Skip to content

"दुई शब्दहरू यस्ता छन्, जुन जिब्रोमा हलुका, तराजुमा भारी र रहमान (परम दयालु) लाई धेरै प्रिय छन्

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"दुई शब्दहरू यस्ता छन्, जुन जिब्रोमा हलुका, तराजुमा भारी र रहमान (परम दयालु) लाई धेरै प्रिय छन् ।" ती हुन्: " सुब्हानल्लाहि व बिहमदिही सुब्हानल्लाहिल अजीम ।"

«كَلِمَتَانِ خَفِيفَتَانِ عَلَى اللِّسَانِ، ثَقِيلَتَانِ فِي الْمِيزَانِ، حَبِيبَتَانِ إِلَى الرَّحْمَنِ: سُبْحَانَ اللهِ الْعَظِيمِ، سُبْحَانَ اللهِ وَبِحَمْدِهِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुईवटा वाक्यहरूको बारेमा भन्नुभएको छ, जुन व्यक्तिले कुनै पनि परिस्थितिमा सजिलै उच्चारण गर्न सक्छ, तर त्यो तराजूमा धेरै भारी हुनेछ र हाम्रो दयालु पालनकर्ताले ती दुवैलाई मन पराउनुहुन्छ, ती हुन् : ‘सुब्हानल्लाहि व बिहमदिही सुब्हानल्लाहिल अजीम’ (अल्लाहको महिमा होस् र उहाँको प्रशंसा होस्, महान अल्लाहको महिमा होस्); किनभने यी दुई वाक्यहरूमा अल्लाहको महानता र उहाँको पूर्णताको वर्णन गरिएको छ र उहाँलाई सबै कमजोरीहरूबाट पवित्र घोषित गरिएको छ ।

शब्दको अर्थ

.....:

हदीसका केही फाइदाहरू

सबैभन्दा ठूलो जिक्र त्यो हो जसमा अल्लाहको शुद्धता, महिमा र उहाँको प्रशंसा दुवै समावेश हुन्छ ।

अल्लाह आफ्ना सेवकहरूप्रति धेरै दयालु हुनुहुन्छ, उहाँले साना कामहरूमा पनि ठूलो इनाम दिनुहुन्छ ।

श्रोतहरू

सही बुखारी (8/ 86) (6406).

सही मुस्लिम (4/ 2072) (2694).

थप (4)

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 480).

فتح ذي الجلال والإكرام بشرح بلوغ المرام.

لابن عثيمين (6/ 519).