Skip to content

तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:

उम्मे सलमा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हबशा (इथियोपिया) मा देखेको मारिया नामको चर्च र त्यस भित्र कोरिएका तस्बिरहरू बारे बताउनुभयो । तब उहाँले भन्नुभयो : "तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे र त्यसमा यी चित्रहरू राख्थे । तिनीहरू अल्लाहको नजरमा सबैभन्दा खराब प्राणी हुन् ।"

أَنَّ أُمَّ سَلَمَةَ ذَكَرَتْ لِرَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَنِيسَةً رَأَتْهَا بِأَرْضِ الْحَبَشَةِ، يُقَالُ لَهَا مَارِيَةُ، فَذَكَرَتْ لَهُ مَا رَأَتْ فِيهَا مِنَ الصُّوَرِ، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «أُولَئِكَ قَوْمٌ إِذَا مَاتَ فِيهِمُ الْعَبْدُ الصَّالِحُ، أَوِ الرَّجُلُ الصَّالِحُ، بَنَوْا عَلَى قَبْرِهِ مَسْجِدًا، وَصَوَّرُوا فِيهِ تِلْكَ الصُّوَرَ، أُولَئِكَ شِرَارُ الْخَلْقِ عِنْدَ اللهِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

उम्मे सलमा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हबशा (इथियोपिया) मा हुँदा देखेको कुराहरु प्रति आश्चर्य मानेर मारिया नामको चर्चमा देखेको तस्वीर, चित्रहरू र सजावटहरू बारे बताउनुभयो , उनको कुरा सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चर्चहरूमा ती चित्रहरू राख्नुको कारण स्पष्ट पार्नुभयो; उहाँले भन्नुभयो: "तिमीले जसको बारेमा बयान गर्‍यौ, तीमध्ये जब कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो, उनीहरू उसको चिहानमा मस्जिद बनाइदिन्थे र त्यसमा नमाज पढ्थे र त्यसभित्र तस्बिरहरू राख्ने गर्थे। उहाँले यसलाई थप व्याख्या गर्दै भन्नुभयो, 'यस प्रकारको काम गर्ने व्यक्ति अल्लाहको दृष्टिमा सबैभन्दा खराब सृष्टि हो; किनभने उसको यो कार्यले शिर्कको ढोका खोल्छ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

चिहानहरूमा मस्जिदहरू बनाउन, तिनीहरूको नजिक नमाज पढ्न वा मस्जिद भित्र शव गाड्न निषेध गरिएको छ; किनकि यसले शिर्कको ढोका खोल्छ ।

चिहानमा मस्जिद बनाउनु र त्यसमा तस्विर राख्नु यहूदी र इसाईहरूको काम हो र जसले यस्तो कार्य गर्छ, उसले उनीहरूको अनुसरण गरेको ठहरिन्छ।

आत्मा भएका जीवजन्तुको मूर्ति वा तस्वीर बनाउन मनाही छ।

जसले चिहानमा मस्जिद बनाउँछ र त्यसमा मूर्तिहरू (तस्वीरहरू) राख्छ, त्यो अल्लाहका सृष्टिहरूमध्ये सबैभन्दा खराब व्यक्ति हो ।

इस्लामको शरीया कानुनले तौहीद (एकेश्वरवाद) को संरक्षण पूर्ण रूपमा गर्दछ र शिर्क (अल्लाहसँग कुनै पनि कुरालाई साझेदार बनाउने) तर्फ डोर्‍याउने सबै माध्यमहरूलाई बन्द गर्दछ।

सत्कर्मी र धार्मिक व्यक्तिहरुको बारेमा बढाइचढाइ (अतिवाद) गर्न निषेध गरिएको छ; किनकि यसले शिर्कको ढोका खोल्छ ।

श्रोतहरू

सही बुखारी (1/ 94) (434).

सही मुस्लिम (1/ 375) (528).

थप (14)

مرقاة المفاتيح.

لعلي القاري (7/ 2857).

توضيح الأحكام مِن بلوغ المرام.

لعبد الله البسام (2/ 115).

فتح ذي الجلال والإكرام شرح بلوغ المرام.

لابن عثيمين (1/ 598).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (2/ 469).

تيسير العلام شرح عمدة الأحكام.

لعبد الله البسام (ص290).

الجديد في شرح كتاب التوحيد.

لمحمد القرعاوي (ص183).

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص168).