Skip to content

"आफ्ना घरहरूलाई चिहान नबनाउ, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरह बकरह पढिन्छ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

"आफ्ना घरहरूलाई चिहान नबनाउ, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरह बकरह पढिन्छ ।"

«لَا تَجْعَلُوا بُيُوتَكُمْ مَقَابِرَ، إِنَّ الشَّيْطَانَ يَنْفِرُ مِنَ الْبَيْتِ الَّذِي تُقْرَأُ فِيهِ سُورَةُ الْبَقَرَةِ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूमा नमाज पढ्न प्रेरित गर्नुभयो, नत्र ती घरहरू चिहानहरू जस्तै बन्नेछन्, जसमा कसैले प्रार्थना गर्दैन । त्यसपछि उहाँले भन्नुभयो, वास्तवमा शैतान त्यो घरबाट भाग्छ जहाँ सुरा बकरह पढिन्छ ।

शब्दको अर्थ

ينفر: يصد ويعرض إعراضاً بالغاً.

हदीसका केही फाइदाहरू

घरमा इबादतहरूको धेरै भन्दा धेरै गर्ने र नफिल नमाज पढ्ने कुराको प्रोत्साहन गरिएको छ।

कब्रिस्तान (चिहान) मा जनाजा (अन्त्येष्टि) को नमाज बाहेक अन्य नमाज पढ्न पाइँदैन किनभने यो शिर्क, पाखण्ड र चिहानमा गाडिएका मानिसहरूको बारेमा व्यर्थको (बढाइचढाइ) को माध्यम हो ।

कब्रिस्तान (चिहान) नजिक नमाज पढ्न निषेध गरिएको तथ्य सहाबाहरू बीच स्थापित भएको हुनाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूलाई चिहान जस्तो नबनाउन आदेश दिनु भयो जहाँ नमाज पढिदैन ।

श्रोतहरू

सही मुस्लिम (1/ 539) (780).

थप (8)

بهجة الناظرين.

لسليم الهلالي (2/ 240).

شرح رياض الصالحين.

لابن عثيمين (4/ 682).

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخِن وغيره (2/ 757).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

لعلي القاري (4/ 1460).