"तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ
अबू मलिक अल-अश्अरी (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ । सलाह (नमाज) नूर (ज्योति) हो, सदकह (दान) प्रमाण हो, धैर्य गर्नु (आस्थाको) किरण हो । कुरान तपाईको पक्ष वा विपक्षमा प्रमाण हो । प्रत्येक मानिसले हरेक दिन परिश्रम गर्छ, कि त उसले आफूलाई नर्कबाट बचाउछ, कि त नष्ट पार्दछ ।"
«الطُّهُورُ شَطْرُ الْإِيمَانِ، وَالْحَمْدُ لِلهِ تَمْلَأُ الْمِيزَانَ، وَسُبْحَانَ اللهِ وَالْحَمْدُ لِلهِ تَمْلَآنِ -أَوْ تَمْلَأُ- مَا بَيْنَ السَّمَاوَاتِ وَالْأَرْضِ، وَالصَّلَاةُ نُورٌ، وَالصَّدَقَةُ بُرْهَانٌ، وَالصَّبْرُ ضِيَاءٌ، وَالْقُرْآنُ حُجَّةٌ لَكَ أَوْ عَلَيْكَ، كُلُّ النَّاسِ يَغْدُو، فَبَايِعٌ نَفْسَهُ فَمُعْتِقُهَا أَوْ مُوبِقُهَا».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा बताउनु भएको छ : बाहिरी (शारीरिक) शुद्धता "वुजू" र स्नानबाट प्राप्त हुन्छ र यो शुद्धता नमाजको लागि शर्त हो। उहाँको भनाई : "अल्हमदु लिल्लाहले तराजु भर्छ" वास्तवमा यो अल्लाहको प्रशंसा, महिमा र पूर्णताको वर्णन हो । प्रलयको दिन, यी शब्दहरू तराजूमा तौलिनेछन् र यिनले कर्महरू तौलने तराजूलाई भर्नेछन् । उहाँको भनाई : "सुब्हानल्लाह र अल्हम्दुलिल्लाह" ले अल्लाहलाई सम्पूर्ण थरीका त्रुटि र अपूर्णताबाट पवित्र ठहर्याउन्छ र उहाँ प्रति प्रेम एवं सम्मान सहित उहाँको पूर्ण उत्तम विशेषताहरू वर्णन गर्दछ र यो उहाँलाई सुहाउँदो तरिकाले हुन्छ । यी दुई शब्दहरूले आकाश र पृथ्वी बीचको ठाउँ भर्छन् । "नमाज एउटा ज्योति हो" जसले भक्तको हृदय, अनुहार, चिहान र हश्र (हिसाबकिताबको लागि भेला हुने मैदान) लाई उज्यालो पार्दछ। "दान प्रमाण हो" अर्थात् भक्तको साँचो आस्थाको र पाखण्ड (कपट) बाट टाढा रहेको प्रमाण हो, साथै दान दिनुले पाखण्डी कपटी व्यक्ति -जसले दानको प्नतिफलमा विश्वास गर्दैन- बाट भिन्नता पनि प्रमाणित हुन्छ । "सब्र (धैर्य) एक किरण हो" । धैर्य भनेको दु:ख र पीडामा असन्तुष्टि र भाग्यलाई गालीगलौज गर्नबाट रोकिनु हो । "जिया"- यसतो प्रकाशलाई भनिन्छ जसमा सूर्यको किरण जस्तै ताप र जलाउने गुण हुन्छ । किनभने धैर्य कठिन कार्य हो र यसमा आत्मसँग लड्न र आफ्नो नराम्रो इच्छा तथा आकांक्षालाई रोक्नु पर्छ । धैर्यतापूर्वक जीवन बिताउने व्यक्ति सधैं उज्यालोमा रहन्छ र ऊ निरन्तर रुपले सही मार्गमा हुन्छ । अर्थात् धैर्य भनेको अल्लाहको आज्ञापालन गर्नुमा दृढ हुनु, उहाँको अवज्ञाबाट आफूलाई बचाउनु र संसारमा आइपरेका दुःख र कठिनाइहरूमा धैर्य गर्नु हो । "कुरआन तपाइँको लागि प्रमाण हो" जब तपाईंले कुरआनको पाठ गर्नुहुन्छ र त्यसको आदेश अनुसार कार्य गर्नु हुन्छ वा "तपाइँको विरुद्ध प्रमाण" हो, जब तपाइँले त्यसको आदेशहरुको पालना गर्नहुन्न र त्यसको तिलावत (पाठ) पनि गर्नुहुन्न । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : सबै मानिसहरूले संघर्ष र प्रयास गर्छन्, धर्तीमा फैलिन्छन्, निद्राबाट ब्यूँझन्छन् अनि विभिन्न कामका लागि आफ्नो घर छोड्छन् र जीविकोपार्जन गर्छन् । अतः, तिनीहरूमध्ये केहीले अल्लाहको आज्ञापालन गर्दछन् र आफूलाई नर्कको आगोबाट मुक्त गर्छन् र तिनीहरूमध्ये केही अवज्ञा गरि विचलित हुन्छन् र पापहरूमा लिप्त भएर नर्कमा प्रवेश गर्छन् र आफूलाई नष्ट गर्छन् ।
...:
पवित्रता दुई प्रकारको हुन्छ: बाहिरी (शारीरिक) शुद्धता, जुन वुजू र गुस्ल (स्नान) बाट प्राप्त हुन्छ र अर्को भित्री पवित्रता, जुन एकेश्वरवाद, विश्वास र असल कर्महरूबाट प्राप्त हुन्छ।
यस हदीस बाट निरन्तर रुपले नमाज पढ्नुको महत्व प्रष्ट हुन्छ, किनभने नमाज यस संसार र महाप्रलयको दिनमा भक्तका लागि ज्योति हुनेछ।
दान, सत्य आस्थाको प्रमाण हो।
यस हदीसबाट कुरान अनुसार कार्यान्वयन र यस माथि विश्वास गर्नुको महत्व थाहा हुन्छ, ताकि यो तपाइँको पक्षमा प्रमाण होस्, तपाईंको विरुद्धमा नहोस् ।
यदि तपाईंले आफ्नो हृदयलाई आज्ञाकारितामा व्यस्त गर्नुभएन भने, यसले तपाईंलाई पापमा संलग्न गर्नेछ।
हरेक मानिस अनिवार्य रूपमा कुनै न कुनै कर्म गर्दछ। तसर्थ कि त आज्ञाकारिताद्वारा उसले आफूलाई मुक्त गर्दछ वा अन्यथा पापद्वारा आफूलाई नष्ट गर्दछ।
धैर्यको लागि सहिष्णुता, सहनशीलता र पुण्यको नियत आवश्यक छ, जुन साह्रै गाह्रो हो।
सही मुस्लिम (1/ 203) (223).
थप (4)
شرح الأربعين لابن دقيق العيد (ص 84).
شرح الأربعين النووية للعثيمين (ص: 231).
الرياض الزكية شرح الأربعين النووية للخضير (ص 293).
فتح القوي المتين في شرح الأربعين للعباد (ص 79).
Cited in books
9 Booksथप (8)
- رسالة في الأذكار1«الحَمْدُ لِلهِ تَمْلَأُ المِيزَانَ، وَسُبْحَانَ اللهِ وَالحَمْدُ لِلهِ تَمْلَآنِ -أَوْ تَمْلَأُ- مَا بَيْنَ السَّمَاوَاتِ وَالْأَرْضِ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 1 «الطُّهُورُ شَطْرُ الإِيمَان، وَالْحَمْدُ لله تَمْلأُ الْمِيزَانَ، وَسُبْحَانَ الله وَالْحَمْدُ لله تَمْلآنِ ــ أوْ تَمْلأُ ــ مَا بَيْنَ السَّمَاواتِ وَالأرْضِ، وَالصَّلاةُ نُورٌ، وَالصَّدَقَةُ بُرْهَانٌ، وَالصَّبْرُ ضِيَاءٌ، وَالْقُرْآنُ
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 7«الطُّهُورُ شطرُ الإيمانِ، والحمدُ للهِ تملأُ الميزانَ، وَسُبْحَانَ اللهِ، والحمدُ للهِ تملآن ــ أوْ تملأ ــ مَا بينَ السَّماواتِ والأرْضِ».
- مجموعة زاد التربية الإسلامية (2)1«الصَّلَاةُ نُورٌ، وَالصَّدَقَةُ بُرْهَانٌ، وَالصَّبْرُ ضِيَاءٌ، وَالقُرْآنُ حُجَّةٌ لَكَ أَوْ عَلَيْكَ».
- مجموعة زاد الحديث(2)1«الطُّهُورُ شَطْرُ الْإِيمَانِ، وَالْحَمْدُ ﷲِ تَمْلَأُ الْمِيزَانَ، وَسُبْحَانَ الله وَالْحَمْدُ ﷲِ تَمْلَآَنِ -أَوْ تَمْلَأُ- مَا بَيْنَ السَّمَاوَاتِ وَالْأَرْضِ، وَالصَّلَاةُ نُورٌ، وَالصَّدَقَةُ بُرْهَانٌ، وَالصَّبْرُ ضِيَاءٌ، وَالْقُر
- مجموعة زاد الحديث(2)1(وَالْقُرْآنُ حُجَّةٌ لَكَ أَوْ عَلَيْكَ)
- محاضرات تعظيم قدر الصلاةمحاضرات في تعظيم قدر الصلاة"الطُّهُورُ شَطْرُ الْإِيمَانِ وَالْحَمْدُ لِلَّهِ تَمْلَأُ الْمِيزَانَ، وَسُبْحَانَ اللهِ وَالْحَمْدُ لِلَّهِ تَمْلَآَنِ - أَوْ تَمْلَأُ - مَا بَيْنَ السَّمَاوَاتِ وَالْأَرْضِ، وَالصَّلَاةُ نُورٌ، وَالصَّدَقَةُ بُرْهَانٌ وَالصَّبْرُ ضِيَاء
- موسوعة الإيمان«الطُّهُورُ شَطْرُ الْإِيمَانِ، وَالْحَمْدُ لِلَّهِ تَمْلَأُ الْمِيزَانَ...».