Skip to content

“विधुवा, एकल महिला, गरीब र दीन-दु:खीहरूको हेरचाह र सेवा गर्ने व्यक्ति जिहाद (धर्म युद्ध) गर्ने वा दिउँसो ब्रत बस्ने र राती सलाह (नमाज) पढ्ने व्यक्ति सरह हो ।”

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :

“विधुवा, एकल महिला, गरीब र दीन-दु:खीहरूको हेरचाह र सेवा गर्ने व्यक्ति जिहाद (धर्म युद्ध) गर्ने वा दिउँसो ब्रत बस्ने र राती सलाह (नमाज) पढ्ने व्यक्ति सरह हो ।”

«السَّاعِي عَلَى الأَرْمَلَةِ وَالمِسْكِينِ، كَالْمُجَاهِدِ فِي سَبِيلِ اللَّهِ، أَوِ القَائِمِ اللَّيْلَ الصَّائِمِ النَّهَارَ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले विधुवा असहाय महिलाको हितको ख्याल राख्छ, त्यसैगरी गरिब र दीन-दुःखीहरूको मद्दत र हेरचाह गर्छ, अल्लाहसँग ती कर्महरूको प्रतिफलको आशा राख्दै उनीहरूका लागि खर्च गर्छ भने अल्लाहले उसलाई जिहाद (धर्म युद्ध) गर्ने वा नथाकी तहज्जुदको नमाज पढ्ने र लगातार उपवास बस्ने व्यक्तिसरह पुण्य दिनुहुनेछ।"

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

उक्त हदीसमा आपसी सहयोग, एकअर्काको मद्दत र कमजोरहरूको आवश्यकताहरू पूरा गर्न प्रोत्साहन दिइएको छ ।

हरेक असल कार्य उपासना हो । विधवा र गरिबलाई सहयोग गर्नु पनि उपासना हो ।

इब्न-ए-हुबैरा भन्छन्: यसको अर्थ भनेको अल्लाहले उसलाई एक साथ उपवास बस्ने, तहज्जुद पढ्ने र अल्लाहको मार्गमा युद्ध गर्ने व्यक्ति बराबर पुरस्कृत गर्नुहुन्छ; किनभने उसले पतिले गरे जस्तै विधवाहरूको हेरचाह गर्दछ, आफूमाथि खर्च गर्न नसक्ने गरिबहरूमा आफ्नो अतिरिक्त सम्पत्ति खर्च गर्दछ र आफ्नै श्रम परोपकारका लागि अर्पण गर्दछ। त्यसैले उसको प्रतिफल रोजा बस्ने, तहज्जुद पढ्ने र अल्लाहको मार्गमा जिहाद गर्ने व्यक्तिको पुण्य बराबर हुनेछ।

श्रोतहरू

सही बुखारी (7/ 62) (5353).

सही मुस्लिम (4/ 2286) (2982).

थप (9)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم بن عيد الهلالي (1/ 351).

تطريز رياض الصالحين.

لفيصل بن عبد العزيز المبارك (ص198).

رياض الصالحين (ص107) (265).

شرح رياض الصالحين.

لابن عثيمين (3/ 99).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (275).