"जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।"
सहल बिन साअ्द (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।"
«مَنْ يَضْمَنْ لِي مَا بَيْنَ لَحْيَيْهِ وَمَا بَيْنَ رِجْلَيْهِ أَضْمَنْ لَهُ الْجَنَّةَ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुइटा कुराहरू बताउनुभएको छ, जसको पालना गर्ने व्यक्ति स्वर्गमा प्रवेश गर्नेछ । १- अल्लाहलाई क्रोधित गर्ने बोली वचन बाट जिब्रो (मुख)लाई बचाउनु । २- गुप्ताङ्गलाई व्यभिचार (र त्यही सेरोफेरोमा पर्न कार्यहरु) बाट सुरक्षित राख्नु । किनभने धेरैजसो पापहरू यी दुई अंगहरूबाट नै हुने गर्छन् ।
...:
जिब्रो (मुखको बोली) र गुप्तांगको रक्षा गर्नुले स्वर्गमा प्रवेश पाईन्छ ।
जिब्रो (मुखको बोली) र गुप्तांगलाई विशेष रूपमा उल्लेख गरिएको छ; किनभने संसार र परलोकमा यी दुई अंगहरू (मानिसलाई हुने) यातनाको सबैभन्दा ठूलो कारण हुन् ।
सही बुखारी (8/ 100) (6474).
थप (11)
بهجة الناظرين شرح رياض الصالحين.
تأليف سليم الهلالي (3/ 9).
نزهة المتقين شرح رياض الصالحين.
تأليف د.
مصطفى الخِن وغيره (2/ 1035).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (18/ 85).
شرح رياض الصالحين.
لابن عثيمين (6/ 117).
إرشاد الساري لشرح صحيح البخاري.
للقسطلاني (9/ 272).