सात जना व्यक्तिहरूलाई अल्लाहले आफ्नो छायाँमुनि स्थान दिनुहुनेछ, त्यस दिन जब उहाँको छायाँबाहेक कुनै पनि छायाँ हुनेछैन।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"सात प्रकारका मानिसहरूलाई अल्लाहले त्यस दिन आफ्नो छाया प्रदान गर्नुहुनेछ, जुन दिन उहाँको छायाबाहेक अरू कुनै छाया हुनेछैन: १. न्यायपूर्ण शासक। २. त्यो युवा जसको जीवन र हुर्काइ अल्लाहको उपासनामा व्यतीत भयो। ३. त्यो व्यक्ति जसको हृदय मस्जिदसँग जोडिएको हुन्छ। ४. ती दुई व्यक्तिहरू जसले अल्लाहकै लागि एकअर्कालाई प्रेम गर्छन्, यसैका लागि भेला हुन्छन् र यसैका लागि छुट्टिन्छन्। ५. त्यो व्यक्ति जसलाई उच्च पद र सौन्दर्य भएकी कुनै महिलाले कुत्सित उद्देश्यका लागि आमन्त्रण गर्छिन्, तर उसले भन्छ: 'म अल्लाहसँग डराउँछु।' ६. त्यो व्यक्ति जसले यसरी गोप्य रूपमा दान गर्छ कि उसको देब्रे हातलाई समेत थाहा हुँदैन कि दाहिने हातले के खर्च गर्यो। ७. त्यो व्यक्ति जसले एकान्तमा अल्लाहको स्मरण (जिक्र) गर्छ, र उसका आँखाहरूबाट आँसु बग्छन्।"
«سَبْعَةٌ يُظِلُّهُمُ اللَّهُ تَعَالَى فِي ظِلِّهِ يَوْمَ لاَ ظِلَّ إِلَّا ظِلُّهُ: إِمَامٌ عَدْلٌ، وَشَابٌّ نَشَأَ فِي عِبَادَةِ اللَّهِ، وَرَجُلٌ قَلْبُهُ مُعَلَّقٌ فِي المَسَاجِدِ، وَرَجُلاَنِ تَحَابَّا فِي اللَّهِ، اجْتَمَعَا عَلَيْهِ وَتَفَرَّقَا عَلَيْهِ، وَرَجُلٌ دَعَتْهُ امْرَأَةٌ ذَاتُ مَنْصِبٍ وَجَمَالٍ فَقَالَ: إِنِّي أَخَافُ اللَّهَ، وَرَجُلٌ تَصَدَّقَ بِصَدَقَةٍ فَأَخْفَاهَا حَتَّى لاَ تَعْلَمَ شِمَالُهُ مَا تُنْفِقُ يَمِينُهُ، وَرَجُلٌ ذَكَرَ اللَّهَ خَالِيًا، فَفَاضَتْ عَيْنَاهُ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सात प्रकारका आस्थावान्हरूलाई शुभ समाचार दिनुभएको छ, जसलाई अल्लाहले आफ्नो अर्श (सिंहासन) को छायामुनि छाया दिनुहुनेछ, जिस दिन उहाँको छायाबाहेक अरू कुनै छाया हुनेछैन: पहिलो: यस्तो शासक, जो स्वयं न्यायप्रिय र सदाचारी होस् तथा आफ्ना प्रजाबीच न्यायपूर्वक शासन गर्ने र उनीहरूमाथि अत्याचार नगर्ने होस्। यसमा सर्वोच्च शासक (राष्ट्रप्रमुख) समावेश हुन्छन्। साथै, मुस्लिमहरूको कुनै पनि मामिलाको जिम्मेवारी वहन गरी त्यसमा न्यायपूर्वक आफ्नो दायित्व निर्वाह गर्ने प्रत्येक व्यक्ति पनि यसै श्रेणीमा पर्दछ। दोस्रो: त्यो युवा जो अल्लाहको उपासनामा हुर्कियो, र आफ्नो जवानी तथा ऊर्जा यसैमा व्यतीत गर्यो, यहाँसम्म कि उसको मृत्यु पनि यही अवस्थामा भयो। तेस्रो: त्यस्तो व्यक्ति जसको हृदय सदैव मस्जिदसँग जोडिएको हुन्छ। जब ऊ मस्जिदबाट बाहिर निस्कन्छ, तब पुनः त्यहाँ नफर्कुञ्जेल उसको मन र ध्यान मस्जिदतर्फ नै आकर्षित रहन्छ। यो मस्जिदप्रतिको उसको गहिरो प्रेम, आत्मीयता र निरन्तर लगावको स्पष्ट प्रमाण हो। त्यसैले, कुनै कारणवश उसको शरीर मस्जिदबाहिर भए पनि हृदय भने निरन्तर मस्जिदसँग नै आबद्ध रहन्छ। चौथोः दुई यस्ता व्यक्तिहरू जसले एकअर्कासँग अल्लाहको प्रसन्नता प्राप्त गर्ने उद्देश्यले साँचो प्रेम गरे र यस धार्मिक प्रेममा कायम रहे तथा कुनै सांसारिक कारणले यसलाई तोडेनन्, चाहे तिनीहरू वास्तवमा एकत्रित भएका होऊन् वा नभएका होऊन् र उनीहरूको धार्मिक प्रेम यसै अवस्थामा रहन्छ यहाँसम्म कि मृत्युले उनीहरूलाई अलग गरिदिन्छ। पाँचौँ: र यस्तो पुरुष, जसलाई कुनै उच्च कुल, प्रतिष्ठा, वंश, हैसियत, धन-सम्पत्ति र सौन्दर्य भएकी स्त्रीले व्यभिचारका लागि आमन्त्रण गरी, तर उसले अस्वीकार गर्दै भन्यो: "म अल्लाहसँग डराउँछु।" छैटौँ: त्यस्तो व्यक्ति, जसले थोरै वा धेरै दान गर्दछ र त्यसमा अलिकति पनि देखावटी गर्दैन; बरु त्यस पुण्य-कार्यलाई यसरी गोप्य राख्दछ कि उसको दाहिने हातले के खर्च गर्यो भन्ने कुरा उसको देब्रे हातलाई समेत थाहा हुँदैन। सातौँ: यस्तो व्यक्ति, जसले मानिसहरू नभएको एकान्त ठाउँमा आफ्नो मनद्वारा वा वचनद्वारा अल्लाहको स्मरण (जिक्र) गर्यो र अल्लाहको डर एवं महिमाको अनुभूतिले उसका आँखाबाट आँसु बगे।
उल्लिखित सात प्रकारका व्यक्तिहरूको श्रेष्ठताको वर्णन छ र उनीहरूको अनुसरण गर्न प्रेरणा दिइएको छ।
हाफिद इब्न हजर (रहमतुल्लाह अलैह) ले "अल्लाहको छायामा" भन्ने भनाइको व्याख्या गर्दै भन्नुभएको छ: "यसको अर्थ 'अल्लाहको अर्श (सिंहासन) को छाया' हो भनिएको छ; र यस कुरालाई सइद बिन मन्सूरद्वारा सलमान (रदियल्लाहु अन्हु) बाट वर्णित एक हसन (विश्वसनीय) शृङ्खला भएको हदीसले पुष्टि गर्दछ, जसमा भनिएको छ: 'सात प्रकारका मानिसहरूलाई अल्लाहले आफ्नो अर्शको छायामा राख्नुहुनेछ ।'"
इब्न हजरले भन्नुभएको छ: न्यायी व्यक्ति (अल-आदिल) को सबैभन्दा उत्कृष्ट व्याख्या यो हो कि, जसले अतिवाद र लापरवाही नगरी, प्रत्येक कुरालाई त्यसको उचित स्थानमा राखेर वा गरेर अल्लाहको आदेशको पालना गर्दछ। यस्तो न्याय कार्यको व्यापक लाभ हुने भएकाले नै यसलाई सबैभन्दा पहिले उल्लेख गरिएको छ।"
एक नमाजपछि अर्को नमाजको प्रतीक्षा गर्नुको महत्वपूर्ण र उत्तम कुरा हो ।
इमाम अल-नववीले भन्नुभएको छः "यस हदीसमा केवल अल्लाहको प्रसन्नताका लागि एकअर्काप्रति प्रेम कायम गर्न प्रोत्साहन गरिएको छ, साथै त्यसको महान् फजिलत (श्रेष्ठता र महिमा) पनि वर्णन गरिएको छ।"
पद र सुन्दरतालाई विशेष रूपले उल्लेख गरिएको छ; किनभने यी दुई कुराहरूमा मानिसहरूको अत्यधिक चाहना र लालसा हुन्छ, र यिनीहरूलाई प्राप्त गर्न कठिन हुन्छ।
दान कार्यमा सबैभन्दा श्रेष्ठ तरिका गुप्त राख्नु र कपटपूर्ण देखावटबाट टाढा रहनु हो। तर, यदि मन कपट र देखावटबाट मुक्त छ र दान कार्यको उद्देश्य अन्य व्यक्तिहरूलाई पनि खर्च गर्न प्रोत्साहित गर्नु, उनीहरूका लागि प्रेरणा बन्नु तथा इस्लामका धार्मिक अनुष्ठान एवं निशानीहरूलाई उजागर गर्नु हो भने जकात र सदका सार्वजनिक रूपमा प्रकट गरेर दिनु पनि जायज छ।
यी सात व्यक्तिहरूले उक्त सुख-सुविधा केवल अल्लाहप्रतिको निष्कपटता (इख्लास) र आफ्ना सांसारिक इच्छाहरूको त्याग गरेर नै प्राप्त गरेका हुन्।
उहाँको भनाइ: "सात व्यक्तिहरू जसलाई अल्लाहले छायाँ प्रदान गर्नुहुनेछ": यसको अर्थ यसै संख्यामा मात्र सीमित छ भन्ने होइन; बरु यस हदीसमा उल्लेख गरिएका वर्गहरू बाहेक अन्य व्यक्तिहरूको बारेमा पनि प्रमाणहरू आएका छन्, जसलाई अल्लाहले आफ्नो अर्श (सिंहासन) को छायाँ प्रदान गर्नुहुनेछ।
हाफिज इब्न हजरले उल्लेख गर्नुहुन्छ: “यस हदीसमा 'पुरुष' शब्दको प्रयोग हुनुको अर्थ यो नियम पुरुषहरूमा मात्र सीमित छ भन्ने कदापि होइन; बरु यसमा उल्लेख गरिएका विशिष्ट सत्कर्महरूमा महिलाहरू पनि पुरुष सरह नै सहभागी हुन्छन्। केवल 'न्यायपूर्ण इमाम' (शासक) को सन्दर्भमा, यदि यसको तात्पर्य देशको सर्वोच्च नेतृत्व (खिलाफत) हो भने मात्र महिलाहरू यस परिधिभन्दा बाहिर रहन्छन्; अन्यथा, एउटी महिलाले आफ्ना सन्तान वा आश्रितहरूको व्यवस्थापनमा न्यायपूर्ण भूमिका निर्वाह गर्दछिन् भने उनी पनि यसमा सामेल हुन्छिन्। जहाँसम्म 'मस्जिदसँग हृदय जोडिएको' विशेषताको प्रश्न छ, यो महिलाको हकमा यसकारण लागू हुँदैन किनभने महिलाका लागि मस्जिदमा भन्दा आफ्नै घरको एकान्तमा नमाज पढ्नु बढी उत्तम र पुण्यदायी मानिएको छ। यसबाहेकका अन्य सम्पूर्ण वर्गहरूमा महिलाहरूको पनि समान सहभागिता रहन्छ। यहाँसम्म कि, 'कुनै उच्च कुलकी रूपवती स्त्रीले कुकर्मका लागि आमन्त्रण गर्दा अल्लाहको भयले अस्वीकार गर्ने पुरुष' को जुन प्रसङ्ग छ—त्यसलाई महिलाको सन्दर्भमा यसरी बुझ्न सकिन्छ कि यदि कुनै शक्तिशाली एवं आकर्षक पुरुषले उनलाई कुकर्मतर्फ आकर्षित गर्न खोज्दछ र उनले आफ्नो मानवीय चाहनाका बाबजुद केवल अल्लाहको भयले त्यसलाई दृढताका साथ अस्वीकार गर्दछिन् भने उनी पनि सोही प्रतिफलको हकदार बन्दछिन्।”
सही बुखारी (2/ 111) (1423).
सही मुस्लिम (2/ 715) (1031).
थप (1)
إرشاد الساري لشرح صحيح البخاري (3/ 24).
Cited in books
9 Booksथप (9)
- الخطب المنبرية موسوعة الخطب المنبرية (القسم الثاني)«سَبْعَةٌ يُظِلُّهُمُ اللَّهُ فِي ظِلِّهِ يَوْمَ لَا ظِلَّ إِلَّا ظِلُّهُ»،
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمالصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«سَبْعَةٌ يُظِلُّهُمُ اللَّهُ تَعَالَى فِي ظِلِّهِ يَوْمَ لاَ ظِلَّ إِلَّا ظِلُّهُ: إِمَامٌ عَدْلٌ، وَشَابٌّ نَشَأَ فِي عِبَادَةِ اللَّهِ، وَرَجُلٌ قَلْبُهُ مُعَلَّقٌ فِي المَسَاجِدِ، وَرَجُلاَنِ تَحَابَّا فِي اللَّهِ، اجْتَمَعَا عَلَيْهِ و
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«سَبْعَةٌ يُظِلُّهُمُ اللَّهُ تَعَالَى فِي ظِلِّهِ يَوْمَ لَا ظِلَّ إِلَّا ظِلُّهُ: إِمَامٌ عَدْلٌ، وَشَابٌّ نَشَأَ فِي عِبَادَةِ اللَّهِ، وَرَجُلٌ قَلْبُهُ مُعَلَّقٌ فِي المَسَاجِدِ، وَرَجُلَانِ تَحَابَّا فِي اللَّهِ، اجْتَمَعَا عَلَيْهِ و
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالح“سبعة يظلهم الله تعالى في ظله يوم لا ظل إلا ظله: إمام عدل، وشاب نشأ في عبادة الله، ورجل قلبه معلق في المساجد...”.
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالح“سبعة يظلهم الله في ظله يوم لا ظل إلا ظله” وذكر منهم: “ورجل تصدق بصدقة فأخفاها حتى لا تعلم شماله ما تنفق يمينه”.
- مادة العقيدة الإسلامية(سبعة يظلهم الله في ظله يوم لا ظل إلا ظله، إمام عادل، وشاب نشأ في عبادة الله، ورجل قلبه معلق في المساجد، ورجلان تحابا في الله اجتمعا عليه وافترقا عليه، ورجل دعته امرأة ذات منصب وجمال فقال: إني أخاف الله، ورجل تصدق بصدقةٍ فأخفاها حتى لا تعلم
- مشروع منهاج زادكزادك 1 طالب«سَبْعَةٌ يُظِلُّهُمُ اللهُ فِي ظِلِّهِ يَوْمَ لَا ظِلَّ إِلَّا ظِلُّهُ: الْإِمَامُ الْعَادِلُ، وَشَابٌّ نَشَأَ بِعِبَادَةِ اللهِ، وَرَجُلٌ قَلْبُهُ مُعَلَّقٌ فِي الْمَسَاجِدِ، وَرَجُلَانِ تَحَابَّا فِي اللهِ اجْتَمَعَا عَلَيْهِ وَتَفَرَّقَ
- مشروع منهاج زادكزادك 1 طالب«رَجُلٌ تَصَدَّقَ بِصَدَقَةٍ فَأَخْفَاهَا حَتَّى لَا تَعْلَمَ شِمَالُهُ مَا تُنْفِقُ يَمِينُهُ».
- نبراس طالب (2)نبراس طالب (2) «سبعةٌ يُظِلُّهم اللهُ في ظِلِّه يومَ لا ظلَّ إلَّا ظلُّه: ... ورجُلٌ تصَدَّقَ بصَدَقةٍ فأَخفاها حتى لا تعلَمَ شِمالُه ما تُنفِقُ يَمينُه»