Skip to content

"हे महिलाहरू, दान गर, किनभने मैले तिमीहरूलाई धेरै संख्यामा नरकमा देखेको छु।" त्यसपछि महिलाहरूले भने: "कसरी, हे रसूल?" उनले भने: "तिमीहरू बारम्बार गाली-गलौच गर्छौ र आफ्ना पतिको नाफरमानी गर्छौ।" "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।"

अबू सईद खुदरी (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ईद-अल-अजहा वा ईद-अल-फित्रको दिन नमाजको स्थान (ईद-गाह) तर्फ जानुभयो। यस क्रममा जब उहाँ महिलाहरूको नजिक पुग्नुभयो, तब उहाँले भन्नुभयो:

"हे महिलाहरू, दान गर, किनभने मैले तिमीहरूलाई धेरै संख्यामा नरकमा देखेको छु।" त्यसपछि महिलाहरूले भने: "कसरी, हे रसूल?" उनले भने: "तिमीहरू बारम्बार गाली-गलौच गर्छौ र आफ्ना पतिको नाफरमानी गर्छौ।" "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।" महिलाहरूले भने: "हाम्रो धर्म र बुद्धिमा के कमी छ?" उनले भने: "के महिलाको गवाही पुरुषको गवाहीको आधा होइन?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यो उसको बुद्धिको कमी हो।" अनि "के जब ऊ महिनावारीमा हुन्छे, तब ऊ न नमाज पढ्छे न रोजा राख्छे?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यसो भए, त्यो उसको धर्मको कमी हो।"

«يَا مَعْشَرَ النِّسَاءِ، تَصَدَّقْنَ، فَإِنِّي أُرِيتُكُنَّ أَكْثَرَ أَهْلِ النَّارِ» فَقُلْنَ: وَبِمَ يَا رَسُولَ اللَّهِ؟ قَالَ: «تُكْثِرْنَ اللَّعْنَ، وَتَكْفُرْنَ العَشِيرَ، مَا رَأَيْتُ مِنْ نَاقِصَاتِ عَقْلٍ وَدِينٍ أَذْهَبَ لِلُبِّ الرَّجُلِ الحَازِمِ مِنْ إِحْدَاكُنَّ»، قُلْنَ: وَمَا نُقْصَانُ دِينِنَا وَعَقْلِنَا يَا رَسُولَ اللَّهِ؟ قَالَ: «أَلَيْسَ شَهَادَةُ المَرْأَةِ مِثْلَ نِصْفِ شَهَادَةِ الرَّجُلِ» قُلْنَ: بَلَى، قَالَ: «فَذَلِكِ مِنْ نُقْصَانِ عَقْلِهَا، أَلَيْسَ إِذَا حَاضَتْ لَمْ تُصَلِّ وَلَمْ تَصُمْ» قُلْنَ: بَلَى، قَالَ: «فَذَلِكِ مِنْ نُقْصَانِ دِينِهَا».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि व सल्लम) ईदको दिन ईद-गाह (नमाज पढ्ने स्थल) तर्फ निस्किनुभयो। उहाँले महिलाहरूलाई वचन दिनुभएको थियो कि उहाँ तिनीहरूलाई अलग्गै उपदेश दिनुहुन्छ र त्यो दिन उहाँले आफ्नो वचन पूरा गर्नुभयो। हे महिलाहरू! दान गर र धेरै मात्रामा इस्तिग़फार (अल्लाहसँग क्षमायाचना) गर, किनकि यी दुई (दान र क्षमायाचना) पाप माफ गराउने महान् कारण हुन्। मैले इसराको रात तिमीहरूलाई नरकका अधिकांश बासिन्दा देखेको छु। त्यस बेला तीमध्ये एक विवेकी, समझदार र सम्मानित महिलाले भनिन्: "हे रसूल! किन हामी नरकका अधिकांश बासिन्दा हौं? उहाँले भन्नुभयो: यसका धेरै कारणहरू छन्: तिमीहरू धेरै श्राप र गाली दिन्छौ र आफ्ना पतिको अधिकारलाई अस्वीकार गर्छौ। त्यसपछि नबी सल्लल्लाहु अलैहि वसल्लमले तिनीहरूको वर्णन यसरी गर्नुभयो: "बुद्धि र धर्ममा कमी भए पनि, तिमी (महिलाहरू) भन्दा बुद्धिमान, दूरदर्शी र आत्म-नियन्त्रित पुरुषको बुद्धिलाई जित्न सक्षम मैले कसैलाई देखेको छैन।" उनले भनिन्: हे रसूल! हाम्रो बुद्धि र धर्मको कमी के हो? जहाँसम्म बुद्धिको कमीको कुरा छ, दुई महिलाको गवाही एक पुरुषको गवाही बराबर हुन्छ; यही बुद्धिको कमी हो र जहाँसम्म धर्मको कमीको कुरा छ, यो धार्मिक कार्यको कमी हो, किनभने महिनावारीका कारण महिलाहरू केही दिन र रात नमाज पढ्दैनन् र रमजानका केही दिन रोजा बस्दैनन् , यही धर्मको कमी हो। तर यसमा उनीहरूको कुनै दोष छैन, न त यसका लागि उनीहरूलाई सजाय दिइनेछ। किनभने यो त प्राकृतिक संरचनाको हिस्सा हो, जस्तै मानिसलाई धनको प्रेम र आफ्नो काममा चाँडो निर्णय गर्ने प्रवृत्ति र अज्ञानताका साथ जन्म दिइन्छ, तर यस बारेमा चेतावनी दिइएको छ, ताकि महिलाहरूको कारण हुने प्रलोभनबाट सचेत रहन सकियोस्।

हदीसका केही फाइदाहरू

महिलाहरूलाई ईदको नमाजको लागि बाहिर जानु र उनीहरूका लागि छुट्टै प्रवचन व्यवस्था गर्न मुस्तहब हो।

आफ्नो पतिको अवज्ञा गर्नु र बारम्बार सराप्नु ठूलो पाप हो, किनकि नर्कको धम्की यो ठूलो पाप हो भन्ने संकेत हो।

"यसमा ईमानको बृद्धि र कमीको व्याख्या छ, जसको इबादतमा वृद्धि हुन्छ, उसको ईमान र धर्ममा वृद्धि हुन्छ र जसको इबादतमा कमी हुन्छ, उसको धर्ममा कमी हुन्छ।

इमाम नववीले भन्नुभएको छ: बुद्धिले बृद्धि र कमी दुवै स्वीकार्छ, ईमान पनि त्यस्तै हो। तर महिलाहरूमा भएको कमीको उल्लेखले तिनीहरूलाई दोष दिन उद्देश्य होइन; किनभने यो त प्राकृतिक संरचना हो। तर यसलाई उल्लेख गर्ने उद्देश्य तिनीहरूबाट उत्पन्न हुन सक्ने प्रलोभनको चेतावनी हो। त्यसकारण, जुन अवज्ञा उल्लेख गरिएको छ, तिनीहरूका लागि सजाय तोकिएको छ, न कि तिनीहरूको प्राकृतिक कमीका लागि। साथै, धर्मको कमी सधैं पापसँग मात्र सम्बन्धित छैन।

यदि कुनै कुराको अर्थ स्पष्ट छैन भने विद्यार्थीले शिक्षकसंग र अनुयानीले आफ्नो मार्गदर्शकसंग सोधपुछ गर्ने प्रोत्साहन।

यस हदीसले देखाउँछ, महिलाको गवाही पुरुषको भन्दा आधा हुन्छ, किनभने उनमा आत्म-नियन्त्रण र स्मरणशक्तिको कमी हुन्छ।

इब्न हजरले हदीसको शब्द "बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि....।" को बारेमा भन्नुभएको छ: मलाई लाग्छ, यो नर्कमा महिलाहरूको बाहुल्यता हुने कारणहरूमध्ये यो एउटा कारण हो। किनभने जब तिनीहरू एक विवेकशील व्यक्तिको दिमागलाई सुस्त पार्ने कारण हुन्छन्, जसको परिणामस्वरूप तिनीहरूले अनुपयुक्त कुराहरू भन्छन् वा गर्छन्, यो मानौं कि तिनीहरूले पनि यो पापमा भाग लिएका छन्।

महिनावारीको समयमा महिलाहरूलाई नमाज र रोजा गर्न मनाही छ। यसै गरी प्रसूति अवस्थामा पनि। त्यसपछि शुद्ध भएपछि उनीहरूलाई केवल रोजाको क़ज़ा गर्न आदेश दिइन्छ।

नबी (सल्लल्लाहु अलैहि व सल्लम) को उत्तम चरित्रको प्रमाण, उहाँले महिलाहरूका प्रश्नहरूलाई बिना कुनै हप्काइ वा निन्दा शान्तिपूर्वक उत्तर दिनुभयो।

इब्न हजरले भनेका छन्: सद्काले प्रकोपलाई टाढा पार्दछ र यसले प्राणीहरूबीच भएका पापहरूलाई क्षमा गर्न सक्छ।

इमाम नववी भन्छन्: महिलाहरूमा धर्मको कमी तिनीहरूको महिनावारीको समयमा नमाज र रोजा छोड्नुका कारण हुन्छ; जसले धेरै उपासना गर्छ, उसको ईमान र धर्म बढ्छ र जसले कम उपासना गर्छ, उसको धर्ममा कमी आउँछ। धर्मको कमी कहिलेकाहीं पापजन्य पनि हुन सक्छ, जस्तो कि जब कुनै व्यक्तिले बिना कुनै उचित कारण अनिवार्य उपासनाहरू जस्तै नमाज, रोजा, वा अन्य कुनै अनिवार्य इबादतहरू छोड्छ। कहिलेकाहीं पापमुक्त पनि हुन सक्छ, जस्तो कि जब कुनै व्यक्तिले बिना कुनै औचित्य जुम्मा नमाज, जिहाद वा अन्य कुनै कार्य छोड्छ, जुन उसमाथि अनिवार्य हुदैन र कहिलेकाहीं आवश्यक हुन सक्छ, जस्तै महिनावारीको समयमा महिलाहरूले नमाज र रोजा छोड्नु। यसमा उनीहरू पापी हुँदैनन्।

श्रोतहरू

सही बुखारी (1/ 68) (304).

सही मुस्लिम (2/ 605) (889).

थप (16)

إرشاد الساري لشرح صحيح البخاري.

لأحمد القسطلاني (1/ 346).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

لعلي القاري (1/ 92).

مرعاة المفاتيح شرح مشكاة المصابيح.

لعبيد الله المباركفوري (1/ 80).

فتح الباري شرح صحيح البخاري.

لابن رجب (2/ 39).

المنهاج شرح صحيح مسلم.

للنووي (2/ 65).

شرح صحيح البخاري.

لابن بطال (1/ 418).

توضيح الأحكام مِن بلوغ المرام.

لعبد الله البسام (3/ 405).

منار القاري.

لحمزة قاسم (1/ 329).