Skip to content

"तिमीहरूमध्ये सबैभन्दा उत्तम व्यक्ति त्यो हो जसले आँफु कुरआन सिक्छ र अरूलाई सिकाउँछ ।"

उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"तिमीहरूमध्ये सबैभन्दा उत्तम व्यक्ति त्यो हो जसले आँफु कुरआन सिक्छ र अरूलाई सिकाउँछ ।"

«خَيْرُكُمْ مَنْ تَعَلَّمَ الْقُرْآنَ وَعَلَّمَهُ».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहको नजरमा सबैभन्दा उत्कृष्ट मुस्लिम त्यो हो जसले कुर्आन सिक्यो, अर्थात् यसको तिलावत (पाठ) सिक्यो, यसलाई कण्ठ गर्यो, राम्रोसँग पढ्न सिक्यो र यसको अर्थ, व्याख्या र आशा अभिलाषा सिक्यो र साथै आफूसँग भएको कुर्आनको ज्ञानको अभ्यास गर्दै अरूलाई पनि सिकायो ।

हदीसका केही फाइदाहरू

कुर्आनको महत्त्व र यो सबैभन्दा उत्कृष्ट वाणी हो; किनभने यो अल्लाहको कलाम (वचन) हो ।

सबै भन्दा राम्रो शिक्षक त्यो हो जसले अरूलाई सिकाउँछ र ज्ञानलाई आफुमा सीमित राख्दैन ।

कुर्आन सिक्ने र सिकाउनुमा यसको पठन, अर्थ, आदेश र निर्देशनहरू सबै समावेश छन् ।

श्रोतहरू

सही बुखारी (6/ 192) (5027).

थप (8)

فتح الباري شرح صحيح البخاري.

لابن حجر العسقلاني (1/ 374).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 226).

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخن وغيره (1/ 740).

شرح رياض الصالحين.

لابن عثيمين (4/ 638).