Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

153 of 683 cards

Clear filters
"आस्थावानहरूको आपसी प्रेम र एकअर्काप्रतिको करुणाको उदाहरण एउटा शरीर जस्तै हो, जसको कुनै अंग दुख्दा पूरै शरीरले पीडा महसुस गर्छ, निन्द्रासमेत उड्छ र पूरै शरीरलाई ज्वरो आउँछ ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيأحكام الولاء والبراء، المجتمع المسلم، الأخلاق الحميدة، الإسلامموضوعات الحديثالرحمة، موالاة المؤمنين، المحبةمحاور التعريف بالإسلاممحاسن الأخلاق
मैले अम्र बिन अबू हसनलाई अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) सगँ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को वुजू गर्ने तरिका बारे सोधिरहेको देखें ।अब्दुल्लाह बिन जैदले पानीको एउटा भाँडो ल्याउन आदेश दिए र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए । उनले आफ्नो दुवै हातमा भाँडोको पानी खन्याए र तीन पटक हात धोए । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक मुख कुल्ला गरे, नाकमा पानी हाले र नाक सफा गरे । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक अनुहार धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर दुई पटक कुहिनो समेत दुवै हात धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर आफ्नो टाउकोको एक पटक मसह गरे (पानीले भिजेकोहात ले टाउको पुछ्नु, घस्नु) । टाउको मसह गर्दा पहिले दुवै हात टाउकोको अगाडिको भागबाट पछाडिको भागसम्म लगे र त्यसपछि पछाडिबाट अगाडि ल्याए । त्यसपछि उनले आफ्नो दुवै खुट्टा गोलीगाँठो सहित धोए ।
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيصفة الوضوءموضوعات الحديثأحكام الوضوء
"वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा कठिन नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए । मैले (एक पटक) संकल्प गरेको थिएँ कि एक जना लाई अजान दिन र अर्को एकजनालाई नमाज पढाउन आदेश दिउँ र आफैं दाउरा बोकेका केही केटाहरू साथमा लिएर नमाजका लागि (मस्जिद) नआएका मानिसहरूको घरमा आगो लगाउन हुकुम दिउँ।”
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيوجوب الصلاة وفضلها وحكم تاركها، فضل صلاة الجماعة وأحكامها، النفاقموضوعات الحديثصلاة الجماعة
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई एउटा काममा पठाउनुभयो । (यात्राको क्रममा) म जुन्बी (विर्य निस्कने कारणले हुने अपवित्रता) भएँ र (नुहाउनको लागि) पानी पाइनँ , त्यसैले म माटोमा जनावरले लडीबुडी गरे झैं लोटपोट गरें । त्यसपछि म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भएँ र उहाँलाई उक्त घटनाबारे भनें , उहाँले भन्नुभयो: "तिम्रो लागि आफ्नो हातले यसरी गर्न पर्याप्त थियो ।" त्यसपछि उहाँले आफ्नो दुवै हात भुइँमा एक पटक हान्नुभयो र आफ्नो दाहिने हातले देब्रे हात, हत्केलाको पछाडि र अनुहारमा मसह (पुछ्नुभयो) गर्नुभयो ।
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيصفة التيممموضوعات الحديثأحكام التيمم
"जब रमजानको अन्तिम १० दिन सुरु हुन्थ्यो, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातभरि जागा बसेर उपासना गर्नुहुन्थ्यो, आफ्ना परिवारका सदस्यहरूलाई पनि ब्युँझाउनुहुन्थ्यो र कम्मर कसेर पूर्ण लगनशीलताका साथ उपासना गर्नुहुन्थ्यो।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالعشر الأواخر من رمضان
म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । त्यसैगरी म महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले बाँध्थेँ र त्यसपछि उहाँ मसँग मुबाशरत (सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू) गर्नुहुन्थ्यो । त्यसैगरी उहाँ इतिकाफ (मस्जिदमा इबादतको लागि एकान्त बास बस्नु) मा हुँदा आफ्नो शिर मतिर (मस्जिदबाट) बाहिर निकाल्नुहुन्थ्यो र म महिनावारी हुँदा पनि उहाँको शिर धुने गर्थे ।
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالحيض والنفاس والاستحاضة، أحكام الغسل، الاعتكاف، العشرة بين الزوجينموضوعات الحديثالاعتكاف، أحكام الغسل، أحكام الحيض والنفاس
"अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सातवटा कुराको आदेश दिनुभयो र सातवटा कुराबाट मनाही गर्नुभयो। उहाँले हामीलाई बिरामीको हालखबर सोध्न, जनाजामा सहभागी हुन, हाच्छ्यूँ गर्ने व्यक्तिको जवाफ दिन, कसम पूरा गर्न, अन्यायमा परेको व्यक्तिको मद्दत गर्न, निमन्त्रणा गर्ने व्यक्तिको निमन्त्रणा स्वीकार गर्न र सलाम फैलाउन आदेश दिनुभयो। र उहाँले हामीलाई सुनको औँठी लगाउन, चाँदीका भाँडामा पिउन, मयासिर (रेशमी गद्दा) प्रयोग गर्न, कस्सी (रेशम मिश्रित कपडा) लगाउन तथा रेशम, इस्तबरक (बाक्लो रेशम) र दीबाज (मुलायम रेशम) लगाउनबाट मनाही गर्नुभयो।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالآداب الشرعية، حمل الميت ودفنه
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब कुनै बिरामीकहाँ जानुहुन्थ्यो, तब उहाँले उसका लागि यसरी प्रार्थना गर्नुहुन्थ्यो: "अज़्हिबिल्-बअस, रब्बन्-नास, वश्फि अन्तश्-शाफ़ी, ला शिफाअ इल्ला शिफाउक, शिफाअन् ला युगादिरु सकमा।" (अर्थात्: हे मानवजातिका पालनकर्ता! यसको रोग-कष्ट दूर गरिदिनुहोस् र यसलाई स्वास्थ्यलाभ प्रदान गर्नुहोस्। हजुर नै स्वास्थ्यदाता हुनुहुन्छ। हजुरले प्रदान गर्नुभएको उपचारबाहेक अर्को कुनै उपचार छैन। यस्तो पूर्ण आरोग्य प्रदान गर्नुहोस् जसले कुनै पनि रोग नछोडोस्।)"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالرقية الشرعية وأحكامها، آداب عيادة المريض