Skip to content

"जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।"

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।"

«مَنْ قَرَأَ بِالْآيَتَيْنِ مِنْ آخِرِ سُورَةِ الْبَقَرَةِ فِي لَيْلَةٍ كَفَتَاهُ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, जसले रातमा सूरह बकरहको अन्तिम दुई आयत पढ्छ, अल्लाहले उसलाई दुष्ट र अप्रिय चीजहरू बाट बचाउँछन्। यो उनको लागि तहज्जुद नमाजको सट्टामा पर्याप्त छ। जबकि कतिपय विद्वानहरूले अन्य अज्कारको स्थानमा यी दुई आयत पर्याप्त रहेको बताएका छन् । यी दुई आयत नमाजमा पढ्दा पर्याप्त हुन्छ, आदि इत्यादि । माथि उल्लेख गरिएका सबै कुराहरू सही छन् र यसमा समावेश छन् ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

सूरह बकरहको अन्तिम दुई आयतहरूको सद्गुण र यो अल्लाहको भनाइ 'आमनर्रसूलु' देखि सूरहको अन्त्यसम्म हो ।

राती सूरह बकरहको अन्तिम दुई आयतहरू पढ्दा मानिस दुष्ट र शैतानबाट सुरक्षित रहन्छ ।

रात सूर्यास्त पछि सुरु हुन्छ र बिहान सम्म रहन्छ ।

श्रोतहरू

सही बुखारी (6/ 188) (5008-5009).

सही मुस्लिम (1/ 554) (807).

थप (10)

فتح الباري بشرح صحيح البخاري.

لابن حجر (9/ 56).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 240).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص593).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

لملا علي القاري (4/ 1465).

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخِن وغيره (2/ 757).