"जब रमजानको अन्तिम १० दिन सुरु हुन्थ्यो, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातभरि जागा बसेर उपासना गर्नुहुन्थ्यो, आफ्ना परिवारका सदस्यहरूलाई पनि ब्युँझाउनुहुन्थ्यो र कम्मर कसेर पूर्ण लगनशीलताका साथ उपासना गर्नुहुन्थ्यो।"
सम्पूर्ण मुमिनहरूको आमा आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्,
"जब रमजानको अन्तिम १० दिन सुरु हुन्थ्यो, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातभरि जागा बसेर उपासना गर्नुहुन्थ्यो, आफ्ना परिवारका सदस्यहरूलाई पनि ब्युँझाउनुहुन्थ्यो र कम्मर कसेर पूर्ण लगनशीलताका साथ उपासना गर्नुहुन्थ्यो।"
كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ إِذَا دَخَلَ الْعَشْرُ أَحْيَا اللَّيْلَ، وَأَيْقَظَ أَهْلَهُ، وَجَدَّ وَشَدَّ الْمِئْزَرَ.
जब रमजानको अन्तिम दश रातहरू आउँथे, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रातभरि विभिन्न प्रकारका उपासनाहरू गर्नुहुन्थ्यो र आफ्नो परिवारलाई पनि उपासना गर्नको लागि उठाउनुहुन्थ्यो। उहाँ उपासनामा सामान्य बानीभन्दा बढी उपासनामा कडा परिश्रम गर्नुहुन्थ्यो; र उहाँ यसैमा पूर्ण रूपमा समर्पित हुनुहुन्थ्यो र आफ्ना पत्नीहरूबाट अलग रहनुहुन्थ्यो।
यसमा असल कर्म र पुण्य गरी समयको सदुपयोग गर्न प्रोत्साहन दिइएको छ।
इमाम नववी भन्नुहुन्छ: "यस हदीसबाट यो थाहा हुन्छ कि, रमजानको अन्तिम दस दिनहरूमा बढी भन्दा बढी उपासना गर्नु मुस्तहब (पुण्यको काम) हो, र यसका रातहरूलाई उपासना गर्दै जागा बस्नु मुस्तहब हो।"
भक्तले आफ्नो परिवारको चिन्ता लिनुपर्छ, उनीहरूलाई उपासनाको आदेश दिन तत्पर रहनुपर्छ र तिनीहरूका मामिलामा धैर्य अपनाउनुपर्छ।
असल कर्म गर्न दृढ संकल्प, धैर्य र लगनशीलता चाहिन्छ।
इमाम नववी भन्नुहुन्छ: "(शद्दुल मिअजर) अर्थात् कमर कस्नुको अर्थको बारेमा विद्वानहरूबीच मतभेद छ। कसैले यसको अर्थ: अन्य दिनहरूको तुलनामा [रमजानको अन्तिम दस दिनमा] नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो सामान्य बानी भन्दा बढी दृढताका साथ उपासनामा लीन हुनु हो भनी व्याख्या गरेका छन्। यसको खुलासा उपासनाका लागि कम्मर कस्नु (पूर्ण रूपमा तयार हुनु) हो; जस्तै अरबी भाषामा भनिन्छ: 'मैले यस कार्यका लागि आफ्नो कमर कसें', अर्थात् म यसका लागि पूर्ण रूपमा तयार भएँ र आफ्नो समय समर्पित गरें। र अर्को मत अनुसार, यो [अन्तिम दस दिनमा] इबादतमा व्यस्त हुनका लागि आफ्नी श्रीमतीहरूबाट टाढा बस्नु (शारीरिक सम्बन्धबाट टाढा रहनु) तर्फ संकेत हो।"
सही बुखारी (3/ 47) (2024).
सही मुस्लिम (2/ 832) (1174).
थप (4)
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 132).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 181).
Cited in books
2 Booksथप (2)
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 1 «كان رسولُ الله صلى الله عليه وسلم إذَا دَخَلَ الْعَشْرُ أحيَا اللَّيْلَ، وَأيْقَظَ أهْلَهُ، وَجَدَّ وَشَدَّ المِئْزَرَ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 6«كَانَ رَسُولُ الله صلى الله عليه وسلم إذَا دَخَلَ العَشرُ أحيَا اللَّيْلَ، وأيْقَظَ أهْلَهُ، وَشَدَّ المِئْزرَ».