Skip to content

"सूर्य आफ्नो अस्ताउने स्थानबाट नउदाएसम्म महाप्रलय हुने छैन । र जब मानिसहरूले सूर्यलाई अस्ताउने स्थानबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान (आस्था) स्वीकार्ने छन्

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

"सूर्य आफ्नो अस्ताउने स्थानबाट नउदाएसम्म महाप्रलय हुने छैन । र जब मानिसहरूले सूर्यलाई अस्ताउने स्थानबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान (आस्था) स्वीकार्ने छन्। यसै बखत बारे अल्लाहले भन्नुभएको छ: "त्यस दिन ईमान स्वीकार्न ले पहिले ईमान स्वीकार नगरेको वा ईमान स्वीकार गरी पुण्यकर्म नगरेको व्यक्तिलाई कुनै लाभ दिनेछैन ।[कुरआनः अल-अन्आम - ६ : १५८], र कयामत (महाप्रलय) को दिन यति छिट्टै आउनेछ, कि दुई जना मानिस कपडा किनबेच गरिरहेका हुनेछन्, तर त्यसलाई किन्न वा बेच्न र पट्याउन पाउनेछैनन्। र कयामत यसरी एक्कासि आउनेछ कि एक जना मानिस आफ्नो ऊँटनीको दूध निकालेर फर्किरहेको हुनेछ, तर त्यो दूध पिउन सक्ने छैन। र महाप्रलयको दिन यसरी अकस्मात् आउनेछ कि एक जना मानिसले आफ्नो इनारलाई माटोले लिपेर तयार पारिरहेको हुन्छ, तर त्यसबाट पानी खान सक्ने छैन । र प्रलयको दिन यसरी एकाएक आउनेछ, कि मानिसले खाना आफ्नो मुखतिर उठाउनेछ तर त्यो गास खान सक्नेछैन।"

«لاَ تَقُومُ السَّاعَةُ حَتَّى تَطْلُعَ الشَّمْسُ مِنْ مَغْرِبِهَا، فَإِذَا طَلَعَتْ فَرَآهَا النَّاسُ آمَنُوا أَجْمَعُونَ، فَذَلِكَ حِينَ: {لاَ يَنْفَعُ نَفْسًا إِيمَانُهَا لَمْ تَكُنْ آمَنَتْ مِنْ قَبْلُ، أَوْ كَسَبَتْ فِي إِيمَانِهَا خَيْرًا} [الأنعام: 158] وَلَتَقُومَنَّ السَّاعَةُ وَقَدْ نَشَرَ الرَّجُلاَنِ ثَوْبَهُمَا بَيْنَهُمَا فَلاَ يَتَبَايَعَانِهِ، وَلاَ يَطْوِيَانِهِ، وَلَتَقُومَنَّ السَّاعَةُ وَقَدِ انْصَرَفَ الرَّجُلُ بِلَبَنِ لِقْحَتِهِ فَلاَ يَطْعَمُهُ، وَلَتَقُومَنَّ السَّاعَةُ وَهُوَ يَلِيطُ حَوْضَهُ فَلاَ يَسْقِي فِيهِ، وَلَتَقُومَنَّ السَّاعَةُ وَقَدْ رَفَعَ أَحَدُكُمْ أُكْلَتَهُ إِلَى فِيهِ فَلاَ يَطْعَمُهَا».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, प्रलयको दिनको ठूलो निशानीहरू मध्ये यो हो कि सूर्य पूर्वबाट नउदाएर पश्चिमबाट उदाउने छ, र जब मानिसहरूले यो देख्नेछन्, तब सबैजना अल्लाह प्रति आस्तिक हुनेछन् । तर त्यसबेला, काफिर (अविश्वासी) लाई न त ईमान स्वीकार्नले कुनै फाइदा पुर्याउँछ न त पुण्यले न त पश्चात्तापले (लाभ पुर्याउँछ) । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : मानिसहरू आफ्नो दिनचर्यामा व्यस्त हुनेछन् र कयामत (प्रलय) अचानक आई पर्नेछ । र प्रलयको दिन यसरी अकस्मात् आउनेछ, कि बिक्रेताले क्रेताको अगाडि (देखाउन निम्ति) कपडा फैलाउने छ, तर न त किनबेच गर्न सक्नेछन् न त पट्याउनै सक्नेछन् । र प्रलयको दिन यसरी एक्कासी आउनेछ, कि एक व्यक्तिले आफ्नो ऊँटको दूध निकालिसकेको हुनेछ, तर पिउन सक्नेछैन। र प्रलयको दिन यसरी एकाएक आउनेछ, कि मानिसले आफ्नो पानीको कुण्डलाई माटोले लिपेर तयार पारिरहेको हुन्छ, तर त्यसबाट पानी खान मौका पाउनेछैन । र प्रलयको दिन यसरी आई पर्नेछ, कि एक व्यक्तिले गाँस मुखतिर लगिसकेको हुनेछ, तर त्यसलाई खान सक्नेछैन ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

इस्लाम (स्वीकार गर्नु) र तौबा (पश्चात्ताप) त्यसबेलासम्म मात्र स्वीकार्य छन् जब सम्म सूर्य पश्चिमबाट उदाउदैन ।

यसमा ईमान (आस्था) र सत्कर्म हरूद्वारा प्रलयको लागि तयारी गर्न प्रेरणा दिइएको छ, किनकि प्रलय अचानक नै आईपर्नेछ ।

श्रोतहरू

सही बुखारी (8/ 106) (6506).

सही मुस्लिम (1/ 137) (157).

थप (1)

عمدة القاري شرح صحيح البخاري (23/ 92).