Skip to content

"ईमान (विश्वास) का सत्तरी (वा साठी) भन्दा बढी शाखाहरू छन्, जसमध्ये सबैभन्दा उत्कृष्ट 'ला इलाहा इल्लाल्लाह' भन्नु हो र सबैभन्दा तल्लो शाखा नोक्सान पुर्‍याउने कुरालाई बाटोबाट हटाउनु हो

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"ईमान (विश्वास) का सत्तरी (वा साठी) भन्दा बढी शाखाहरू छन्, जसमध्ये सबैभन्दा उत्कृष्ट 'ला इलाहा इल्लाल्लाह' भन्नु हो र सबैभन्दा तल्लो शाखा नोक्सान पुर्‍याउने कुरालाई बाटोबाट हटाउनु हो र हया (लज्जा) पनि ईमानको एक शाखा हो ।"

«الْإِيمَانُ بِضْعٌ وَسَبْعُونَ -أَوْ بِضْعٌ وَسِتُّونَ- شُعْبَةً، فَأَفْضَلُهَا قَوْلُ لَا إِلَهَ إِلَّا اللهُ، وَأَدْنَاهَا إِمَاطَةُ الْأَذَى عَنِ الطَّرِيقِ، وَالْحَيَاءُ شُعْبَةٌ مِنَ الْإِيمَانِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, ईमान (आस्था) का धेरै शाखाहरू छन्, जसमा कर्म, विश्वास र भनाइहरू छन् । आस्थाको सर्वोच्च र उत्कृष्ट शाखा "ला इलाहा इल्लाह अल्लाह" भन्नु हो । यसको अर्थ र अभिलाषालाई जान्नुपर्छ र यसलाई कार्यन्वयन गर्नपर्छ । अर्थात्, केवल अल्लाह मात्र उपासना योग्य हुनुहुन्छ र उहाँ बाहेक कोही उपासना योग्य छैन । ईमानको सबैभन्दा तल्लो कार्य भनेको मानिसहरूलाई दुःख दिने सबै कुरालाई बाटोबाट हटाउनु हो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : हया (लाज) पनि ईमानको एक शाखा हो । वास्तवमा, हया एक मनोवृत्ति हो, जसले राम्रो कर्म गर्न र खराब कर्मबाट टाढा रहन प्रेरित गर्छ ।

शब्दको अर्थ

بِضْع: من ثلاثة إلى تسعة.

شعبة: خصلة.

हदीसका केही फाइदाहरू

ईमानका धेरै स्तरहरू छन्, जसमध्ये केही अरू भन्दा श्रेष्ठ छन् ।

इमान भनेको वचन, कर्म र विश्वासको नाम हो ।

अल्लाहप्रति हया गर्नु भनेको अल्लाहले जहाँ जान मनाही गर्नुभएको छ त्यहाँ नदेखिनु र जहाँ रहन आदेश दिनुभएको छ त्यहाँबाट नहट्नु ।

यहाँ संख्याको वर्णन सीमित गर्न होइन, तर ईमानका धेरै कार्यहरूको संकेत गर्दछ। । किनभने अरबहरूले कहिलेकाहीँ केही संख्या भन्थे, तर तिनीहरूको मतलब यो होइन कि यो भन्दा बढी हुन सक्दैन ।

श्रोतहरू

सही बुखारी (1/ 11) (9).

सही मुस्लिम (1/ 63) (35).

थप (7)

نزهة المتقين شرح رياض الصالحين (1/ 154).

شرح رياض الصالحين.

لابن عثيمين (2/ 169).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص106).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم لهلالي (1/ 205).