Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

5 of 683 cards

Clear filters
"सहमतिबाट कसैलाई खलीफा (हाकिम) को रूपमा मानेपछि यदि कोही तिम्रो एकतालाई विभाजित गर्न वा तिम्रो समुदायमा असन्तुष्टि सृजना गर्न आउँछ भने उसको हत्या गरिदेऊ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"निश्चय नै चाँडै फित्नाहरू आउनेछन्। सावधान! त्यसपछि यस्तो फित्ना हुनेछ, जसमा बस्ने व्यक्ति हिँड्ने व्यक्तिभन्दा उत्तम हुनेछ, र हिँड्ने व्यक्ति त्यसतर्फ दौडने व्यक्तिभन्दा उत्तम हुनेछ। सुन्नुहोस्! जब त्यो फित्ना आउनेछ वा घटनेछ, तब जसको ऊँट छ ऊ आफ्नो ऊँटसँगै लागोस्, जसका बाख्राहरू छन् ऊ आफ्ना बाख्राहरूसँगै लागोस्, र जसको जमिन छ ऊ आफ्नो जमिनमै लागोस्।" एक व्यक्तिले सोधे: "हे अल्लाहका रसूल! जसको ऊँट, बाख्रा र जमिन केही पनि छैन भने उसले के गर्ने?" उहाँले भन्नुभयो: "उसले आफ्नो तरवार समातोस् र ढुङ्गाले हानेर त्यसको धारलाई भुत्ते बनाओस्, त्यसपछि यदि ऊ बाँच्न सक्छ भने बाँचोस्। हे अल्लाह! के मैले सन्देश पुऱ्याएँ? हे अल्लाह! के मैले सन्देश पुऱ्याएँ? हे अल्लाह! के मैले सन्देश पुऱ्याएँ?" त्यसपछि अर्का एक व्यक्तिले सोध्यो: "हे अल्लाहका रसूल! यदि मलाई बाध्य पारेर दुई सेनामध्ये वा दुई समूहमध्ये कुनै एकमा लगियो, अनि कसैले मलाई तरवारले प्रहार गर्‍यो वा कुनै काँड आएर मलाई लाग्यो र म मारिएँ भने के हुन्छ?" उहाँले भन्नुभयो: "त्यो मार्ने व्यक्तिले आफ्नो पाप र तिम्रो पाप (दुवैको भार) बोक्नेछ र ऊ नर्कबासीहरूमध्ये हुनेछ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"भविष्यमा त्यस्ता शासकहरू आउनेछन्, जसका केही कार्यहरू तिमीहरूलाई राम्रा लाग्नेछन् र केही नराम्रा। यस्तो अवस्थामा जसले तिनीहरूका (नराम्रा कार्यहरूलाई) नराम्रो मान्नेछ, उ पापबाट मुक्त हुनेछ। र जसले तिनीहरूका नराम्रा कामहरूलाई नराम्रो भनेर इन्कार गर्नेछ, ऊ सुरक्षित रहनेछ। तर जो (तिनीहरूका नराम्रा कामहरूबाट) सन्तुष्ट रहनेछ र तिनीहरूको अनुसरण गर्नेछ, (ऊ दोषी ठहरिनेछ)।" साथीहरूले सोधे, "के हामी उनीहरूसँग युद्ध गरौं?" उहाँले भने, "होइन, जबसम्म उनीहरू नमाज पढिरहन्छन् (तबसम्म युद्ध नगर्नु) ।"
सही मुस्लिमले वर्णन गरेका छन्
हामीले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)सँग यो शर्तमा शपथ लिएका थियौं (प्रतिबद्धता) गरेका थियौं की हामी हरेक अवस्थामा—कठिनाईमा होस् या सहजतामा, खुशीमा होस् या दुःखमा—उहाँको हुकुमलाई सुनौं र मानौं, चाहेvहाम्रै विरुद्ध भए तापनि हामी अधिकारका वास्तविक हकदारसँग झगडा गर्नेछैनौ । हामी जहाँ भए पनि सत्यको कुरा गर्नेछौं, र अल्लाहको मार्गमा कुनै दोषारोपण गर्नेहरूको डर राख्ने छैनौं।
सही मुत्तफकुन अलैहि
"जसले मुस्लिम हाकिमको आज्ञा मान्न इन्कार गर्छ र मुस्लिमहरुको जमात छोड्छ अनि त्यही अवस्थामा मर्छ भने त्यो जाहिलियतको मृत्यु मरेको हो । जसले उद्देश्य स्पष्ट नभएको झण्डामुनि (इशारामा) लड्छ, आफ्नो दलको लागि क्रोधित हुन्छ, आफ्नो दलको लागि आह्वान गर्छ वा समर्थन गर्छ र त्यही अवस्थामा मर्छ भने यो जाहिलियतको मृत्यु हो । जसले मेरो उम्मत (अनुयायी) विरुद्ध आक्रमण गर्छ, असल र खराब कसैले विभेद नगरी मार्छ, न मोमिनलाई त्याग्छ, सम्झौता गरेपछि त्यसको सम्मान गर्दैन भने, ऊ मबाट होइन र म ऊबाट होइन ।"
सही मुस्लिमले वर्णन गरेका छन्