आफूभन्दा मुनिका मानिसहरूलाई हेर र आफूभन्दा माथिकाहरूलाई नहेर; किनभने यसले गर्दा तिमीहरूमाथि भएको अल्लाहको कृपा र आशिर्वादलाई तिमीहरूले कम आँक्ने छैनौ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"आफूभन्दा मुनिका (गरिब वा कम भाग्यमानी) मानिसहरूलाई हेर र आफूभन्दा माथिका (धनी) हरूलाई नहेर; किनभने यसले गर्दा तिमीहरूमाथि भएको अल्लाहको कृपा र आशिर्वादलाई तिमीहरूले कम आँक्ने छैनौ।"
«انْظُرُوا إِلَى مَنْ أَسْفَلَ مِنْكُمْ، وَلَا تَنْظُرُوا إِلَى مَنْ هُوَ فَوْقَكُمْ، فَهُوَ أَجْدَرُ أَلَّا تَزْدَرُوا نِعْمَةَ اللهِ عَلَيْكُمْ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुसलमानहरूलाई सांसारिक मामिलाहरू (जस्तै: पद, धन-सम्पत्ति र मान-प्रतिष्ठा) मा आफूभन्दा मुनिका मानिसहरूलाई हेर्न र आफूभन्दा माथि भएकाहरूलाई नहेर्न आदेश दिनुभएको छ। किनभने आफूभन्दा मुनिका मानिसहरूलाई हेर्नु बढी उपयुक्त हुन्छ, यसो गर्दा व्यक्तिमाथि भएका अल्लाहका वरदान र अनुग्रहलाई तुच्छ वा कम ठान्ने स्थिति उत्पन्न हुँदैन।
सन्तोष मोमिनहरूको उत्कृष्ट गुणहरूमध्ये एक हो र यो अल्लाहले निर्धारित गर्नुभएको भाग्यप्रतिको सन्तुष्टिको सङ्केत हो।
इब्ने जरिरले भन्नुभएको छ: "यो हदीस कल्याणका विभिन्न प्रकारहरूलाई समेट्ने एक व्यापक उपदेश हो; किनभने जब कुनै व्यक्तिले यस संसारमा आफूभन्दा बढी धन-सम्पत्ति वा सुविधा पाएको व्यक्तिलाई देख्छ, तब उसको मनमा पनि त्यस्तै पाउने इच्छा जागृत हुन्छ, र उसले आफूसँग भएको कृपालु अल्लाहको वरदान र अनुग्रहलाई तुच्छ ठान्न थाल्दछ, अनि सोही स्तरमा पुग्न वा त्यसको नजिक पुग्नका लागि अझ बढी प्राप्त गर्ने लोभमा लाग्दछ; र धेरैजसो मानिसहरूमा यही प्रवृत्ति पाइन्छ। यसको विपरीत, जब उसले संसारका मामिलाहरूमा आफूभन्दा कमजोर वा मुनिको व्यक्तिलाई हेर्दछ, तब उसलाई आफूमाथि भएको महान् अल्लाहको अनुग्रह स्पष्ट रूपमा महसुस हुन्छ, फलस्वरूप उसले अल्लाहप्रति कृतज्ञता व्यक्त गर्दछ, विनम्रता अपनाउँछ र भलाइका कार्यहरूमा तल्लीन हुन्छ।"
सही बुखारी (8/ 102) (6490).
सही मुस्लिम (4/ 2275) (2963).
थप (10)
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (7/ 261).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 534).
تطريز رياض الصالحين.
لفيصل آل مبارك (ص316).
توضيح الأحكام من بلوغ المرام.
لعبد الله البسام (7/ 287).
منحة العلام شرح بلوغ المرام.
لعبد الله الفوزان (10/ 17).
Cited in books
3 Booksथप (3)
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 3«انْظُرُوا إلىٰ مَنْ هُوَ أَسْفَلَ مِنْكُمْ، وَلا تَنْظُرُوا إلىٰ مَنْ هُوَ فَوقَكُم، فَهُوَ أَجْدَرُ ألا تَزْدَرُوا نِعمَةَ الله عَلَيْكُمْ».
- مجموعة زاد التربية الإسلامية (2)1«انْظُرُوا إِلَى مَنْ أَسْفَلَ مِنْكُمْ»
- مجموعة زاد الحديث(3)1«انْظُرُوا إِلَى مَنْ أَسْفَلَ مِنْكُمْ، وَلَا تَنْظُرُوا إِلَى مَنْ هُوَ فَوْقَكُمْ، فَهُوَ أَجْدَرُ أَنْ لَا تَزْدَرُوا نِعْمَةَ الله عَلَيْكُمْ»