Skip to content

यदि कुनै मुस्लिम महिलालाई उनको हजको दिनहरूमा महिनावारी हुन्छ भने, उनको हज वैध हुन्छ कि हुँदैन?

السؤال

प्रश्न १:

यदि कुनै मुस्लिम महिलालाई उनको हजको दिनहरूमा महिनावारी हुन्छ भने, उनको हज वैध हुन्छ कि हुँदैन?

س50: ما حكم المرأة المسلمة التي حاضت في أيام حجّها، أيجزئها ذلك الحج؟

الجواب

उत्तर १:

यो प्रश्नको जवाफ तबसम्म दिन सकिँदैन जबसम्म यो थाहा हुँदैन कि उनलाई कहिले महिनावारी भयो, किनभने, हजका केही कार्यहरूमा महिनावारीले बाधा पुर्‍याउँदैन, तर केही कार्यहरूमा बाधा पुर्‍याउँछ, तवाफ (काबाको परिक्रमा) को लागि उनी शुद्ध हुनैपर्छ, तर अन्य हजका कार्यहरू महिनावारीको अवस्थामा पनि गर्न सकिन्छ।

ﺟ50: هذا لا يمكن الإجابة عنه حتى يعرف متى حاضت؟ وذلك لأن بعض أفعال الحجّ لا يمنع الحيض منه، وبعضها يمنع منه، فالطواف لا يمكن أن تطوفه إلا وهي طاهرٌ، وما سواه من المناسك يمكن فعله مع الحيض.