"अल्लाहुम्म इन्नी अस्अलुकल्-हुदा वत्तुका, वल्-अफाफ वल्-गिना" अर्थ: हे अल्लाह! म तपाईंसँग मार्गदर्शन, धर्मपरायणता, पवित्रता र समृद्धिको याचना गर्दछु।
अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि व सल्लम) बाट वर्णन गरेका छन् कि उहाँले भन्नुहुन्थ्यो:
"अल्लाहुम्म इन्नी अस्अलुकल्-हुदा वत्तुका, वल्-अफाफ वल्-गिना" (अर्थ: हे अल्लाह! म तपाईंसँग मार्गदर्शन, धर्मपरायणता, पवित्रता र समृद्धिको लागि प्रार्थना गर्दछु)।
«اللهُمَّ إِنِّي أَسْأَلُكَ الْهُدَى وَالتُّقَى، وَالْعَفَافَ وَالْغِنَى».
नबी (सल्लल्लाहु अलैहि व सल्लम) का प्रार्थना (दुआ) हरूमध्ये एक यो पनि थियो: "हे अल्लाह! म तपाईंसँग 'हिदायत' (सत्यमार्गदर्शन) को प्रार्थना गर्दछु" (अर्थात्, सत्यलाई चिन्नु र दृढतापूर्वक त्यही मार्गमा अगाडि बढ्नु ), "र म तपाईंसँग 'तक्वा' (संयमता एवं सदाचारिता) को प्रार्थना गर्दछु" (अर्थात्, अल्लाहका आदेशहरूको पालना गर्नु र उहाँद्वारा निषेधित कुराहरूबाट टाढा रहनु), "अनि म तपाईंसँग 'अफाफ' (पवित्रता र सच्चरित्रता) को याचना गर्दछु" (अर्थात्, सम्पूर्ण अनुचित, अश्लील एवं अशोभनीय वाणी वा व्यवहारबाट आफ्नो चरित्र सुरक्षित राख्नु), "र म तपाईंसँग 'गिना' (सम्पन्नता एवं आत्मनिर्भरता) को कामना गर्दछु" (अर्थात्, सृष्टिका अन्य मानिसहरूको मुखापेक्षी बन्न नपरोस्, र सर्वशक्तिमान् अल्लाहबाहेक कसैको सामु कहिल्यै हात फैलाउनु नपरोस् )।
यसमा सत्य मार्गिक हुन, संयमता, पवित्रता र आत्मनिर्भरता जस्ता गुणहरूको श्रेष्ठताको वर्णन गरिएको छ, साथै यी गुणहरूलाई आत्मसात गर्न प्रोत्साहित गरिएको छ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम)आफ्नो लागि लाभ वा हानिको अधिकार राख्नुहुन्न, र यसको पूर्ण अधिकार केवल सर्वशक्तिमान् अल्लाहसँग मात्र छ।
सृष्टिलाई लाभ वा हानि पुर्याउने र मार्गदर्शन दिने मालिक केवल अल्लाह मात्र हुनुहुन्छ; न त कुनै निकटवर्ती फरिश्ता , न त कुनै पठाइएका नबी, न त अरू कोही नै।
सही मुस्लिम (4/ 2087) (2721).
थप (10)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 146).
تطريز رياض الصالحين.
لفيصل المبارك (ص68).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (2/ 183).
شرح رياض الصالحين.
لابن عثيمين (1/ 528).
نزهة المتقين شرح رياض الصالحين.
مجموعة من الباحثين (1/ 104).