Skip to content

मृतकलाई गालीगलौज नगर, किनकि उनीहरू पहिले गरेका (राम्रा वा नराम्रा) कर्मतर्फ फर्किसकेका छन् ।”

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

मृतकलाई गालीगलौज नगर, किनकि उनीहरू पहिले गरेका (राम्रा वा नराम्रा) कर्मतर्फ फर्किसकेका छन् ।”

«لَا تَسُبُّوا الْأَمْوَاتَ، فَإِنَّهُمْ قَدْ أَفْضَوْا إِلَى مَا قَدَّمُوا».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मृतकलाई गाली गलौज गर्न र तिनीहरूको इज्जतसँग खेलबाड गर्न हराम गर्नु भएको छ । यो असभ्यता र अभद्रता पनि हो, किनभने उनीहरु अघि पठाएका राम्रा वा नराम्रा कर्महरूमा पुगिसकेका छन् । दोस्रो कुरा तिनीहरूको बारेमा खराब बोलियो भने, यो तिनीहरूमा पुग्दैन, तर यसले जीवितहरूलाई चोट पुर्‍याउँछ ।

शब्दको अर्थ

أفضوا إلى ما قدموا : صاروا إلى ما قدموا من أعمالهم.

हदीसका केही फाइदाहरू

यो हदीस मृतकलाई गालीगलौज निषेध गरिएको प्रमाण हो ।

जिउँदो मानिसहरूलाई पीडा नहोस् र समाजलाई आपसी शत्रुता र घृणाबाट जोगाउन मृतकलाई गाली गर्नबाट टाढा रहनुपर्छ ।

मृतकलाई गाली गर्न निषेध गर्नुको कारण भनेको मृतकले गरेका राम्रा वा नराम्रा कर्म अघि पुगिसकेको छ, त्यसैले उनीहरूलाई गाली गर्नुको कुनै औचित्य छैन,जबकि यसले तिनीहरूका जीवित आफन्तहरूलाई पीडा हुन्छ ।

कुनै पनि व्यक्तिले भलाइ नभएको व्यर्थ कुरा भन्नु हुँदैन ।

श्रोतहरू

सही बुखारी (2/ 104) (1393).

थप (6)

فتح ذي الجلال والاكرام بشرح بلوغ المرام.

لابن عثيمين (2/ 631).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (4/ 385).

توضيح الأحكام من بلوغ المرام.

للبسام (3/ 277).