Skip to content

"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सम्पूर्ण मानिसहरूमध्ये सर्वाधिक परोपकारी हुनुहुन्थ्यो। विशेषगरी रमजानको महिनामा, जब जिब्रील (अलैहिस्सलाम) उहाँसँग भेट गर्नुहुन्थ्यो

इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् :

"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सम्पूर्ण मानिसहरूमध्ये सर्वाधिक परोपकारी हुनुहुन्थ्यो। विशेषगरी रमजानको महिनामा, जब जिब्रील (अलैहिस्सलाम) उहाँसँग भेट गर्नुहुन्थ्यो, उहाँको उदारता अझ बढ्दथ्यो। जिब्रील (अलैहिस्सलाम) रमजानको प्रत्येक रात उहाँकहाँ आउनुहुन्थ्यो र उहाँलाई कुर्आन पढाउहुन्थ्यो । वास्तवमा, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भलाइ र दानपुण्यका कार्यमा, तीव्र वेगले बहने हावाभन्दा पनि अधिक उदार र परोपकारी हुनुहुन्थ्यो।"

كَانَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَجْوَدَ النَّاسِ، وَكَانَ أَجْوَدُ مَا يَكُونُ فِي رَمَضَانَ حِينَ يَلْقَاهُ جِبْرِيلُ، وَكَانَ يَلْقَاهُ فِي كُلِّ لَيْلَةٍ مِنْ رَمَضَانَ فَيُدَارِسُهُ القُرْآنَ، فَلَرَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَجْوَدُ بِالخَيْرِ مِنَ الرِّيحِ المُرْسَلَةِ.

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सर्वाधिक उदार र दानशील हुनुहुन्थ्यो। उहाँको यो उदारता रमजान महिनामा अझ बढी हुन्थ्यो, जहाँ उहाँले प्रत्येक योग्य व्यक्तिलाई उचित कुरा प्रदान गर्नुहुन्थ्यो। उहाँको उदारतामा वृद्धि हुनुका दुई प्रमुख कारणहरू थिएः पहिलो कारणः जिब्रिल (अलैहिस्सलाम) सँग भेट्नु । दोस्रो कारणः कुरआनको 'मुदारसा', अर्थात् कण्ठस्थ रूपमा पढ्ने कार्य। जिब्रील (अलैहिस्सलाम) ले उहाँसँग त्यस समयसम्म अवतरित कुरआनको 'मुदारसा' ( पाठन) गर्नुहुन्थ्यो। यस क्रममा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) उदारता, दान र परोपकारका कार्यहरूमा अझ बढी तत्पर रहनुहुन्थ्यो। उहाँको उदारता, सबैको हितका लागि वर्षा र कृपा बोकेर बहने तीव्र बतासभन्दा पनि अधिक वेगवान् र लाभदायी थियो।

हदीसका केही फाइदाहरू

यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उदारताको वर्णन गरिएको छ, विशेषगरी रमजानको महिनामा, किनकि रमजान आज्ञाकारिता र सत्कर्म गर्ने मौसम हो ।

हरेक समयमा परोपकारी बन्न प्रोत्साहन गरिएको छ, तथापि रमजानको पवित्र महिनामा अझ बढी उदारता देखाउनु ‘मुस्तहब’ (पुण्यकारी) हुन्छ।

रमजानको पवित्र महिनामा दान कार्य, परोपकार र सत्कर्महरूमा वृद्धि गर्नुका साथै पवित्र कुर्आनको पाठनमा विशेष ध्यान दिनुपर्छ।

ज्ञानलाई सुरक्षित राख्ने कारणहरूमध्ये एक महत्वपूर्ण कारण भनेको ज्ञानका विद्यार्थीहरू र विद्वानहरूसँग मिलेर त्यसको अध्ययन गर्नु हो।

श्रोतहरू

सही बुखारी (1/ 8) (6).

सही मुस्लिम (4/ 1803) (2308).

थप (8)

شرح رياض الصالحين.

لابن عثيمين (5/ 275).

نزهة المتقين شرح رياض الصالحين.

مجموعة من الباحثين (2/ 870).

بهجة الناظرين.

لسليم الهلالي (2/ 364).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين.