"चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।"
अबू मरसद गनवी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।"
«لَا تَجْلِسُوا عَلَى الْقُبُورِ، وَلَا تُصَلُّوا إِلَيْهَا».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चिहानहरूमाथि बस्न निषेध गर्नुभएको छ । त्यसैगरी, यदि कुनै चिहान नमाज पढ्ने व्यक्ति र किब्लाको बीचमा अवस्थित छ भने त्यो चिहानतर्फ मुख फर्काएर नमाज पढ्न निषेध गरिएको छ, किनभने यो शिर्क (बहुदेववाद) तर्फ उन्मुख गराउने माध्यम हो ।
चिहानमा, चिहानहरूको बीचमा वा चिहानतिर फर्केर नमाज पढ्न निषेध गरिएको छ । तर जनाजा (अन्त्येष्टि) को नमाज यस निषेधको दायरा बाहिर छ, किनभने त्यो सुन्नतद्वारा प्रमाणित छ ।
शिर्कको ढोका बन्द गर्न चिहानतिर फर्केर नमाज पढ्ने निषेध गरिएको छ ।
इस्लामले चिहानको बारेमा बढाइचढाइ गर्न र तिनीहरूको अनादर गर्न दुवै निषेध गरेको छ । त्यसैले कुनै अतिशयोक्ति वा लापरवाही गर्न पाइँदैन ।
मुस्लिमको इज्जत र मर्यादा मृत्यु पछि पनि कायम रहन्छ । किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मृत व्यक्तिको हड्डी भाँच्नु भनेको जीवित व्यक्तिको हड्डी भाँच्नु जस्तै हो ।"
सही मुस्लिम (2/ 668) (972).
थप (6)
توضيح الأحكام مِن بلوغ المرام.
لعبد الله البسام (2/ 30).
فتح ذي الجلال والإكرام شرح بلوغ المرام.
لمحمد العثيمين (1/ 522).
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (4/ 285).