Skip to content

"जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक भयो, त्यसपछि ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० को संख्या पुरा गर्छ, उसका सम्पूर्ण पापहरू क्षमा गरिन्छन्, चाहे ती समुद्रको फिँज बराबर नै किन नहुन् ।”

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक भयो, त्यसपछि ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० को संख्या पुरा गर्छ, उसका सम्पूर्ण पापहरू क्षमा गरिन्छन्, चाहे ती समुद्रको फिँज बराबर नै किन नहुन् ।”

«مَنْ سَبَّحَ اللهَ فِي دُبُرِ كُلِّ صَلَاةٍ ثَلَاثًا وَثَلَاثِينَ، وَحَمِدَ اللهَ ثَلَاثًا وَثَلَاثِينَ، وَكَبَّرَ اللهَ ثَلَاثًا وَثَلَاثِينَ، فَتْلِكَ تِسْعَةٌ وَتِسْعُونَ، وَقَالَ: تَمَامَ الْمِائَةِ: لَا إِلَهَ إِلَّا اللهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، لَهُ الْمُلْكُ وَلَهُ الْحَمْدُ وَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ غُفِرَتْ خَطَايَاهُ وَإِنْ كَانَتْ مِثْلَ زَبَدِ الْبَحْرِ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नुभएको छ कि जसले प्रत्येक अनिवार्य नमाजपछि ‘सुब्हानअल्लाह’ ३३ पटक, (अर्थात् अल्लाहलाई हरेक किसिमको अवगुण बाट पवित्र ठहर्याउनु) । ‘अल्हम्दु-लिल्लाह’ ३३ पटक, (अर्थात्, सम्पूर्ण सिद्ध गुणहरूको वर्णन गर्दै प्रेम र श्रद्धापूर्वक अल्लाहको प्रशंसा गर्नु) । ‘अल्लाहु-अक्बर’ ३३ पटक, (अर्थात अल्लाह सबै भन्दा महान र महिमाशाली हुनुहुन्छ) पढ्छ र त्यसपछि 'ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ (अर्थात् : अल्लाह बाहेक अरू कोही सत्य पूज्य छैन, उहाँ एक्लै हुनुहुन्छ, उहाँको कोही साझेदार छैन । सारा जगतका मालिक उहाँ नै हुनुहुन्छ । प्रेम र आदरका साथ सम्पूर्ण प्रशंसाहरू उहाँकै लागि हुन् र उहाँ सबै कुरा गर्न सक्षम हुनुहुन्छ) १ पटक भनेर १०० को संख्या पुरा गर्छ। जसले यी शब्दहरू भन्छ, उसका पापहरू क्षमा गरिन्छन्, चाहे ती पापहरू समुद्रमा छाल उठ्दा र उग्र हुँदा माथि देखिने सेतो फिँज जत्तिकै धेरै किन नहुन्।

शब्दको अर्थ

زَبَدِ البَحْرِ: رغْوَته عند هيَجَانه.

हदीसका केही फाइदाहरू

अनिवार्य प्रार्थनापछि उक्त शब्दहरू उच्चारण गरी जिक्र गर्नु पुण्यदायी हुन्छ।

यो जिक्रले पाप क्षमा हुन्छ ।

सर्वशक्तिमान अल्लाहको आशिष, दया र क्षमा महान छन्।

यो जिक्र पाप क्षमा हुने कारण हो; अर्थात् यसद्वारा साना पापहरू मात्र मेटिन्छन्। ठूला पापहरूको क्षमा भने तौबा (सच्चा पश्चात्ताप) बाहेक अन्य कुनै कुराले हुँदैन।

श्रोतहरू

सही मुस्लिम (1/ 418) (597).

थप (6)

سبل السلام شرح بلوغ المرام.

لمحمد الصنعاني (1/ 295 ).

توضيح الأحكام مِن بلوغ المرام.

للبسام (2/ 304).

فتح ذي الجلال والإكرام شرح بلوغ المرام.

لابن عثيمين (2/ 182).