"जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान नरकमा सुनिश्चित गरोस्।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान नरकमा सुनिश्चित गरोस्।"
«مَنْ كَذَبَ عَلَيَّ مُتَعَمِّدًا فَلْيَتَبَوَّأْ مَقْعَدَهُ مِنَ النَّارِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जुन व्यक्तिले जानाजानी उहाँमाथि झूटो कुरा लगाउँछ, उहाँको भनाइ वा कार्यलाई झूटो रूपमा सम्बन्धित गर्छ भने उसलाई यस झूटको बदलामा नर्कमा स्थान दिइनेछ ।
...:
अल्लाहका रसुल (सल्लल्लाहु अलैहि वसल्लम) को नाम लगाएर जानाजानी झूट बोल्नु नर्कमा प्रवेश गराउने कारण हुन्छ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को नाम लगाएर झूट बोल्नु अरू मानिसहरूको नाममा झूट बोल्नु जस्तो होइन । किनकि उहाँको विरुद्धमा बोलेको झुटले धर्म (दीन) र संसारिक जीवन (दुनियाँ) दुवैलाई नष्ट गर्दछ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट कुनै हदीस प्रामाणिक भएको पुष्टि नहुँदासम्म त्यसको प्रचार वा प्रसार गर्नु निषेधित छ।
सही बुखारी (1/ 33) (110).
सही मुस्लिम (1/ 10) (3).
थप (5)
إكمال المعلم (1/111).
شرح النووي على مسلم (1/65).
المفهم (1/32).
عمدة القاري شرح صحيح البخاري (2/ 151).
شرح مقدمة سنن ابن ماجه (5/ 8).