Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

3 of 683 cards

Clear filters
अबू मूसा अल-अशअरी (रजियल्लाहु अन्हु) धेरै बिरामी परे। रोग यति गम्भीर थियो कि उनी बेहोस भए। उनको टाउको उनको घरकी एक महिलाको काखमा थियो, जो ठूलो स्वरले रोइरहेकी थिइन् र उनी बेहोस भएका कारणले उनलाई जवाफ दिन सकेनन्। त्यसैले जब उनी होसमा आए, उनले भने: "म ती सबैसँग सम्बन्ध नरहेको घोषणा गर्दछु, जससँग नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सम्बन्ध नरहेको घोषणा गर्नुभएको छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुःखको समयमा चिच्याउने, कपाल खौरने र लुगा च्यात्नेहरूसँग सम्बन्ध तोडेको घोषणा गर्नुभएको छ।"
सही मुत्तफकुन अलैहि
मृतकलाई गालीगलौज नगर, किनकि उनीहरू पहिले गरेका (राम्रा वा नराम्रा) कर्मतर्फ फर्किसकेका छन् ।”
सही बुखारीले वर्णन गरेका छन्
“जब अल्लाहले कसैको मृत्यु विशेष ठाउँमा हुने कुरा निश्चित गर्नुहुन्छ, तब उहाँले उसलाई त्यो ठाउँमा पुर्‍याउन लागि आवश्यक परिस्थितिहरू सिर्जना गर्नुहुन्छ।”
सही तिर्मीजीले वर्णन गरेका छन्