Skip to content

तिमीहरूमध्ये मलाई सर्वाधिक प्रिय तथा प्रलयको दिन मेरो सर्वाधिक निकट हुने व्यक्तिहरू ती हुन्, जिनको चरित्र र आचरण सर्वोत्तम हुन्छ।

जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"निश्चय नै कियामतको दिन तिमीहरूमध्ये मेरा लागि सबैभन्दा प्रिय र बसाइको हिसाबले मेरो सबैभन्दा नजिक हुने व्यक्तिहरू ती हुन्, जो आचरणमा सर्वोत्तम छन्। र प्रलयको दिन तिमीहरूमध्ये मेरा लागि सबैभन्दा अप्रिय र बसाइको हिसाबले मभन्दा सबैभन्दा टाढा हुने व्यक्तिहरू धेरै बोल्नेहरू (थरथारुन), बङ्ग्याएर वा बनावटी रूपमा बोल्नेहरू (मुतशद्दिकुन) र 'मुतफैहिकुन' हुन्।" सहाबाहरूले सोधे: "हे अल्लाहका रसूल! हामीले धेरै बोल्नेहरू र बनावटी रूपमा बोल्नेहरूका बारेमा त थाहा पायौँ, तर यो 'मुतफैहिकुन' भनेका को हुन्?" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "घमण्डी वा अहङ्कारीहरू (मुतकब्बिरुन) हुन्।"

«إِنَّ مِنْ أَحَبِّكُمْ إِلَيَّ وَأَقْرَبِكُمْ مِنِّي مَجْلِسًا يَوْمَ القِيَامَةِ أَحَاسِنَكُمْ أَخْلاَقًا، وَإِنَّ أَبْغَضَكُمْ إِلَيَّ وَأَبْعَدَكُمْ مِنِّي مَجْلِسًا يَوْمَ القِيَامَةِ الثَّرْثَارُونَ وَالمُتَشَدِّقُونَ وَالمُتَفَيْهِقُونَ»، قَالُوا: يَا رَسُولَ اللهِ، قَدْ عَلِمْنَا الثَّرْثَارُونَ وَالمُتَشَدِّقُونَ فَمَا الْمُتَفَيْهِقُونَ؟ قَالَ: «الْمُتَكَبِّرُونَ».

तिर्मीजीले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि संसारमा तिमीहरूमध्ये म नजिक सबैभन्दा प्रिय व्यक्ति ती हुन्, जसको आचरण सबैभन्दा राम्रो हुन्छ र कियामतको दिन पनि उनीहरू नै मेरो सबैभन्दा नजिक हुनेछन्। त्यसैगरी, संसारमा म नजिक सबैभन्दा अप्रिय व्यक्ति ती हुन्, जसको आचरण सबैभन्दा खराब हुन्छ र कियामतको दिन पनि उनीहरू नै मबाट सबैभन्दा टाढा हुनेछन्। यी खराब व्यक्तिहरूमा 'थरथारून' (धेरै बोल्ने, कृत्रिम रूपमा अनावश्यक कुरा गर्ने र सत्यबाट विचलित हुने), 'मुतशद्दिकून' (कुनै सतर्कता वा सावधानी बिना आफ्नो बोलीलाई महान् देखाउन अत्यधिक शब्दाडम्बर गर्ने र आफ्नो कुरालाई बढाइचढाइ गरी प्रस्तुत गर्ने) र 'मुतफैहिकून' पर्छन्। सहाबाहरूले सोधे, हे अल्लाहका रसूल! हामीले थरथारून र मुतशद्दिकूनको अर्थ बुझ्यौँ, तर मुतफैहिकून को हुन्? उहाँले भन्नुभयो, तिनीहरू घमण्डी मानिसहरू हुन्, जसले अरू मानिसहरूको उपहास गर्छन्, कुरालाई अनावश्यक तन्काउँछन् र बोल्दा आत्मप्रशंसा गर्दै मुख ठूलो पारेर बोल्ने गर्छन्।

हदीसका केही फाइदाहरू

राम्रो आचरण रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को प्रेम प्राप्त गर्ने तथा कयामतको दिन उहाँको निकट रहने कारणहरूमध्ये एक हो, जबकि दुराचरण यसको ठीक विपरीत हुन्छ।

राम्रो आचरण मानिसहरूबीच आपसी प्रेम बढ्ने कारणहरूमध्ये एक हो, जबकि नराम्रो आचरण यसको ठीक विपरीत हुन्छ।

असल आचरण र नम्रतालाई अपनाउन तथा कठोरता र कृत्रिमतालाई त्याग्न प्रोत्साहन दिइएको छ ।

यसमा बढाई-चढाई गरेर, अहङ्कार गरेर, आफूलाई ठूलो ठानेर र कृत्रिम रूपमा बोल्नेहरू विरुद्ध चेतावनी दिइएको छ।

श्रोतहरू

सुनन् तिर्मिजी (3/ 545) (2018).

थप (4)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 676).

تحفة الأحوذي.

للمباركفوري (6/ 135).