"अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा बाडेको छु र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा बाडेको छु र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ । जब भक्तले {अल्हम्दु लिल्लाहि रब्बिल-आलमीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो प्रशंसा गरेको छ । जब भक्तले {अर्रहमा निर्रहीम} भन्छ, तब अल्लाह भन्नुहुन्छ: मेरो भक्तलेे मेरो बढाई व्यक्त गरेको छ । जब भक्तले {मालिकि यौमिद्दीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो महिमा गरेको छ र एक पटक उहाँले भन्नुभयो: मेरो भक्तले आफ्नो सबै मामिलाहरू मलाई सुम्पेको छ । जब भक्तले {इय्याक नाअ्बुदु व इय्याक नस्तईन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो म र मेरो भक्तको बीचमा छ र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ । त्यसैले जब भक्तले {इह्दि नस्सिरातल-मुस्तकीम, सिरातल्लजीन अन्अम्त अलैहिम गैरुल-मग्जूबि अलैहिम व लज्जाल्लीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो मेरो भक्तको लागि हो र मेरो भक्तले जे मागेको छ उसले त्यही पाउनेछ ।"
«قَالَ اللهُ تَعَالَى: قَسَمْتُ الصَّلَاةَ بَيْنِي وَبَيْنَ عَبْدِي نِصْفَيْنِ، وَلِعَبْدِي مَا سَأَلَ، فَإِذَا قَالَ الْعَبْدُ: {الْحَمْدُ لِلهِ رَبِّ الْعَالَمِينَ}، قَالَ اللهُ تَعَالَى: حَمِدَنِي عَبْدِي، وَإِذَا قَالَ: {الرَّحْمَنِ الرَّحِيمِ}، قَالَ اللهُ تَعَالَى: أَثْنَى عَلَيَّ عَبْدِي، وَإِذَا قَالَ: {مَالِكِ يَوْمِ الدِّينِ}، قَالَ: مَجَّدَنِي عَبْدِي، -وَقَالَ مَرَّةً: فَوَّضَ إِلَيَّ عَبْدِي-، فَإِذَا قَالَ: {إِيَّاكَ نَعْبُدُ وَإِيَّاكَ نَسْتَعِينُ}، قَالَ: هَذَا بَيْنِي وَبَيْنَ عَبْدِي وَلِعَبْدِي مَا سَأَلَ، فَإِذَا قَالَ: {اهْدِنَا الصِّرَاطَ الْمُسْتَقِيمَ، صِرَاطَ الَّذِينَ أَنْعَمْتَ عَلَيْهِمْ غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلا الضَّالِّينَ}، قَالَ: هَذَا لِعَبْدِي وَلِعَبْدِي مَا سَأَلَ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नुभएको छ, अल्लाहले हदीस कुदसीमा भन्नुभएको छ: मैले नमाजमा पढिने सूरह फातिहालाई म र मेरो भक्त बीच बाडेको छु । आधा मेरो लागि र आधा उसको लागि हो । पहिलो आधा भागमा अल्लाहको प्रशंसा र महिमाको वर्णन गरिएको छ, जसको लागि अल्लाहले भक्तलाई उत्तम इनाम दिनुहुन्छ । जबकि यसको दोस्रो भागमा बिन्ती र दुआ (प्रार्थना) समावेश छ, जुन अल्लाहले स्वीकार गर्नुहुन्छ र मानिसलाई उसले मागेको सबै चीजहरू प्रदान गर्नुहुन्छ । जब नमाज पढ्ने व्यक्तिले {अल्हम्दु लिल्लाहि रब्बिल-आलमीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो प्रशंसा गरेको छ । जब भक्तले {अर्रहमा निर्रहीम} भन्छ, तब अल्लाह भन्नुहुन्छ: मेरो भक्तले मेरो प्रशंसा र कृतज्ञता व्यक्त गरेको छ र मैले सृष्टिप्रति गरेको उपकारलाई स्वीकार गरेको छ । जब भक्तले {मालिकि यौमिद्दीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो महिमा गरेको छ, जुन ठूलो सम्मान हो । जब भक्तले {इय्याक नाअ्बुदु व इय्याक नस्तईन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो म र मेरो भक्त बीचको सम्बन्ध हो । यस आयतको पहिलो आधा "इयाक नाअ्बुदु" सम्म अल्लाहको लागि हो । वास्तवमा यसमा अल्लाह नै उपासना योग्य हुनुहुन्छ भन्ने कुराको घोषणा रहेको छ र पहिलो आधा यहीं समाप्त हुन्छ । जबकि यस आयतको दोस्रो भाग "व इयाक नस्तईन" सम्म हो, जुन भक्तको लागि हो, जसमा अल्लाहबाट सहायता मागिएको छ र उहाँले मद्दत गर्ने प्रतिज्ञा गर्नुभएको छ । त्यसैले जब भक्तले {इह्दि नस्सिरातल-मुस्तकीम, सिरातल्लजीन अन्अम्मत अलैहिम, गैरुल-मग्जूबि अलैहिम व लज्जाल्लीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले बिन्ती र दुआ गरेको छ, मेरो भक्तले जे मागेको छ उसले त्यही पाउनेछ र मैले उसको दुआ स्वीकार गरें ।"
...:
सुरा फातिहाको महत्व, किनभने अल्लाहले यसलाई ‘अस्-सलाह’ को नाम दिनुभएको छ ।
आफ्नो भक्तप्रति अल्लाहको कृपाको वर्णन, भक्तले उहाँको प्रशंसा गर्छ भनेर भक्तको प्रशंसा र भक्तले जे मागेको छ त्यो दिने वाचा गर्नुभएको छ ।
यस पवित्र सूरहमा अल्लाहको प्रशंसा, परलोकको उल्लेख, अल्लाहलाई बिन्ती, उहाँको मात्र उपासना गर्न आह्वान, सही मार्गदर्शन गर्न प्रार्थना र गलत मार्गहरूमा नलगाउन जस्ता विषयहरू समावेश छन् ।
यदि कुनै उपासकले सुरह फातिहा पढ्दा यो हदीस आफ्नो दिमागमा राख्छ भने प्रार्थनामा उसको खुशुअ (एकत्रित भई अल्लाह सामु नतमस्तक रहनु) बढ्छ ।
सही मुस्लिम (1/ 296) (395).
थप (4)
إكمال المعلم (2/275).
المفهم لما أشكل من تلخيص كتاب مسلم (2/ 27).
شرح النووي على مسلم (4/103).
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (9/ 232) (9/ 253).
Cited in books
14 Booksथप (14)
- الأربعون في تعظيم قدر الصلاةالأربعون في تعظيم قدر الصلاة «قَالَ اللهُ تَعَالَى: قَسَمْتُ الصَّلَاةَ بَيْنِــي وَبَيْنَ عَبْدِي نِصْفَـــيْنِ، وَلِعَبْدِي مَا سَـــأَلَ، فَإِذَا قَالَ الْعَبْدُ: ﴿الْحَــمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ﴾، قَالَ اللهُ تَعَالَى: حَـــمِدَنِي عَبْدِي، وَإِذَا قَالَ: ﴿
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمالصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«قَالَ اللهُ تَعَالَى: قَسَمْتُ الصَّلَاةَ بَيْنِي وَبَيْنَ عَبْدِي نِصْفَيْنِ، وَلِعَبْدِي مَا سَأَلَ، فَإِذَا قَالَ الْعَبْدُ: (الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ)، قَالَ اللهُ تَعَالَى: حَمِدَنِي عَبْدِي، وَإِذَا قَالَ: (الرَّحْمَنِ ا
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«قَالَ اللهُ تَعَالَى: قَسَمْتُ الصَّلَاةَ بَيْنِي وَبَيْنَ عَبْدِي نِصْفَيْنِ، وَلِعَبْدِي مَا سَأَلَ، فَإِذَا قَالَ الْعَبْدُ: (الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ)، قَالَ اللهُ تَعَالَى: حَمِدَنِي عَبْدِي، وَإِذَا قَالَ: (الرَّحْمَنِ ا
- صلاتنا الخاشعة"قَالَ اللهُ تَعَالَى: قَسَمْتُ الصَّلَاةَ بَيْنِي وَبَيْنَ عَبْدِي نِصْفَيْنِ، وَلِعَبْدِي مَا سَأَلَ، فَإِذَا قَالَ الْعَبْدُ: ﴿ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ﴾ [الفاتحة: 2]، قَالَ اللهُ تَعَالَى: حَمِدَنِي عَبْدِي، وَإِذَا قَالَ: ﴿
- مجموعة زاد التفسير (1)التفسير 1«قال الله تعالى: قَسَمْتُ الصَّلاةَ بَيني وَبَينَ عَبدي نِصْفَينِ وَلِعَبدي ما سَألَ، فَإِذا قال العبدُ: ﴿الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ﴾ . قال الله تعالى: حَمِدَنِي عَبدي، وإذا قال: ﴿الرَّحْمَنِ الرَّحِيمِ﴾ . قال الله تعالى: أَثنَى
- مجموعة زاد التفسير (1)التفسير 1«فنصفها لعبدي ولعبدي ما سأل»
- محاضرات تعظيم قدر الصلاةمحاضرات في تعظيم قدر الصلاة﴿ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ 2﴾ ، يقول الله تعالى: حمدني عبدي، وإذا قال: ﴿ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ 3﴾ ، يقول الله تعالى: أثنى علي عبدي، وإذا قال: ﴿مَٰلِكِ يَوۡمِ ٱلدِّينِ 4﴾ ، يقول الله تعالى: مجدني عبدي، فإذا قال: ﴿إِيَّاكَ نَعۡبُ
- محاضرات تعظيم قدر الصلاةمحاضرات في تعظيم قدر الصلاة"قَالَ اللهُ تَعَالَى: قَسَمْتُ الصَّلَاةَ بَيْنِــي وَبَيْنَ عَبْدِي نِصْفَـــيْنِ، وَلِعَبْدِي مَا سَـــأَلَ، فَإِذَا قَالَ الْعَبْدُ: ﴿ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ 2﴾ ، قَالَ اللهُ تَعَالَى: حَـــمِدَنِي عَبْدِي، وَإِذَا قَالَ:
- محاضرات تعظيم قدر الصلاةمحاضرات في تعظيم قدر الصلاة" قَالَ اللهُ تَعَالَى: قَسَمْتُ الصَّلَاةَ بَيْنِي وَبَيْنَ عَبْدِي نِصْفَيْنِ، وَلِعَبْدِي مَا سَأَلَ، فَإِذَا قَالَ الْعَبْدُ: ﴿ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ 2﴾ [الفاتحة: 2]، قَالَ اللهُ تَعَالَى: حَمِدَنِي عَبْدِي، وَإِذَا قَالَ
- محاضرات تعظيم قدر الصلاةمحاضرات في تعظيم قدر الصلاة"هَذَا بَيْنِي وَبَيْنَ عَبْدِي "
- محاضرات تعظيم قدر الصلاةمحاضرات في تعظيم قدر الصلاة"هَذَا بَيْنِي وَبَيْنَ عَبْدِي "
- مشروع منهاج زادكزادك 1 طالب«قَالَ اللهُ تَعَالَى: قَسَمْتُ الصَّلَاةَ بَيْنِي وَبَيْنَ عَبْدِي نِصْفَيْنِ، وَلِعَبْدِي مَا سَأَلَ، فَإِذَا قَالَ الْعَبْدُ: (ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ)، قَالَ اللهُ تَعَالَى: حَمِدَنِي عَبْدِي، وَإِذَا قَالَ: (ٱلرَّحۡمَٰنِ
- من الأحكام الفقهية في الطهارة والصلاة والجنائز«قَسَمْتُ الصَّلَاةَ بَيْنِي وَبَيْنَ عَبْدِي نِصْفَيْنِ، وَلِعَبْدِي مَا سَأَلَ، فَإِذَا قَالَ الْعَبْدُ: ﴿ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ﴾ قَالَ اللهُ تَعَالَى: حَمَدَنِي عَبْدِي. وَإِذَا قَالَ: ﴿ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ﴾ قَالَ اللهُ
- نبراس طالب (1)1«قَالَ اللهُ تَعَالَى: قَسَمْتُ الصَّلَاةَ بَيْنِي وَبَيْنَ عَبْدِي نِصْفَيْنِ، وَلِعَبْدِي مَا سَأَلَ، فَإِذَا قَالَ الْعَبْدُ: {الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ(2)}، قَالَ اللهُ تَعَالَى: حَمِدَنِي عَبْدِي، وَإِذَا قَالَ: {الرَّحْمَن