Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

31 of 683 cards

Clear filters
"मैले सोधेँ, "हे अल्लाहका रसूल (सल्लल्लाहो अलैहे वसल्लम्)! मेरो सुव्यवहारको पहिलो हकदार को हो?" उहाँले भन्नुभयो, "तिम्री आमा, त्यसपछि तिम्री आमा, फेरि तिम्री आमा, त्यसपछि तिम्रा बुबा, र त्यसपछि प्राथमिकतानुसार अरू नजिकका नातेदारहरू।"
हसन अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"कयामतको दिनमा (कर्म जोख्ने बखत) तराजुमा असल व्यवहार भन्दा गरुङ्गो (भारी) कुनै पनि चीज हुनेछैन। निश्चय नै, अल्लाह अश्लील र अभद्र व्यक्तिसँग घृणा गर्नुहुन्छ।"
सही अबू दाउद र तिर्मीजीले वर्णन गरेका छन्
"कुनै पनि दुई मुसलमानहरू आपसमा भेट्दा हात मिलाउँछन् भने, उनीहरू एकअर्काबाट छुट्टिनु अघि नै उनीहरूका पापहरू क्षमा गरिन्छन्।"
सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"उहाँ न निर्लज्ज थिए न निर्लज्जता नै गर्नुहुन्थ्यो, र न उहाँ बजारहरूमा चिच्याउनुहुन्थ्यो न हल्ला गर्नुहुन्थ्यो; र उहाँ खराबीको बदला खराबीले दिनुहुन्नथ्यो, बरु क्षमा गरी माफ गरिदिनुहुन्थ्यो।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"अल्लाहले त्यो मानिसलाई खुसी र समृद्ध राखून्, जसले मबाट कुनै कुरा सुन्यो र त्यसलाई जसरी सुनेको थियो, त्यसरी नै अरूलाई सुनायो; किनकि कहिलेकाहीँ जसलाई कुरा पुर्‍याइन्छ, उनीहरू सुन्ने व्यक्तिभन्दा बढी बुझ्ने र याद राख्ने खालका हुन्छन्।"
सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी जीविका दिनुहुनेछ जसरी चरालाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"अल्लाहसँग डराउनु, जो तिमीहरूको पालनकर्ता हुन्, दिनको पाँच पटक नमाज पढ्नु, रमजान महिनाको रोजा राख्नु, आफ्नो धनसम्पत्तिमा अनिवार्य हुने जकात दिनु र आफ्नो हाकिमको आज्ञापालन गर्नु, यसो गरेमा, तिमी आफ्नो परमेश्‍वर को स्वर्गमा प्रवेश गर्नेछौ ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"अल्लाहले प्रलयको दिन मेरो उम्मत (समुदाय) बाट एक जनालाई सबै मानिसहरूको अगाडि ल्याउनुहुनेछ र उसको अगाडि उसैको उनान्सय वटा कर्मपत्रहरू फैलाइनेछन् । प्रत्येक कर्मपत्र आँखाले हेर्न भ्याएसम्म लामो हुनेछ । तब अल्लाहले सोध्नुहुनेछ: के तिमी यी मध्ये कुनै कर्मपत्रलाई अस्वीकार गर्छौ? के कर्म लेख्न तैनाथ गरिएका फरिशताहरूले तिमीमाथि अन्याय गरेका छन्? उसले भन्नेछ: होइन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: के तिमीसँग कुनै बहाना छ? उसले भन्नेछ: छैन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: तर हामीसँग तिम्रो एउटा सत्कर्म छ, आज तिमीमाथि अन्याय हुनेछैन । त्यसपछि एउटा कार्ड निकालिनेछ जसमा "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्" लेखिएको हुनेछ। अल्लाहले भन्नुहुन्छ : जाऊ, आफ्नो कर्म तौलिने ठाउँमा उपस्थित होउ । उसले भन्नेछ: हे मेराे प्रभु! यी अभिलेखहरूको अगाडि यो कार्डको के महत्व ? अल्लाह भन्नुहुनेछ: तिमीमाथि अन्याय गरिने छैन । त्यसपछि ती सबै अभिलेखहरू तराजुको एक पात्रमा र त्यो कार्ड अर्को पात्रमा राखिनेछ ।र ती सबै अभिलेखहरूको पात्र हल्का हुनेछन् र त्यो कार्डको पात्र गह्रुङ्गो हुनेछ । हो, अल्लाहको नाम भन्दा धेरै वजनदार अरु केही हुनै सक्दैन ।"
सही तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्