Skip to content

"जसको पाइला अल्लाहको बाटोमा धूलोले भरिएको हुन्छ, त्यस व्यक्तिलाई (नर्कको आगोले) छुने छैन।"

अबु अब्स अब्दुर्रहमान बिन जब्र (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

"जसको पाइला अल्लाहको बाटोमा धूलोले भरिएको हुन्छ, त्यस व्यक्तिलाई (नर्कको आगोले) छुने छैन।"

«مَا اغْبَرَّتْ قَدَمَا عَبْدٍ فِي سَبِيلِ اللَّهِ فَتَمَسَّهُ النَّارُ».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले शुभ समाचार दिनुभएको छ, अल्लाहको मार्गमा जिहाद गर्दा जसको खुट्टामा धूलो लाग्छ, उसलाई आगोले कहिल्यै छुँदैन।

हदीसका केही फाइदाहरू

अल्लाहको मार्गमा जिहाद गर्ने व्यक्तिलाई आगोबाट मुक्तिको शुभ समाचार दिइएको छ।

खुट्टाको उल्लेख गरिएको छ, यद्यपि धूलो पूरै शरीरमा लाग्छ, किनकि त्यो समयमा अधिकांश मुजाहिदीनहरू पैदल हिँड्ने गर्थे र खुट्टा हरेक परिस्थितिमा धूलोले भरिन्थ्यो।

इब्न हजरले भने: जब केवल खुट्टामा धूलो लाग्नाले त्यसलाई जहन्नमको आगोबाट जोगाउँछ भने, तब आफ्नो सम्पूर्ण शक्ति र र क्षमताका साथ युद्धमा सामेल हुने व्यक्तिको के हुनेछ?

श्रोतहरू

सही बुखारी (4/ 20) (2811).

(2/ 7) (907).

थप (8)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 424).

التنوير شرح الجامع الصغير.

للصنعاني (7/ 361).

فيض القدير شرح الجامع الصغير.

للمناوي (5/ 437).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (2/ 911).