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत र मार्गदर्शनको पूर्ण रूपमा अनुसरण गर्नु हो।
जसरी खाद्य र पेय पदार्थको मिठास मुखद्वारा आस्वादन गरिन्छ, ठीक त्यसैगरी ईमान (आस्था) को मिठास र स्वाद हृदयद्वारा महसुस हुन्छ।
जसरी शरीर स्वस्थ र तन्दुरुस्त रहँदा मात्र भोजन र पेय पदार्थको मिठास ग्रहण गर्न समर्थ हुन्छ, ठीक त्यसैगरी हृदय पनि जब भ्रामक इच्छाहरू र वर्जित (हराम) कुराहरूबाट मुक्त हुन्छ, तब मात्र उसले ईमानको मिठास महसुस गर्दछ। तर जब हृदय (आत्मिक रूपमा) रोगी हुन्छ, उसले ईमानको मिठास पाउन सक्दैन; बरु उल्टै उसलाई तिनै विनाशकारी पापहरू र अवैध इच्छाहरू नै प्रिय र रुचिकर लाग्न थाल्छन्।
"जब मानिस कुनै कुराप्रति पूर्ण रूपमा सन्तुष्ट हुन्छ र त्यसलाई उत्तम ठान्दछ, तब त्यससम्बन्धी कार्य उसका निम्ति अत्यन्त सहज बन्न पुग्छ। उसलाई त्यसमा रत्तिभर पनि कठिनाइ महसुस हुँदैन। त्यसबाट प्राप्त हुने हरेक कुरामा ऊ हर्षित हुन्छ र त्यो प्रसन्नता उसको हृदयमा मिसिन्छ। ठीक त्यसैगरी, जब एक मोमिन (विश्वासी) को हृदयमा ईमान (आस्था) ले बास गर्छ, तब आफ्ना पालनकर्ताको आज्ञापालन गर्नु उसका लागि सहज र रुचिकर बन्छ। उसले त्यसमा आत्मिक आनन्दको अनुभूति गर्छ र धार्मिक कर्तव्यहरू पूरा गर्दा कुनै प्रकारको कष्ट वा बोझ महसुस गर्दैन।"
इब्नुल-कैय्यिमले भन्नुभएको छ: 'यस हदीसमा अल्लाहको रुबुबियत (प्रभुत्व) र उलूहीयत (ईश्वरत्व) प्रति सन्तुष्टि, तथा उहाँका रसूल र उहाँको धर्मप्रति पूर्ण समर्पण र सन्तुष्टिको कुरा समावेश छ।'
सही मुस्लिम (1/ 62) (34).
थप (2)
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (2/ 11).
إكمال المعلم بفوائد مسلم (1/ 270).
Cited in books
7 Booksथप (7)
- التوحيد في ضوء عقيدة الإمام الشافعي رحمه الله ونصوصه ومروياته" ذاق طعم الإيمان من رضي بالله ربا، وبالإسلام دينا، وبمحمد رسولا ".([139])
- الخطب المنبريةموسوعة الخطب المنبرية (القسم الأول)«ذَاقَ طَعْمَ الإِيمَانِ مَن رَضِيَ بِاللَّهِ رَبًّا، وَبِالإِسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ ﷺ رَسُولًا»
- الله -جل جلاله- أنيس المحبين وملاذ القاصدين«ذَاقَ طَعْمَ الإِيمَانِ مَنْ رَضِيَ بِاللهِ رَبًّا، وَبِالإِسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ رَسُوْلًا»
- المناهج التعليمية - الصف الثانيمادة التوحيد - الصف الثاني«ذَاقَ طَعْمَ الإيمَانِ مَن رَضِيَ بِاللَّهِ رَبًّا، وَبِالْإِسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ ﷺ نَبِيًّا» [5].
- تحفة الأخيار تحفة الأخيار (ببيان جملة نافعة مما ورد في الكتاب والسنة من الأدعية والأذكار)«ذَاقَ طَعْمَ الإِْيمَانِ مَنْ رَضِيَ بِاللهِ رَبًّا، وَبِالإِْسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ رَسُولًا» [45].
- خطب تعظيم قدر الصلاة" ذَاقَ طَعْمَ الْإِيمَانِ مَنْ رَضِيَ بِاللهِ رَبًّا، وَبِالْإِسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ رَسُولًا"
- مجموعة زاد التربية الإسلامية (2)1«ذَاقَ طَعْمَ الإِيمَانِ مَنْ رَضِيَ بالله رَبًّا، وَبِالإِسْلاَمِ دِينًا، وَبِمُحَمَّدٍ رَسُولًا»