Skip to content

"दानले धनमा कमी आउँदैन । जसले मानिसहरूलाई क्षमा गर्छ, अल्लाहले उसको इज्जत बढाउँछ र जसले अल्लाहको लागि आफूलाई नम्र बनाउँछ, अल्लाहले उसलाई उच्च दर्जा दिनुहुन्छ ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :

"दानले धनमा कमी आउँदैन । जसले मानिसहरूलाई क्षमा गर्छ, अल्लाहले उसको इज्जत बढाउँछ र जसले अल्लाहको लागि आफूलाई नम्र बनाउँछ, अल्लाहले उसलाई उच्च दर्जा दिनुहुन्छ ।"

«مَا نَقَصَتْ صَدَقَةٌ مِنْ مَالٍ، وَمَا زَادَ اللهُ عَبْدًا بِعَفْوٍ إِلَّا عِزًّا، وَمَا تَوَاضَعَ أَحَدٌ لِلهِ إِلَّا رَفَعَهُ اللهُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सदकाले धनलाई घटाउँदैन, बरू यसले व्यक्तिलाई विपत्तिबाट बचाउँछ र दान गर्नेलाई ठूलो वरदान र भलाई दिनुहुन्छ । यस दृष्टिकोणबाट हेर्दा धन बढेको हुन्छ, घटेको हुँदैन। बदला लिने क्षमता हुँदाहुँदै पनि माफी दिइयो भने त्यसले व्यक्तिको शक्ति र सम्मान बढाउँछ । जब कुनै व्यक्ति कसैलाई खुशी पार्न र कसैबाट फाइदा लिनको लागि नभई केवल अल्लाहको डरले, - नम्रता अपनाउछ, तब अल्लाहले उसलाई उच्च स्थान प्रदान गर्नुहुन्छ ।

हदीसका केही फाइदाहरू

भलाइ र सफलता शरियतको पालना र असल कार्यमा निहित छ, यद्यपि केही मानिसहरू यसलाई विपरीत सोच्छन् ।

श्रोतहरू

सही मुस्लिम (4/ 2001) (2588).

थप (8)

توضيح الأحكام من بلوغ المرام.

للبسام (7/ 501).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 354).

فتح ذي الجلال والإكرام.

لابن عثيمين (6/ 438).

سبل السلام بشرح بلوغ المرام.

للصنعاني (2/ 692).