Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

44 of 683 cards

Clear filters
एक जना मानिसले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोध्यो: "हे अल्लाहका रसूल! हामी समुद्रमा यात्रा गर्छौं र हामीसँग थोरै पानी हुन्छ। यदि हामीले पानीले वुजु गर्यौं भने पिउने पानी रहँदैन । के समुद्रको पानीले वुजू गर्न मिल्छ ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "समुद्रको पानी शुद्ध छ र त्यसको मृत वैध छ।"
सही अबू दाऊद, तिर्मिजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जनाबत (सम्भोगको कारणले हुने अशुद्धि) ले गर्दा स्नान गर्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात धुनुहुन्थ्यो र नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो, त्यसपछि स्नान गर्नुहुन्थ्यो । त्यसपछि पानी हालेर हातले कपाललाई राम्रोसँग मलेर जरासम्म पानी पुर्याउनु हुन्थ्यो र छाला भिजिसकेको पत्यार हुनसाथ आफुमाथि तीन पटक पानी खन्याएर पुरै शरीरलाई धुनुहुन्थ्यो । उहाँका श्रीमती आइशा (रजियल्लाहु अन्हा) ले भन्नु हुन्छ: म र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट पानी लिन्थ्यौं र सँगै नुहाउने गर्दथ्यौं ।
सही बुखारीले वर्णन गरेका छन्
म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिएँ। उहाँ एक समुदायको फोहोरको थुप्रो नजिक पुग्नुभयो र उभिएर पिसाब गर्नुभयो। म केही टाढा सरेको थिएँ, उहाँले भन्नुभयोः “नजिक आऊ।” म नजिक गएँ र उहाँको कुर्कुच्चा (खुट्टाको पछाडि) को ठ्याक्कै पछाडि उभिएँ। त्यसपछि उहाँले वुजू गर्नुभयो र खुफ्फैन (मोजा) माथि मसह गर्नुभयो।”
सही मुत्तफकुन अलैहि
"जसले राम्ररी वुजू गर्छ र त्यसपछि एकाग्रचित्त भएर दुई रकात नमाज पढ्छ, उसका लागि स्वर्ग अनिवार्य हुन्छ। " उनी भन्छन्, मैले भनेँ: "यो कति राम्रो कुरा हो!" यो सुनेर एक व्यक्तिले मलाई भन्नुभयो: "यसभन्दा अघि भनिएका कुराहरू योभन्दा अझ उत्तम थिए।" मैले हेर्दा उहाँ उमर (रजियल्लाहु अन्हु) हुनुहुन्थ्यो। उहाँले भन्नुभयो: "मैले तिमीलाई भर्खरै आएको देखेको थिएँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'तिमीहरू मध्ये जसले पूर्ण रूपमा वुजू गर्छ र त्यसपछि "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अन्न मुहम्मदन् अब्दुल्लाहि व रसूलुह्" भन्छ, उसका लागि स्वर्गका आठै ढोकाहरू खोलिनेछन् र उसले चाहेको ढोकाबाट प्रवेश गर्न सक्नेछ।'"
सही मुस्लिमले वर्णन गरेका छन्