Skip to content

अल्लाहले भन्नुभएको छ: मैले मेरा असल र सदाचारी भक्तहरूका लागि त्यस्ता सुख-सुविधाहरू तयार पारेको छु, जसलाई न त कुनै आँखाले देखेको छ, न कुनै कानले सुनेको छ, न त कुनै मानिसको हृदयमा त्यसको कल्पना नै आएको छ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

अल्लाहले भन्नुभएको छ: "मैले मेरा असल र सदाचारी भक्तहरूका लागि त्यस्ता सुख-सुविधाहरू तयार पारेको छु, जसलाई न त कुनै आँखाले देखेको छ, न कुनै कानले सुनेको छ, न त कुनै मानिसको हृदयमा त्यसको कल्पना नै आएको छ।" अबु हुरैराह (रदियल्लाहु अन्हु) ले भन्नुभयो: "यदि तिमीहरू चाहन्छौ भने (पुष्टिका लागि कुरआनको यो आयात) पढ: {र कुनै पनि व्यक्तिलाई थाहा छैन कि उनीहरूले गरेका कर्महरूको प्रतिफलस्वरूप उनीहरूका लागि आँखालाई शीतलता प्रदान गर्ने (कस्ता-कस्ता सुख-सुविधाहरू) गोप्य राखिएका छन्।}" [सूरह अस्-सज्दा: १७]।

«قَالَ اللَّهُ تَبَارَكَ وَتَعَالَى: أَعْدَدْتُ لِعِبَادِي الصَّالِحِينَ، مَا لاَ عَيْنٌ رَأَتْ، وَلاَ أُذُنٌ سَمِعَتْ، وَلاَ خَطَرَ عَلَى قَلْبِ بَشَرٍ» قَالَ أَبُو هُرَيْرَةَ: اقْرَؤُوا إِنْ شِئْتُمْ: {فَلاَ تَعْلَمُ نَفْسٌ مَا أُخْفِيَ لَهُمْ مِنْ قُرَّةِ أَعْيُنٍ} [السجدة: 17].

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभएको छ कि अल्लाहले भन्नुभएको छ: मैले मेरा सदाचारी भक्तहरूका लागि उनीहरूको सम्मानस्वरूप स्वर्गमा यस्ता चिजहरू तयार पारेको छु, जसलाई न त कुनै आँखाले देखेको छ, न कुनै कानले सुनेको छ, न त कुनै मानव हृदयले नै कल्पना गरेको छ। अबू हुरैरह (रजिअल्लाहु अन्हु) ले त्यसपछि भन्नुभयो, यदि तिमीहरू चाहन्छौ भने यो आयत पढ: {र कुनै पनि व्यक्तिलाई थाहा छैन कि उनीहरूले गरेका कर्महरूको प्रतिफलस्वरूप उनीहरूका लागि आँखालाई शीतलता प्रदान गर्ने (कस्ता-कस्ता सुख-सुविधाहरू) गोप्य राखिएका छन्} [अस्-सजदा: १७] ।

हदीसका केही फाइदाहरू

यो हदीस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहबाट वर्णन गर्नुभएका वाणीहरूमध्ये एक हो, जसलाई 'हदीस कुद्सी' वा 'हदीस इलाही' भनिन्छ। यसका शब्द र अर्थ दुवै अल्लाहकै तर्फबाट हुन्; तथापि यसमा पवित्र कुरआनका ती विशेषताहरू समावेश हुँदैनन्, जसले कुरआनलाई अन्य वाणीहरूभन्दा भिन्न र उच्च बनाउँछन्, जस्तै त्यसको तिलावत गर्नु आफैँमा इबादत हुनु, त्यसलाई स्पर्श गर्नका लागि पवित्रता (वुजु) अनिवार्य हुनु, तथा त्यसद्वारा प्रस्तुत चुनौती र चमत्कार आदि।

यसमा सत्कर्म गर्न र खराब कार्यहरू त्याग्न प्रोत्साहन दिइएको छ, ताकि अल्लाहले आफ्ना सदाचारी भक्तहरूका लागि तयार गर्नुभएको प्रतिफल प्राप्त गर्न सकियोस् ।

अल्लाहले आफ्नो कुरआन र आफ्नो रसूलको सुन्नतमा स्वर्गमा भएका सबै कुराहरूको बारेमा हामीलाई जानकारी गराउनु भएको छैन, र जुन कुरा हामीलाई थाहा छैन, त्यो हामीले थाहा भएका कुराहरू भन्दा धेरै गुणा महान् छ।

यसमा स्वर्गको पूर्ण सुख-शान्तिको वर्णन गरिएको छ, र त्यहाँका स्वर्गवासीहरूले कुनै पनि दुःख वा चिन्ता बिनाको आनन्द प्राप्त गर्नेछन्।

संसारको सुखभोग नाशवान् छ, जब कि आखिरत अत्यन्तै उत्तम, शाश्वत छ।

श्रोतहरू

सही बुखारी (6/ 115) (4779).

सही मुस्लिम (4/ 2174) (2824).

थप (6)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (3/ 342).

التنوير شرح الجامع الصغير.

لمحمد الصنعاني (7/ 587).

تيسير الكريم الرحمن في تفسير كلام المنان.

عبد الرحمن آل سعدي (ص187).