Skip to content

"अल्लाहले जसको भलो चाहनुहुन्छ, उसलाई कठिनाइमा पारेर परिक्षा लिनुहुन्छ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"अल्लाहले जसको भलो चाहनुहुन्छ, उसलाई कठिनाइमा पारेर परिक्षा लिनुहुन्छ ।"

«مَنْ يُرِدِ اللهُ بِهِ خَيْرًا يُصِبْ مِنْهُ».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि जब अल्लाहले कुनै आस्थावान व्यक्तिको कल्याण चाहनुहुन्छ, तब उहाँले उसलाई उसको जीवन, सम्पत्ति, वा परिवार सम्बन्धित कुनै समस्यामा पारेर परीक्षा लिनुहुन्छ। यसरी, उक्त व्यक्ति प्रार्थनामग्न भइ अल्लाह नजिक हुन पुग्छ, उसका पापहरू क्षमा गरिन्छ र उसलाई उच्च दर्जा प्राप्त हुन्छ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यसले प्रष्ट पार्दछ कि आस्थावान व्यक्तिले जीवनमा विभिन्न प्रकारका परीक्षाहरूको सामना गर्नुपर्ने सम्भावना रहन्छ ।

कतिपय अवस्थामा, जिवनमा आइपर्ने कठिनाईहरू दासप्रतिको अल्लाहको प्रेमको संकेत हुन सक्छ, किनकि अल्लाहले दासको दर्जा उच्च गर्ने र पाप क्षमा गर्ने उद्देश्यले परीक्षा लिने गर्नुहुन्छ ।

यसमा कठिनाइ र परीक्षाको समयमा धैर्यधारण गर्न तथा विचलित नहुन प्रोत्साहित गरिएको छ।

श्रोतहरू

सही बुखारी (7/ 115) (5645).

थप (12)

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (1/ 509).

بهجة الناظرين.

لسليم الهلالي (1/ 98).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص45).

نزهة المتقين.

مجموعة من المشايخ (1/ 71).

شرح رياض الصالحين.

لابن عثيمين (1/ 244).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

لعلي القاري (3/ 1127).