Skip to content

"प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"।

काअ्ब बिन उज्रा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"।

«مُعَقِّبَاتٌ لَا يَخِيبُ قَائِلُهُنَّ -أَوْ فَاعِلُهُنَّ- دُبُرَ كُلِّ صَلَاةٍ مَكْتُوبَةٍ، ثَلَاثٌ وَثَلَاثُونَ تَسْبِيحَةً، وَثَلَاثٌ وَثَلَاثُونَ تَحْمِيدَةً، وَأَرْبَعٌ وَثَلَاثُونَ تَكْبِيرَةً».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अनिवार्य नमाजपछि अज्कार (प्रार्थना) पढ्नेहरू कहिल्यै हानी, असफलता वा पछुतोमा पर्ने छैनन् र तिनीहरुले पुण्य पाउनेछन् भनेर स्पष्ट पार्नुभएको छ, ती हुन्: "सुब्हानल्लाह" ३३ चोटि, अर्थात् अल्लाह सबै कमी र अवगुणबाट पवित्र हुनुहुन्छ । "अल-हम्दु लिल्लाह " ३३ चोटि, अर्थात् अल्लाहको सम्पूर्ण पूर्णता, उहाँप्रतिको प्रेम र महिमासहित उहाँको प्रशंसा गर्नु हो। "अल्लाहु अकबर" ३४ चोटि, अर्थात अल्लाह सबै भन्दा महान र शक्तिशाली हुनुहुन्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यसबाट तस्बीह (सुब्हानल्लाह), तहमीद (अल-हम्दु लिल्लाह) र तक्बीर (अल्लाहु अकबर) पढ्ने सद्गुण प्रस्ट हुन्छ, किनभने यी नै बाँकी रहने पुण्य कर्महरू हुन्।

श्रोतहरू

सही मुस्लिम (1/ 418) (596).

थप (10)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 501).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (2/ 976).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

لعلي القاري (2/ 766).

تيسير العلام.

للبسام (ص227).

فيض القدير شرح الجامع الصغير.

لزين الدين المناوي (5/ 525).