Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

76 of 683 cards

Clear filters
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको हात समातेर भन्नुभयो: "हे मुआद! अल्लाहको कसम, म तिमीलाई माया गर्छु।" उहाँले अगाडि भन्नुभयो: "हे मुआद! म तिमीलाई हरेक नमाजपछि यो दुआ पढ्न नछोड्न सल्लाह दिन्छु: "अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक।" हे अल्लाह, मलाई तपाईंको जिक्र (स्तुति) गर्न, तपाईंको कृतज्ञता व्यक्त गर्न र उत्तम तरिकाले तपाईंको उपासना गर्न मद्दत गर्नुहोस्।
सही अबू दाऊद, निसाई र अहमदले वर्णन गरेका छन्
"सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।"
हसन अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
“यदि कुनै समूह कुनै यस्तो सभा (बैठक) मा बस्दछ, जहाँ उनीहरूले न त अल्लाहको स्मरण (जिक्र) गर्दछन् र न त आफ्ना नबीमाथि दुरूद (आशिष) नै पठाउँदछन् भने—त्यो सभा उनीहरूका लागि पछुतो र घाटाको कारण बन्नेछ। तत्पश्चात्, यदि अल्लाहले चाहनुभयो भने उनीहरूलाई सजाय दिनुहुनेछ र यदि चाहनुभयो भने उनीहरूलाई क्षमा गरिदिनुहुनेछ।”
सही अबू दाऊद र तिर्मिजीले वर्णन गरेका छन् र निसाईले सुननुल् कुब्रामा वर्णन गरेका छन्
"जसले कुनै समुदाय को नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।"
हसन अबू दाउद र अहमदले वर्णन गरेका छन्
“तिमीहरू आफ्ना घरहरूलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) स्थल नबनाऊ । मेरो लागि प्रार्थना (दरूद र सलाम) गर। तिमीहरू जहाँ भए पनि तिमीहरूको प्रार्थना (दरूद र सलाम) म सम्म पुग्नेछ ।”
हसन अबू दाऊदले वर्णन गरेका छन्
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) संग नमाज पढें। उहाँले आफ्नो दाहिने तर्फ "अस्-सलामु अलैकुम व रहमतुल्लाही व बरकातुह" भनेर सलाम फेर्नुहुन्थ्यो र देब्रेतर्फ "अस्-सलामु अलैकुम व रहमतुल्लाही व बरकातुह" भनेर सलाम फेर्नुहुन्थ्यो।
हसन अबू दाऊदले वर्णन गरेका छन्
"जसको दुई पत्नीहरू छन् र उनी ती मध्ये एकतर्फ झुकाव राख्छ, त्यो कियामतको दिन उसको एउटा पाटो बाङ्गो भएर आउनेछ।"
सही अबू दाऊद, तिर्मिजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"मुस्लिमको 'इजार' (तल्लो वस्त्र) पिँडुलाको बीचभागसम्म हुनुपर्छ, र पिँडुलाको बीचदेखि गोलीगाँठो (कुर्कुच्चाको माथिल्लो भाग) सम्म हुनुमा कुनै हर्ज वा पाप छैन। तर गोलीगाँठोभन्दा तल झुन्डिने वस्त्रको भाग नर्कको आगोमा पर्नेछ। र जसले अहङ्कारवश आफ्नो 'इजार' (जमिनमा) घिसार्छ, अल्लाहले (कयामतको दिन) उसतर्फ (करुणाको दृष्टिले) हेर्नुहुने छैन।"
सही अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्