Skip to content

"जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जसलाई ऊ झूट भएको ठान्दछ (अर्थात् झूट हो भन्ने थाहा हुँदाहुँदै पनि वर्णन गर्छ), त्यस्तो व्यक्ति स्वयं पनि झूट बोल्नेहरूमध्ये एक ठहरिन्छ।”

समुरह बिन जुन्दब र मुगीरा बिन शोअबा (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जसलाई ऊ झूट भएको ठान्दछ (अर्थात् झूट हो भन्ने थाहा हुँदाहुँदै पनि वर्णन गर्छ), त्यस्तो व्यक्ति स्वयं पनि झूट बोल्नेहरूमध्ये एक ठहरिन्छ।”

«مَنْ حَدَّثَ عَنِّي بِحَدِيثٍ يُرَى أَنَّهُ كَذِبٌ، فَهُوَ أَحَدُ الْكَاذِبِينَ».

मुस्लिमले आफ्नो भूमिकामा वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि जसले उहाँको नामबाट कुनै हदीस वर्णन गर्छ, र उसलाई थाहा छ, वा शंका छ, वा प्रबल अनुमान छ कि उक्त हदीस उहाँमाथि लगाइएको झूट हो भने, त्यस्तो वर्णनकर्ता पनि उक्त झूटमा सहभागी ठहरिन्छ।

हदीसका केही फाइदाहरू

नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट वर्णन गरिएका हदीसहरू प्रचार वा प्रसारण गर्नुअघि तिनको पुष्टि गर्नु र तिनीहरूको प्रामाणिकता सुनिश्चित गर्नु अनिवार्य छ।

मनगढन्त हदीस वर्णन गर्ने, यसको प्रचार गर्ने र मानिसहरूमाझ फैलाउने सबैमाथि झूटको दोष लाग्छ।

जसलाई हदीस झूटो वा गढिएको हो भन्ने थाहा छ वा त्यो निराधार हो भन्ने प्रबल अनुमान छ, उसका लागि सचेत गराउने उद्देश्यबाहेक उक्त हदीस वर्णन गर्नु वर्जित छ।

श्रोतहरू

सही मुस्लिम (1/ 8).