Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

10 of 683 cards

Clear filters
"यदि मलाई मेरो उम्मत कठिनाइमा पर्ने डर नभएको भए, म तिनीहरूलाई प्रत्येक नमाजको समयमा मिस्वाक (दाँत सफा) गर्न आदेश दिने थिएँ।"
सही मुत्तफकुन अलैहि
”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”
सही अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मृत्युको समय नजिकिँदै गर्दा उहाँको मुख्य उपदेश यो थियो: 'नमाज र तिमीहरूको मातहतमा रहेकाहरू (दास-दासीहरू) को अधिकारको ख्याल राख्नू; नमाज र तिमीहरूको मातहतमा रहेकाहरूको अधिकारको ख्याल राख्नू।' यहाँसम्म कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को छातीमा (श्वासप्रश्वासका कारण) त्यो आवाज घर्घर भइरहेको थियो र उहाँको मुखले स्पष्ट रूपमा ती शब्दहरू उच्चारण गर्न सकिरहेको थिएन।"
सही رواه النسائي في السنن الكبرى وابن ماجه
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) का केही सहाबाहरूले उहाँका श्रीमतीहरूसँग उहाँको गोप्य (एकान्तको) उपासनाको बारेमा सोधे। (उत्तर सुनेर) उनीहरूमध्ये एकजनाले भने: 'म विवाह नै गर्दिन।' अर्काले भने: 'म मासु खान छोडिदिन्छु।' र अर्को एकजनाले भने: 'म कहिल्यै ओछ्यानमा सुत्दिन।' (जब यो कुरा नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई थाहा भयो), उहाँले अल्लाहको प्रशंसा गर्नुभयो र भन्नुभयो: 'ती मानिसहरूलाई के भएको हो, जसले यस्तो र त्यस्तो कुरा गर्न थालेका छन्? म त राति नमाज पनि पढ्छु र सुत्छु पनि; म उपवास पनि बस्छु र कहिलेकाहीँ बस्दिन पनि; र म महिलाहरूसँग विवाह पनि गर्छु। तसर्थ, जो मेरो सुन्नत (तरिका) बाट विमुख हुन्छ, ऊ मबाट (मेरो अनुयायी) होइन।'"
सही मुत्तफकुन अलैहि
४० वर्षको उमेरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम)माथि कुर्आन अवतरण गरिएको थियो । त्यसपछि उहाँ १३ वर्ष मक्कामा बस्नु भयो अनि उहाँलाई हिजरत (बसाइँ सर्ने) गर्ने आदेश भयो र उहाँ मदीना "हिजरत" गरेर जानु भयो र त्यहाँ १०वर्ष बस्नु भयो र त्यस पछि उहाँको देहान्त भयो ।
सही मुत्तफकुन अलैहि
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि वह्य (ईश्वरीय सन्देश) को सुरुआत निद्रामा देखिने साँचो सपनाहरूबाट भयो। उहाँले जस्तो सपना देख्नुहुन्थ्यो, त्यो बिहानीको उज्यालोझैँ स्पष्ट रूपमा पूरा हुने गर्थ्यो। त्यसपछि उहाँलाई एकान्त प्रिय लाग्न थाल्यो र उहाँ 'हिरा' नामक गुफामा एकान्तवास बस्न थाल्नुभयो। उहाँ आफ्नो परिवारकहाँ फर्कनुअघि कैयौँ रातसम्म त्यहाँ उपासना गर्नुहुन्थ्यो र त्यसका लागि सामल (रासन) लिएर जानुहुन्थ्यो। सामल सकिएपछि उहाँ खदिजा (रजिअल्लाहु अन्हा) कहाँ फर्कनुहुन्थ्यो र त्यति नै दिनका लागि फेरि सामल लिएर हिरा गुफातर्फ जानुहुन्थ्यो। यसै क्रममा उहाँ 'हिरा' गुफामै हुँदा उहाँसमक्ष 'सत्य' (वह्य) प्रकट भयो र एक फरिश्ताले आएर उहाँलाई भने: "पढ्नुहोस्।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "म पढ्न जान्दिनँ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "त्यसपछि ती फरिश्ताले मलाई समाते र यति जोडले अङ्गालो हाले कि मलाई गाह्रो महसुस हुन थाल्यो; त्यसपछि उनले मलाई छाडिदिए र भने: पढ्नुहोस्। मैले भनेँ: म पढ्न जान्दिनँ। उनले फेरि मलाई दोस्रो पटक समातेर यति जोडले अङ्गालो हाले कि मलाई गाह्रो महसुस हुन थाल्यो; त्यसपछि मलाई छाडिदिए र भने: पढ्नुहोस्। मैले भनेँ: म पढ्न जान्दिनँ। तब उनले मलाई तेस्रो पटक समातेर जोडले अङ्गालो हाले, अनि मलाई छाडिदिए र भने: {पढ्नुहोस्! आफ्ना पालनकर्ताको नामबाट, जसले सृष्टि गर्नुभयो। उहाँले मानिसलाई जमेको रगतको ढिक्काबाट सृष्टि गर्नुभयो। पढ्नुहोस्! र तपाईंका पालनकर्ता अत्यन्तै कृपालु हुनुहुन्छ।} [अल-अलक: १-३]" यसपश्चात् रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ती आयातहरू मनमा बोकेर फर्कनुभयो र उहाँको हृदय काँपिरहेको थियो। उहाँ आफ्नी पत्नी खदिजा बिन्त खुवैलिद (रजिअल्लाहु अन्हा) कहाँ आउनुभयो र भन्नुभयो: "मलाई कपडा ओढाइदेऊ! मलाई कपडा ओढाइदेऊ!" खदिजाले उहाँलाई ओढाइदिनुभयो, यहाँसम्म कि उहाँको डर कम भयो। उहाँले खदिजा (रजिअल्लाहु अन्हा) लाई सम्पूर्ण घटना सुनाउँदै भन्नुभयो: "मलाई आफ्नो ज्यानको डर लाग्यो।" खदिजा (रजिअल्लाहु अन्हा) ले भन्नुभयो: "कदापि होइन! अल्लाहको कसम, अल्लाहले तपाईँलाई कहिल्यै अपमानित गर्नुहुने छैन। निश्चय नै तपाईँ नाता-सम्बन्ध जोड्नुहुन्छ, असहायहरूको भार उठाउनुहुन्छ, विपन्नहरूका लागि आर्जन गरिदिनुहुन्छ, पाहुनाको सत्कार गर्नुहुन्छ र सत्यका कारण आइपर्ने विपत्तिहरूमा मानिसहरूलाई सहयोग गर्नुहुन्छ।" त्यसपछि खदिजाले उहाँलाई आफ्ना काकाका छोरा वर्का इब्न नौफल इब्न असद इब्न अब्दुल उज्जाकहाँ लिएर जानुभयो। वर्का अज्ञानताको युग (जाहिलिया) मा इसाई भएका थिए। उनी हिब्रू (इब्रानी) भाषा लेख्न जान्दथे र इन्जिललाई हिब्रू भाषामा लेख्ने गर्दथे। उनी वृद्ध भइसकेका थिए र आँखाको ज्योति पनि गुमाइसकेका थिए। खदिजाले उनलाई भन्नुभयो: "हे मेरा दाजु! आफ्ना भतिजाको कुरा सुन्नुहोस्।" वर्काले उहाँलाई सोधे: "हे भतिजा! तपाईँले के देख्नुभयो?" तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफूले देख्नुभएको र घटेको सबै कुरा बताउनुभयो। वर्काले भने: "यो त्यही 'नामूस' (रहस्य बोक्ने फरिश्ता) हुन्, जसलाई अल्लाहले 'मूसा' (मोसेस) माथि अवतरित गर्नुभएको थियो। कति राम्रो हुन्थ्यो, म त्यस समयमा बलियो र युवा भएको भए! मलाई कति रहर छ कि, म (तपाईँको सहायता गर्न) त्यस समयसम्म जीवित रहन पाएको भए जब तपाईँको आफ्नै समुदायले तपाईँलाई यहाँबाट निष्कासित गर्नेछ!" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सोध्नुभयो: "के उनीहरूले मलाई साँच्चै निष्कासित गर्नेछन्?" उनले जवाफ दिए: "हो, तपाईँले जस्तो सन्देश लिएर कोही पनि आएको छैन जसलाई शत्रुताको सामना गर्नु नपरेको होस्। यदि मैले त्यो समय पाएँ भने म तपाईँको पूर्ण र शक्तिशाली सहयोग गर्नेछु।" यस भेटघाटको केही समयपछि नै वर्काको मृत्यु भयो र केही अवधिका लागि वह्य आउने क्रम पनि रोकियो।"
सही मुत्तफकुन अलैहि
हे उम्मूल-मुमिनीन (इमानवालाहरू कि आमा)! मलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अख्लाक (नैतिकता) को बारेमा बताउनुहोस् । यो सुनेर उहाँले भन्नुभयो: के तिमी कुर्आन पढ्दैनौ? मैले जवाफ दिएँ: म अवश्य पढ्छु । उहाँले भन्नुभयो: उहाँको अख्लाक (नैतिकता) नै कुर्आन थियो ।
सही मुस्लिमले एक लामो हदीसमा वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जुत्ता लगाउँदा, कपाल कोर्दा, वुजू गर्दा लगायत आफ्ना सबै कार्यहरूमा दायाँबाट आरम्भ गर्न मन पराउनुहुन्थ्यो।
सही मुत्तफकुन अलैहि