Skip to content

जसले आफ्नो मुस्लिम भाइलाई "हे काफिर!" भन्यो भने, त्यसको परिणाम ती दुईमध्ये एकजनामाथि अवश्य फर्किन्छ। यदि उसले भनेको कुरा सत्य हो भने ठीकै हो; अन्यथा त्यो आरोप भन्ने व्यक्तिमाथि नै फर्किन्छ।

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"जसले आफ्नो मुस्लिम भाइलाई "हे काफिर!" भन्यो, त्यो शब्द ती दुईमध्ये एक जनामाथि अवश्य फर्किन्छ। यदि सम्बोधित व्यक्ति वास्तवमै त्यस्तै (काफिर) हो भने ठीक छ, अन्यथा त्यो शब्द भन्ने व्यक्तिमाथि नै फर्किन्छ।"

«أَيُّمَا امْرِئٍ قَالَ لِأَخِيهِ: يَا كَافِرُ، فَقَدْ بَاءَ بِهَا أَحَدُهُمَا، إِنْ كَانَ كَمَا قَالَ، وَإِلَّا رَجَعَتْ عَلَيْهِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै मुस्लिमले आफ्नो मुस्लिम भाइलाई "ए काफिर!" भनेर सम्बोधन गर्नबाट कडा चेतावनी दिनुभएको छ। किनकि यदि उक्त आरोप सत्य भयो भने, ती दुईमध्ये एक वास्तवमै कुफ्रको हकदार हुन्छ। तर यदि त्यो आरोप असत्य भयो भने, त्यो गम्भीर आरोप लगाउने व्यक्तितर्फ नै फर्किन्छ।

हदीसका केही फाइदाहरू

यसमा एक मुसलमानलाई आफ्नो अर्को मुसलमान भाइमा नभएको फिसक (अवज्ञा) र कुफ्र (अविश्वास) जस्ता दोषहरूको आरोप लगाउनु हुँदैन भनी कडा चेतावनी दिइएको छ।

यसमा खराब कुरा वा बोलीप्रति चेतावनी दिइएको छ, र यदि कुनै व्यक्तिले आफ्नो भाइलाई यसो भन्छ भने ऊ ठूलो खतरामा रहनेछ। त्यसैले, बोलीको रक्षा गर्नु पर्छ र पूर्ण ज्ञान वा स्पष्ट बुझाइ बिना बोल्नु हुँदैन।

श्रोतहरू

सही बुखारी (8/ 26) (6104).

सही मुस्लिम (1/ 79) (60).

थप (3)

البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (2/ 390).

إرشاد الساري لشرح صحيح البخاري (9/ 65).

النهاية في غريب الحديث والأثر (91).