"मभन्दा पहिले अल्लाहले पठाएका सबै नबीहरूका आफ्ना अनुयायीहरूबाट नै चेला, सहयोगी र साथीहरू थिए जसले उनीहरूको सुन्नतलाई पछ्याएका थिए र उनीहरूको आदेशहरूको अनुसरण गर्थे
हदीस : अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:
"मभन्दा पहिले अल्लाहले पठाएका सबै नबीहरूका आफ्ना अनुयायीहरूबाट नै चेला, सहयोगी र साथीहरू थिए जसले उनीहरूको सुन्नतलाई पछ्याएका थिए र उनीहरूको आदेशहरूको अनुसरण गर्थे। त्यसपछि यस्ता मानिसहरू देखा परे जो आफ्नो इमानमा सत्य थिएनन्, जसले ती कुराहरू भने जुन उनीहरूले गर्दैनथे र ती कामहरू गर्थे जुन उनीहरूलाई गर्न आदेश दिइएको थिएन। त्यसैले जसले आफ्नो हातले तिनीहरूसँग लड्छ त्यो आस्थावान हो, जसले आफ्नो जिब्रोले तिनीहरूसँग लड्छ त्यो आस्थावान हो र जसले आफ्नो हृदयले तिनीहरूसँग लड्छ त्यो आस्थावान हो र यसभन्दा पर रायोको दाना जत्रो पनि विश्वास छैन।"
«مَا مِنْ نَبِيٍّ بَعَثَهُ اللهُ فِي أُمَّةٍ قَبْلِي إِلَّا كَانَ لَهُ مِنْ أُمَّتِهِ حَوَارِيُّونَ، وَأَصْحَابٌ يَأْخُذُونَ بِسُنَّتِهِ وَيَقْتَدُونَ بِأَمْرِهِ، ثُمَّ إِنَّهَا تَخْلُفُ مِنْ بَعْدِهِمْ خُلُوفٌ يَقُولُونَ مَا لَا يَفْعَلُونَ، وَيَفْعَلُونَ مَا لَا يُؤْمَرُونَ، فَمَنْ جَاهَدَهُمْ بِيَدِهِ فَهُوَ مُؤْمِنٌ، وَمَنْ جَاهَدَهُمْ بِلِسَانِهِ فَهُوَ مُؤْمِنٌ، وَمَنْ جَاهَدَهُمْ بِقَلْبِهِ فَهُوَ مُؤْمِنٌ، وَلَيْسَ وَرَاءَ ذَلِكَ مِنَ الْإِيمَانِ حَبَّةُ خَرْدَلٍ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, अल्लाहले कुनै पनि राष्ट्रमा रसूल पठाउनुभन्दा पहिले, उस जातिका केही चुनिएका, सहयोगी, योद्धा र इमान्दार व्यक्तिहरू नि:स्वार्थहरू हुने गर्थे, जो उनको उत्तराधिकारी हुन योग्य थिए, उनको सुन्नतलाई पालना गर्थे र उनको आदेशहरू पालना गर्थे। तर यी धर्मी पूर्वजहरूपछि, यस्ता बेकार मानिसहरू आउनेछन्, जसले ती कुराहरू भन्नेछन् जुन उनीहरूले अभ्यास गर्दैनथे र ती कामहरू गर्नेछन् जुन उनीहरूलाई गर्न आज्ञा दिइएको थिएन; त्यसकारण, जसले यस्ता मानिसहरूसँग आफ्नो हातले लड्छ, त्यो आस्थावान हो। जसले तिनीहरूसँग आफ्नो जिब्रोले लड्छ, त्यो आस्थावान हो। जसले तिनीहरूसँग आफ्नो हृदयले लड्छ, त्यो आस्थावान हो। यसभन्दा बाहिर, रायोको दाना बराबर पनि कुनै आस्था हुँदैन।
حَبَّةُ خَرْدلٍ: أي زِنَة حبَّة الخردل، والخردل نبات بري يساوي وزن حبته سدس وزن حبة الشعير.
शरीअत विरोधी विरुद्ध आफ्नो वचन र कार्यद्वारा रोक्न आग्रह ।
खराब काम गर्दा पनि मनले निन्दा नगर्नु भनेको कमजोर विश्वास वा यसको लोपको प्रमाण हो।
अल्लाहले आफ्ना नबीहरूलाई यस्ता मानिसहरू सहज पार्नुहुन्छ, जसले उनीहरूपछि उनीहरूको सन्देश बोकेर आउनेहरूलाई सुनाउँछन्।
जसले मुक्ति चाहन्छ, उसले नबीहरूको मार्ग पछ्याउनु पर्छ; किनकि तिनीहरूको तरिका बाहेक अरू सबै मार्ग विनाश र पथभ्रष्टता हो।
नबी (सल्लल्लाहु अलैहि व सल्ल) मा र उहाँका सहाबी (साथी) हरू देखि जति जमाना टाढा हुँदै गयो, त्यति नै उनीहरूले सुन्नतलाई छोडे, इच्छाहरूको अनुसरण गर्न थाले र नौला कुराहरू शुरु गरे।
जिहादका चरणहरूको विवरण: जसले हातले रोक्न सक्छ, उसले हातले गर्नुपर्छ, जस्तैः अभिभावक, शासक र राजकुमारहरू । बोली मार्फत जिहाद भनेको सत्यताका साथ काम गर्नु र त्यसको लागि आह्वान गर्नु हो। जबकि हृदय मार्फत जिहाद भनेको गलतलाई गलत ठान्नु, मन नपराउनु र त्यसमा सन्तुष्ट नहुनु हो।
राम्रो कामको आदेश दिने र नराम्रो कामबाट रोक्ने दायित्व ।
सही मुस्लिम (1/ 69) (50).
थप (8)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 276).
تطريز رياض الصالحين.
لفيصل آل مبارك (ص148).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (4/ 16).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 209).
Cited in books
3 Booksथप (3)
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 2«مَا مِنْ نَبيٍّ بَعَثَهُ اللهُ فِي أمَّةٍ قَـبْـلي إلَّا كـان لَـه مِـن أُمَّتِهِ حَوارِيُّون وَأصْحابٌ يَأَخُذُون بِسُنَّتِهِ ويَقْتَدُون بِأمْرِهِ، ثُمَّ إنها تخْلُفُ مِنْ بَعْدِهِمْ خُلُوفٌ يَقُولُون مَا لاَ يَفْعَلُونَ، وَيَفْعَلُون مَ
- فهم السلف الصالح للنصوص الشرعية والرد على الشبهات حولهثم إنه تخلف من بعدهم خلوف يقولون ما لا يفعلون، ويفعلون ما لا يؤمرون"[21].
- متن اصول الإيمانمتن أصول الإيمان{ما من نبي بعثه اللَّه في أمته قبلي إلا كان له من أمته حوارِيون وأصحاب يأخذون بسنتِهِ، ويقتدون بأمْرِه، ثم إنها تخلف من بعدهم خلوفٌ يقولون ما لا يفعلون، ويفعلون ما لا يؤْمرون، فمن جاهدهم بيده فهو مؤمن، ومن جاهدهم بلسانهِ فهو مؤمن، ومن جاهده