"एक पुरुषले अर्को पुरुषको गुप्ताङ्ग हेर्नु हुँदैन। त्यसैगरी, एक महिलाले पनि अर्को महिलाको गुप्ताङ्ग हेर्नु हुँदैन।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"एक पुरुषले अर्को पुरुषको गुप्ताङ्ग हेर्नु हुँदैन। त्यसैगरी, एक महिलाले पनि अर्को महिलाको गुप्ताङ्ग हेर्नु हुँदैन। एक पुरुषले अर्को पुरुषसँग एउटै कपडाभित्र सुत्नु हुँदैन र एक महिलाले अर्को महिलासँग एउटै कपडाभित्र सुत्नु हुँदैन।"
«لَا يَنْظُرُ الرَّجُلُ إِلَى عَوْرَةِ الرَّجُلِ، وَلَا الْمَرْأَةُ إِلَى عَوْرَةِ الْمَرْأَةِ، وَلَا يُفْضِي الرَّجُلُ إِلَى الرَّجُلِ فِي ثَوْبٍ وَاحِدٍ، وَلَا تُفْضِي الْمَرْأَةُ إِلَى الْمَرْأَةِ فِي الثَّوْبِ الْوَاحِدِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पुरुषले अर्को पुरुषको गुप्तांगलाई हेर्न वा एक महिलाले अर्को महिलाको गुप्तांगलाई हेर्न निषेध गर्नुभएको छ । हदीसमा उल्लिखित अरबी पद "औरह" (लज्जास्थान) ले शरीरको त्यस भागलाई जनाउँछ, जसलाई ढाक्नु आवश्यक छ र जुन खोल्दा लज्जा लाग्छ। पुरुषको "औरह" (लज्जास्थान) नाभिदेखि घुँडासम्मको भाग हो। जबकि महिलाको सम्पूर्ण शरीर ( गैर-महरम ) पर पुरुषहरूको लागि "औरह" (लज्जास्थान) हो, तर महिलाहरू र "महरम" (साक्खै निकटतम नातेदारहरू) पुरुषहरु सामु, उनले सामान्यतः घरमा काम गर्दा देखिने अंगहरू खुला राख्न सक्छिन्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पुरुषले अर्को पुरुषसँग एउटै लुगा वा कम्बलमा नग्न बस्न वा एक महिलाले अर्की महिलासँग एउटै लुगा वा कम्बलमा नग्न बस्न निषेध गर्नुभएको छ। यसको मुख्य कारण यो हो कि यसो गर्दा एक-अर्काको गोप्य अङ्गहरू छुने सम्भावना रहन्छ। गोप्य अङ्ग छुनु पनि हेर्नुजस्तै निषेधित छ। बरु, यो झन् खतरनाक हो, किनभने यसले ठूलो खराबी र अनैतिकता निम्त्याउन सक्छ।
...:
गोप्य अङ्गहरू हेर्न निषेधित छ। तर, यो प्रतिबन्ध पति र पत्नीको हकमा लागू हुँदैन।
इस्लाम धर्मले समाजको शुद्धता कायम राख्न र अनैतिकता तर्फ लैजाने सबै मार्गहरूलाई बन्द गरेको छ।
उपचार वा यस्तै अत्यावश्यकता परेमा गोप्य अङ्ग हेर्ने अनुमति छ। तर, यसको शर्त के हो भने त्यो कार्य कामुक इच्छा (चाहना) रहित हुनुपर्छ।
मुस्लिमहरूलाई आफ्नो लज्जास्थान ढाक्न र अरूको लज्जास्थानतर्फ नहेर्न आदेश दिइएको छ।
पुरुषसँग पुरुष र महिलासँग महिलाप्रति प्रतिबन्ध विशेष गरी केन्द्रित गरिएको छ; किनभने (उही लिङ्गको भएको कारणले लज्जा नहुँदा) त्यहाँ लज्जास्थानहरू खोल्ने वा हेर्ने सम्भावना बढी हुन्छ।
सही मुस्लिम (1/ 266) (338).
थप (10)
نزهة المتقين.
مجموعة من الباحثين (2/ 1118).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (19/ 288).
بهجة الناظرين.
لسليم الهلالي (3/ 146).
إكمال المعلم بفوائد مسلم.
لعياض بن عياض (2/ 186).
شرح رياض الصالحين.
لابن عثيمين (6/ 363).
Cited in books
3 Booksथप (3)
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 7«لا ينظُرُ الرَّجُلُ إلىٰ عَورةِ الرَّجُلِ، ولا المرأةُ إلىٰ عَورةِ المرأةِ، ولا يُفضي الرَّجُلُ إلىٰ الرَّجُلِ في ثوبٍ واحدٍ، ولا تُفضي المرأةُ إلىٰ المرأةِ في الثَّوبِ الواحدِ».
- قاموس الكبائر موسوعة الكبائر - المجموعة الأولى«لَا يَنْظُرُ الرَّجُلُ إِلَى عَوْرَةِ الرَّجُلِ، وَلَا المَرْأَةُ إِلَى عَوْرَةِ المَرْأَةِ، وَلَا يُفْضِي الرَّجُلُ إِلَى الرَّجُلِ فِي ثَوْبٍ وَاحِدٍ، وَلَا تُفْضِي المَرْأَةُ إِلَى المَرْأَةِ فِي الثَّوْبِ الوَاحِدِ» [172].
- قاموس الكبائر«لَا يَنْظُرُ الرَّجُلُ إِلَى عَوْرَةِ الرَّجُلِ، وَلَا المَرْأَةُ إِلَى عَوْرَةِ المَرْأَةِ، وَلَا يُفْضِي الرَّجُلُ إِلَى الرَّجُلِ فِي ثَوْبٍ وَاحِدٍ، وَلَا تُفْضِي المَرْأَةُ إِلَى المَرْأَةِ فِي الثَّوْبِ الوَاحِدِ» [172].